दिन रात
भ्याइ नभ्याइ व्यस्त रहने
दुनियाका वैभवशाली
शहरहरू पनि
अहिले एकान्तमा
सुस्ताई रहेकाछन।
यस बेला
त्रस्तमान विश्व
कोरोनाको सूतक बारिरहेको छ
हामी स्तब्ध छौं
एकाएक
कस्तो कोल्टे फेऱ्यो
यो समयले...
धराशायी छ
मान्छेले रचाएका
सुख- सुविधा र साधनहरू
व्यक्ति व्यक्ति देखि
टाढिनु पर्ने
'सोसल डिस्टिंसन' को
कस्तो जमाना आयो।
मान्छेको सोच विचारहरू
सबै क्वारान्टाइनमा बसेको
यो विकट घडीमा
शोक स्तब्ध
अन्तर्मुखी भएको छ
मान्छेको भविष्य !
असम
प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 17 बैशाख, 2077