राष्ट्रभाषामा किन विवाद -

- दीर्घराज प्रर्साई

नेपाली भाषा कुनै विजेता शासकहरुले जवरजस्ती लाधेको भाषा होइन । सबै भाषाभाषीहरुका बिच सर्म्पर्क कायम गर्न नेपाली भाषा सजिलो र लोकप्रिय भएको नातालेनैं राष्ट्रभाषा हुनगएको हो । विशाल नेपालको एकीकरण हुनुभन्दा धेरैबर्षअगाडिदेखि नेपाली भाषा पुर्वमा ब्रम्हपुत्र र पश्चिममा काश्मिरसम्म प्रचलित भइसकेको थियो । भाषाविद् भानुभक्त पोखरेल लेख्छन्- नेपाल एकीकरण हुनुभन्दा पाँच-सातसय बर्षअघिदेखिनै यसभूभागका राजारजौटाहरुकाले परम्परा पत्राचार,संधि संझौता गर्ने तत्कालीन अन्तर्राज्यीय भाषा नेपालीनै थियो । नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले बाइसी, चौबिसे, लिम्बुवान, खम्बुहाङ, आदिका अपुङ्गी टुक्रे राजाहरुसित व्यवहार गर्ने भाषा पनि नेपालीनै थियो । नेपाली भाषा सम्पुर्ण जातजातिको अन्तरजातीय भाषा हो । पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा अगाडि कान्तिपुका राजा लक्ष्मीनरसिंह मल्ल र उनका छोरा प्रतापमल्लको समयमा नेपाली भाषामा लेखिएका प्रसस्त अभिलेखहरु पाइन्छन् । त्यस्तै जगतप्रकाश मल्ल, भूपतेन्द्र मल्ल, भास्कर मल्ल र जयप्रकाश मल्ल्ले पनि पनि नेपाली भाषामा लेखापढी गरेका थुपै प्रमाणहरु छन् ।

 विशाल नेपालको सिर्जना हुनुभन्दा अगाडि नेपाली भाषा यहाँका साना राज्यहरुमा केही मात्रामा प्रचलित भइसकेकाले पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकीकरणमा सजिलो पनि हुनगएको थियो । इतिहासविद् शंकरमान राजबंशीले लेख्नुभएको पुरातत्व संग्रह २०१८ मा मोरङका राजा हरिश्चन्द्र सेन र बृषशेनको स्याहामोहर विक्रम सम्वत् १७१९ पौषमा
नेपालीभाषामा लेखिएका कागजपत्रहरु र मकवानपुरका राजा मानिकसेनले श्री गोर्साईलाई नेपाली भाषामा लेखिएका स्याहामोहर र विक्रम सम्वित् १७८४ कार्तिक भनेर लेखिएका र विजयपुरबाट बुद्धिकर्ण रायले विक्रम सम्वत् १८२४ नेपाली भाषामा लेखिएका कागजपत्रहरु भएको कुरा उल्लेखछ । नेपाली भाषा, हिन्दी, मैथिली,भोजपुरी, बैगाली, गडवाली भाषाहरु संस्कृतका सन्तान हुन् । नेपालमा लिच्छवि शासनकालभर संस्कृत भाषाले राष्ट्रभाषको स्थान ओगटेको थियो । मल्लकालमा संस्कृत, नेपाली भाषा र नेवारी लगायत स्थानीय भाषाहरु चलनचल्तिमा आएका देखिन्छ । नेपालको एकीकरण हुनुभन्दा पहिला काठमाण्डौंबाट गोरखा, लम्जुङ्ग, कास्की वा जनकपुर जानेहरुले नेपाली भाषामैं बोल्नेगर्थे । त्यहीहिसाबले नेपाली भाषा ब्रम्हपुत्रदेखि कास्मिरसम्म चलनचल्तीमा आइसकेको थियो । यस अवस्थामा काठमाण्डौंका नेवारहरुले कसरी नेवारी भाषालाई सरकारी लेखापढीको भाषा बनाउलान् - अहिको २१सौं शताब्धीमा जातीय र पाल्छी भाषाहरुको कुरा लिएर किन झगडा गर्ने काम भइरहेको छ -
         दार्जेलिङ्गका विद्वान पारसमणि प्रधानले भनेका थिए- नेपाली भाषा कुनै निश्चित जात वा जातिको भाषा होइन । यसलाई बाहुन, क्षेत्री लगायत गरुङ,मगर, र्राई, लिम्बु, नेवार, तामाङ आदि जातले आआफ्नो बोली छँदाछँदै पनि नेपाली भाषालाई मात्रृभाषा भनी अपनाएका छन् । यसो गर्नाले एउटा विशाल नेपाली जातिको सृष्टि भएको छ । कुनै जातका मानिसले आफ्नो जातीय बोली बिर्सनैं पर्छ भन्ने केही छैन । तर, नेपाली भाषा हाम्रो होइन भनेर बिभिन्न नेपाली जातिले संघषृका निम्ति संर्घष गर्न थाले भने न उनीहरु आफै उभिन सक्छन् न अरुलाई उभिन दिन्छन् । पहिलेको खस बोली खसभाषामा परिणत भएर  गोर्खा वा गोर्खाली भाषा हुन पुगेको र अहिले तमाम नेपाली जातिको भाषा हुनपुगेकोछ । यति मात्र होइन भारतका आसाम, मणिपुर, दार्जिलिङ्ग, उत्तराञ्चलको देहरादून, अलमोडा लगायत भारतका अनेकौं ठाउँमा रहेका नेपालीहरुको प्रियभाषाको रुपमा नेपाली भाषा पूजनीय भइरहेको र भारत सरकारले सरकारी भाषा सरह्रको मान्यता दिएर नेपाली भाषालाई अन्तराष्ट्रिय मान्यता गरेको छ ।
           नेपाल विभिन्न जाति, भेषभूषा, भाषभाषीहरुको थलो हो ।  यहाँ जम्माजम्मी १२४ भाषाहरु छन् । ती मध्ये ४०।५० भाषाहरु विकसित अवस्थामा छन् । मैथिली, भोजपुरी,अवधि, मगर, गुरुङ, तामाङ, शेर्पा, नेवार, थारु, राजबेशी, लिम्बु, र्राई, नेवार, थकाली, सुनुवार, सतार, उर्दू भाषा आदि भाषा आआफ्नो समुदायमा लोकप्रिय छ ।
भाषाको हिसाबले नेपाल धेरै धनी छ । यसोभन्दैमा सबै भाषालाई सरकारी भाषामा स्थापित गर्नखोज्दा सबै थरिमामा असजिला हुन जान्छ । अशोक श्रेष्ठ लेख्छन्- बाइसे, चौबिसे राज्यको अवधारणा लिएर आन्दोलित हुनु आफैमा वौद्धिक बहुलठ्ठीपन बाहेक केही होइन । काठमाण्डौ त राजधानी हो,जहाँ पुर्व मेचीदेखि महाकालीसम्मका जातजाती, भाषाभाषीको जमघट
बसोबासो हुनु स्वाभाविक छ । नेवार भाषा नजान्ने एवं गैर नेवारलाई थानकोट कटाउनु पर्ने मनसाय निहीत देखिन्छ । फलतः राष्ट्रियताको सवालमा हामी सबै जातिले त्याग गर्न सक्नुपर्दछ । हामी सबै जातजाति, प्रजातीहरुले नेपालको एकीकरण हुँदाको अवस्थादेखिनैं विशाल नेपालको राष्ट्रिय मूलधारमा विलय गरिसकेका छौं । यस बारेमा युवाकवि श्रवण मुकारुङ लेख्छन्- नेपाली भाषा नेपाली जातिको पहिचान भएको छ । नेपाली भाषाको यो व्यक्तित्व तयार हुनमा राजतीतिक, सामाजिक धेरै कारण होलान् । मुलकारण यसलाई अंगिकार गर्ने नेपाली जनतानैं हुन् जस्ले नेपाली भाषालाई आफ्नो जीवन पद्धतिसँग जोडे । तर २०६५ मा संविधानसभासद्हरुको सफथग्रहण कार्यक्रममा हिन्दी लगायत पचासौं भाषामा सफथग्रहण गराएर राष्ट्रिय एकता माथि खिल्ली नउडाएको पनि होइन । राष्ट्रपतिको सपथग्रहण कार्यक्रममा राष्ट्रिय पोषाकलाई उपेक्षित गरेर उपराष्टपति पदमा रहने क्षमता राख्ने रामानन्द झाले संविधान बिपरित हिन्दीबाट सफथग्रहण गरेर नेपाली राष्ट्रियताको धज्जी उडाएका छन् । यसमा डा. रामवरण यादवले नियन्त्रण गर्न सक्नु पर्थ्यो । यस घटनाको दोषी डा. रामवरण पनि त्यत्तिकै छन् । हामी नेपालीहरु सबैलाई देशभरीका मातृभाषाहरुको मायाँ छ । स्थानीय मातृभाषमा सफथग्रहण गरेको भए यसरी औंला ठडयाउने ठाउँ रहन्नथ्यो । त्यतिकावर्षवरिष्ट न्यायधीस जस्तो पदमा रहेर काम गरेका व्यक्तिलाई नेपाली राष्ट्रियताको मोह नहुनु कस्तो विडम्वना - हामी सबैले राष्ट्रभाषाको कदर गरौं, विवाद उठाएर आत्मघाती बाटो नरोजौं । स्थानीय मातृभाषीहरुले राष्ट्रिय सम्पत्तिलाई बचाउन साहित्य लेखन, नाटक, सिनेमा, नाचगाँनका प्रस्तुति गरेर राष्ट्रको गोरव बढाउन सकिन्छ । सरकारले विद्यालयहरुमा नेवारी, मैथिली भाषाहरुझै अन्य भाषाहरुलाई पनि पठनपाठनको व्यवस्था गर्न सक्नुपर्दछ । केही मात्रामा विभिन्न भाषाका विद्यालयको स्थापना र मात्रृभाषाका पुस्तक प्रकाशित गर्ने प्रयास गरिरहेको पनि छ । अहिलेको विश्व एकपरिवार हुँदो अवस्थामा स्थानीय भाषाको पक्षमा पर्वाग्रह राखेर भाषाको मुद्धामा अल्भिनु राम्रो कुरा होइन । एउटा उदाहरणः भोजपुर धापखर्कमा केहीबर्षअगाडि मातृभाषाको विकास गर्ने भनेर शेर्पा भाषाको विद्यालय खडा गराइयो । एन्जीयोहरु सशक्त भएर लागे तापनि अलिदिन केही विद्यार्थीहरु भेला भए तर पछि कोही पढ्न आएनन्, स्कूल बन्द भयो । त्रि.वि.वि.मा नेवारी भाषा पढ्नेको चासो घट्दो छ । त्रिचन्द्र कलेजमा नेवारी-भाषा विभाग खाली छ ।
अहिले लिम्बु भाषा, गुरुङ, मगर र तामाङ, उर्दू भाषाका केही विद्यालयहरु खुल्न थालेका छन् । अन्तराष्ट्रिय जगतमा संभव भए यी सकारात्मक प्रयास हुन् । तर नेपाली भाषा सरह्र स्थानीय जातीय भाषाहरुलाई सरकारी लेखापढीको भाषा बनाउन खोजियो अथवा हिन्दी भाषालाई उभ्याउन खोजियो भने जातीय द्वन्द बढ्ने र हिन्दी भाषाको कारणले भारतीय
प्रभुत्व बढेर राष्ट्रिय एकतामा गम्भीर धक्का लागेर नेपालको राष्ट्रिय एकता टुट्न सक्छ । त्यस्तो परिस्थिति नआवोस् भन्नका लागि सम्पुर्ण क्षेत्र र जातका नेपालीहरु सचेत हुनसक्नु पर्दछ ।    
   

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 10 भाद्र, 2065

लेखकका अन्य रचनाहरु