गजल

- गङ्गा कर्माचार्य पौडेल

धेरै मानिसको वली चढायो कोरोनाले
आफन्त सँग दुरी बढायो कोरोनाले

चीनबाट निस्कीएर हावा सरी फैलिएर
आगोले झैं संसार डढायो कोरोनाले

चोर सिकारीलेझै लुकी छिपी डुलेर
सिकार गरि घरमा सडायो कोरोनालें

मैं हुँ भन्ने अहङ्कारी मानिसलाई पनि
मानवताको पाठ पढायो कोरोनाले ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 17 बैशाख, 2077

लेखकका अन्य रचनाहरु