विन्ध्या सुब्बाको हर्षिता-कथाको एक पठन

- सुकराज दियाली

बिन्ध्या सुब्बा भारतीय नेपाली उपन्यास र कथामा सशक्त कलमको नाम हो।उनको विषयमा जब साहित्यमा चासो राख्न थाले त्यहीदेखि सुन्दै आएको। कलेज जीवनमा मैले भारतीय नेपाली साहित्य वरिष्ठ नारी हस्ताक्षारहरू डा. लक्खीदेवी सुन्दास , विन्ध्या सुब्बालाई दर्शन गर्न पाउँदा आफैलाई भाग्यमानी ठाने। सुब्बा गम्भीर स्वाभावको सुस्तरी बोल्ने, जस्तो लेखनमा मिठासता उस्तै मिठो बोली, घमण्ड नभएको, सबैलाई एकनास माया गर्ने विन्ध्या सुब्बा आध्यात्मिक बिचारधारामा डुबेको साहित्यकार हुन्। सबैसित हाँसेर बोल्ने प्रेरणा र प्रोत्साहन गर्ने साहित्यिक प्रतिभाको धनी। धेरै वर्षपछि नेपाली साहित्य सम्मेलनको कार्यक्रममा भेट्दा माया गरेर पुस्तक(उहाँकै) उपहार दिनु भयो। यो हामी जस्ता साहित्यमा चासो राख्नेलाई ठूलो प्रेरणा थियो। जब नेपालका साहित्यकारहरूसँग सम्पर्क बढ़न थाल्यो अझ मैले बिन्ध्या सुब्बालाई हिरा-मोती जस्तै बुझें। डा. सुदर्शन पौड्याल, डा.रामचन्द्र पोखरेल, डा. अशोक थापा (त्रि.भ.वि.) आदिले सुब्बाको उपन्यास र कथामाथि गहिरो प्रशंसा भेटघाटमा गर्दा विन्ध्या सुब्बालाई अझै गहिरोरूपले बुझें। काठमाडौंको वरिष्ठ साहित्यकार नगेन्द्रराज रेग्मीले विन्ध्या सुब्बामाथि धेरैवटा समालोचनात्मक लेखहरू नेपालको राम्रो पत्र-पत्रिकामा प्रकाशित गरिसकेका छन्। सुब्बाको उपन्यास र कथाहरू पढ़ेर रेग्मी धेरै प्रभावित बनेको पक्षहरू उहाँले भेटघाटमा सुनाउनु हुन्छ अझै छापिएको रचनाहरू देखाउँदा यो कलमकारलाई विन्ध्या सुब्बाप्रति गौरव अनुभव भयो। भारतीय नेपाली साहित्यको प्रखर लेखिकाको रूपमा चिनिसक्दा उनीप्रतिको परिचय राखिरहँदा घामको अघाड़ि दियो बालेर उज्यालो पार्छु भने जस्तै होला।
उनको प्रकाशित आजसम्म पाठकको हातमा रहेको उपन्यासहरूमा- त्यागपत्र(अनुदित), फूलहरू, पहाड़हरू, धर्साहरू, अथाह (भारतको राष्ट्रीय पुरस्कार, अकादमा नयाँ दिल्लीद्वारा साहित्य अकादेमी पुरस्कारले पुरूस्कृत)।, निर्गमन, द्रौपदी(अनुदित), सिमान्त आदि हुन् भने कथा सङ्ग्रहमा -कथाक्रम, हस्पिस(चर्चित कथा सङ्ग्रह), शीत लहर। त्यसरी अन्तर्निहित एउटै मात्र कविता सङ्ग्रह। अन्य नियात्रा, आध्यात्मिकलेख, जीवनीमा तिम्रा अक्षरहरूको आयाम, अरब सागरको किनारमा, विविध आयाम कृष्णसिंह मोक्तान मेरो आकाशमा, सत्यम्, शिवम्, सुन्दरम् लीलाहरूमा माया र भाव समाधि जस्ता कृतिहरूले नेपाली साहित्यमा थप टेवा पुगेको कुरालाई ओझेल राख्न सकिन्दैन। विन्ध्या सुब्बाको सिर्जनात्मक पक्षमा उनी उपन्यासकार भनी विश्व नेपाली साहित्यले मानेका छन्। तर उनी राम्रा कवि पनि हुन्। कथाहरूमा हस्पिस कथा सङ्ग्रह चर्चित कथा सङ्ग्रह, उपन्यास अथाह। उनको उपन्यास र कथाहरूमा नारी विमर्शप्रति केन्द्रित रहेको हुन्छ। यसै सन्दर्भमा उनको चर्चित कथा हर्षिता-लाई मेरो पाठकीय दृष्टिकोणबाट चर्चा गरिरहेछु।
कथा हर्षिता
कथाकार विन्ध्या सुब्बाद्वारा लिखित कथा हर्षिता-स्वतन्त्रकालका नेपाली कथाहरूभित्रको परेका एउटा कथा हो। स्वन्त्रकाकका नेपाली कथाहरू –सम्पादन जीवन नामदुंगले गरेका छन्। जसको प्रकाशन नेशनल बुक ट्रस्ट इण्डियाले सन् 2008मा गरेकका छन्। यसभित्र 51 वटा कथाहरू छन्। 39 क्र.स.-मा रहेको कथा –हर्षिता-यस कितापभित्र पेज न. 202 देखि 208 रहेको पाइन्छ।
हर्षिता नारी समस्या केन्द्रित रूपमा पाइन्छ। मीताको आमा हर्षिता। उमेरले 45 वर्ष विवाहित। तरूणी छोरी मीताले ज्यादै ख्याल गरेकी छीन्। मीताकी आमाले संगीतमा ज्यादै रूची राखेकी छीन्। गीत गाउनु पाउँदा आत्मा सन्तुष्टी ठान्छीन्। हर्षिताले वैवाहिक जीवनमा भोग्न परेको भेदभाव, असमनतालाई कथामा सजीव चित्रण गरेकी छीन् कथाकारले।
रेलयात्रामा सहभागि बनी कलकताबाट न्यूजलपाइगढ़ीसम्मको यात्रामा कथाकारसित मीता र हर्षिताको वार्तालाभबाट कथाको शुरूवात हुन्छ। हर्षिताको गायनकला र वाधवादन कलालाई कथाकारले यस कथामा प्रकाश पार्छीन्। गीत गाउने उनको शौक होइन साधना थियो।विवाहपछि पतिको, सासूको इच्छामा यसलाई सँधैको लागि थन्काउनुपरेको पीड़ालाई उजगार गरेकी छीन् हर्षिताले यस कथामा।
कथाको शीर्षकः
कथा हर्षिता शीर्षक कथाकारले किन छनौट गरे भन्ने अड़कलमा हर्षिता जीवनमा अहर्षीता बनेर बाँच्नु परेको स्थितिलाई कथामा प्रस्तुत गरेकी छीन्-कथाकारले। हर्षिताबाटै-हर्षिता भएपनि हर्षितको अर्थ ज्यादै हर्ष अनुभव भएको प्रशन्न आनन्दित पुलकित हुने पक्षलाई कथाकारले उद्घाटन गरेकी छीन्। जसको धन छैन उसको नाम धनबहादुर/धने, जो कायर छ उसैको नाम वीरबहादुर भने जस्तै अशान्ति जीवन भोगीरहेकी नारीको नाम शान्ति भए जस्तै यस कथामा पनि नायिका हर्षिता- उल्टो अर्थ रहन पुगेको हुनसक्छ। शीर्षक मिठो र छोटोले कथा पढ़नमा उत्साह छाउँछ पाठकलाई। कथाकारको शीप पनि शीर्षकबाटै झल्कीन्छ। कथा पढ़ीसक्दा हामीले कथाको शीर्षकलाई सहजै बुझ्न सक्छौं। कथाकको कथावस्तुसित सहीरूपमा शीर्षक भएको छ।
कथावस्तुः
हर्षिता 45 वर्षीय नारी। वैवाहिक जीवनमा विसञ्चो स्थितिसित बाँचिरहेकी हर्षिताको तरूणी छोरी मीता। पढ़े-लेखेका शिक्षित नारी। मीता जस्ती छोरीको सुसार पाएकी छीन हर्षिताले। रेलगाढ़ीको यात्रामा कथाकारलाई हर्षिताले बोलेर, गीत गाएर छक्कै पार्छीन्। कथाकारलाई सोध्दछीन् गीत गाउन सक्नु हुन्छ तपाईँ? भनेर सोध्दा उत्तर पनि दिनु नपाउँदै हर्षिताले आफ्नो डम्फू बजाउन थाल्छीन्। संगीत मेरो शौक होइन मैले साधन र गरेकी हूँ छ वर्षसम्म इलाहबादबाट प्रशिक्षण लिएको मैले अनेकौं ठाउँमा सांगीतिकलाई प्रस्तुत गरेको छु। गाएर थुप्रै सम्मान र पुरस्कार पाइसकेको छु-भन्दै गीत गाउन थाल्छीन्। कथाकारलाई बोलेर, गीत गाएर वाक्कै पारे पनि, कथाकारलाई आनन्द अनुभव भइरहेको थियो। छोरी मीतालाई आमाको उत्ताउलो व्यवहारले लाज लागिरहेको थियो कथाकारको अघि। मीताले बेला-बेला नबोल्नु भन्दा आमा मीतासित रिसाइरहेको घटनाले कथाकारले हर्षिताको जीवनलाई बुझ्दैछीन् सम्वाद र आमा छोरीको वार्ताबाट। मीताले कथाकारलाई भन्दैथिन्- आमाले केही कुरा सत्य केही असत्य भएपनि उनी पेशादारी गायिका हुन् विवाहपछि घरमा गाउन, बजाउन बन्द गरिदिएको हो बाबा र हजूरआमाले। बाबाले गाएको मनपराउँदैनन्। आमाले खाना राम्रो पकाउन हुन्छ। खाना पकाउने कला एकदमै राम्रो छ। अहिले हामी मामाको छोराको विवाहबाट घरतिर आउँदैछौं। तर आमाको दबाई घरमा नै छोड़िराखेका रहेछौं। विवाहमा पनि आमा बेसी बोलेर विवाहमा आएका मानिसहरूलाई हत्तु पारेकी थिइन्। आमाले दबाई खानु नपाउँदा यस्तो हुन्छीन्। बाबाहरू उतै विवाहमा छन्। म आमा लिएर आएको, अब गएर सिधै डक्टरकोमा लानुपर्छ। हाम्रो घर सिलगढ़ीमा नै छ। यसो भेट्दै गर्नुहोस समय मिलेछ भने कथाकारलाई भनिन् मीताले।
डेड़वर्षपछि कथाकार हर्षिताको घरमा पुग्छीन्। तर हर्षिता अघिको जस्तो स्वाभाव पटक्कै छैन। खालि हाँसिरहने, कम्ति बोल्ने, चुपचाप बसिरहने। डेढ़वर्षअघि रेलगाड़ीमा देखेको/जानेको हर्षिता पटक्कै थिएन। उसले गीत गाएकी थिइन्, न बोलीरहेकी थिइन्। संगीत साधक तथा प्रतिभाशाली महिला कलाकारको घर भन्ने कुनै प्रमाण र चिन्हहरू थिए। हारमोनियम, तबला, तानपुरा केही पनि थिएन। उनी शान्त स्वभावले चिया लिएर कथाकारको अघि टेबलमा सजाई दिइन्।
पात्र-पात्राः
हर्षिता कथामा कम्ती पात्रको उपस्थितमा चरित्र-चित्रणबाट सुन्दरकथा निर्माण गरेकी छीन् कथाकारले। कथाकार, हर्षिता र मीता(हर्षिताकी छोरी) मुख्य पात्रा छन् कथामा। गौण पात्रमा हर्षिताको पति अनि रेलगाड़ीको यात्रामा रहेका बुगीका यात्रीहरू। मीताको बोजु-बाजे आदि गौण पात्र-पात्राको उपस्थितमा हृदयस्पर्शी कथा हर्षिताले सिर्जना गरेकी छीन्।
हर्षिता-लाई प्रारम्भमा व्यक्तिरूची तथा स्वयंम्-मा बढ़ी केन्द्रित रही देखिएतापनि व्यवहारमा-पेटमा पाप नराख्ने फतौरे प्रकारले बोलिहिड़ने, कम्ति विचार गर्ने तर बड़ी मात्रामा बोल्छीन् रेलगाड़ीको यात्रामा। हर्षिता नरोकिकन यात्रामा भेटभएकी कथाकारसित वार्तालाभ गर्छीन्-आफ्नो विषय केन्द्रि बनेर।
शौक होइन, साधना हो यो मेरो जीवनको। मेरो जीवनको श्रेष्ठ कामना पनि। म संगीत समिति इलाहवादबाट 6 वर्षको शिक्षा र तालिमद्वारा संगीतमा विशारद् हूँ। मेरो जीवनको एकमात्र अभीष्ट हो गायन र संगीत। अन्य कुनै विशेष चाहना हो।हारमोनियम बजाउन, सितार बजाउन र गाउन पाए मलाई अरू केही चाहिन्न। उनी संगीतप्रति अन्तरमनबाटै समर्पित छीन् भन्ने मनोभाव स्पष्ट बुझिन्छ। उनको जीवनमा आत्म सन्तुष्टि ल्याउने कारकको रूपमा उनीभित्र रहेको संगीत प्रतिभालाई खुल्लारूपमा प्रकाश पारिन्। कथाकारले यहाँ हर्षिताको सङ्गीतप्रतिको समर्पण भावलाई बुझिरहनेक्रममा हर्षितामाथि प्रश्न राख्छीन्-तपाईँले गाउनु भएको गीतिक्यासेटहरू पनि छन् होला? “एउटा क्यासेट गीतिक्यासेट छ तर यस्ता क्यासेटहरूमा नअटाउने गीतहरू मभित्रै छन्। घरमा उनले संगीतमा पाएको प्रशंसा पत्र, सम्मान पत्र र पुरस्कारहरू धेरै छन्। उनीले बेला-बेला सबै बिर्सीएर अन्तरन्तर आत्माबाट निस्कीएको ध्वनी र गीतको सूरमामस्त हुन्थी। हर्षिता सुन्दरी पनि थिएन् उनले लगाएको सिल्कको साड़ी र ब्लाउजले साह्रै सुहाएकी त्यसैमाथि टीका र सिउँदोको सिन्दूरले उनी विवाहित हुन् भनीरहनु पर्ने शैली।
कथाकार शान्त स्वाभावले हर्षिता र मीताको वार्तालाई दर्शक बनी सुनीरहन्छे।
हर्षिताको प्रत्येक बोलाइबाट उनीभित्र रहेको नारीकुण्ठ, नारीवेदना, नारी मनोदशालाई विश्लेषण गर्दै यात्रामा सहभागिता बनिरहेको थियो। कथाकार सरल उद्वार हृदयकी थिएन भन्ने प्रमाण नयाँ ठाउँमा मीतालाई देख्दा घरमा बोलाएर दार्जीलिङबाट ल्याएको चियापत्ती र केही सुन्ताललाको दाना घर लानु भनेर चढ़ाउछीन्। संवेदनशील भाव तथा बर्हिमुखी पात्राको रूपमा कथाकारलाई पाउँछौं। अरूको विचार-भावलाई सहजै ग्रहण हरी सहानुभूति राख्ने पात्राको रूपमा प्रस्तुत छीन्।
मीताः
हर्षिताको 20/21 वर्षकी तरूणी छोरी श्यामवर्णे मीता सभ्य र शिष्ट पनि छीन्। उनी सुन्दरीसितै शिक्षित पनि रहेको पात्रा अर्न्तमुखी व्यक्तिचरित्र भएको पाइन्छ। आफ्नो आमाको ख्याल राख्ने, आमाको हेरचाहलाई आफ्नो कर्तव्य ठान्ने मीता गम्भीर स्वभावकी तर उद्वारहृदयकी नारीपात्रा ले कथामा अर्को मुख्य रूपमा रहेकी छीन्। संकोच मान्ने लजाउने स्वभावकी मीता आफ्नो आमाको जीवन संघर्षलाई कथाकारको अघाड़ि उदाङ्गो पारेकी छीन्।
हर्षिता उताउली स्वाभावकी पहिलो भेटमा। अन्तमा गएर शान्त स्वभावको देख्दा हर्षिताको मनोदशालाई प्रकाश पारेको कथाकारसित दोस्रो भेटमा।
हर्षिता-कथामा भौतिक सन्दर्भः
हर्षिता कथाको भौतिक सन्दर्भमा हामीले दुईवटा पाटालाई लिन सकिन्छ-स्थान र समय। स्थान सन्दर्भमा हर्षिता-कथामा सिलगढ़ीको भूगोलदेखि पश्चिम बङ्गालको कलकतादेखकि न्यूजलपाइगढ़ीसम्मको आइरहेको रेलगाड़ीको एउटा डब्बामा भएको स्थान सन्दर्भलाई लिन सकिन्छ भने समय सन्दर्भमा घटित घटनाको आधारमा मुख्यरूपले कथाकारसित भएको सम्वादलाई मानिन्छ। यहाँ डेड़वर्षअघि भएको घटनाले समय अतितकाललाई संकेत पाइन्छ। घटना घटेको आधारमा हर्षिताको तीनकोठाको सुन्दर घर मीता र उनको बाबुलाई कथाकारले प्रस्तुत गरेको कथाबाट प्रष्टिन्छ।कथाले आञ्चालिक भाषा र जीवनशैलीलाई प्रस्तुत गर्दा स्थान र समयको सन्दर्भ जोड़िन्छ।
हर्षिता कथामा संज्ञान सन्दर्भः
हर्षिता कथामा प्रस्तोतार र बोद्धाको परिस्थिततिमा आधारित सामाजिक पक्षलाई अन्तर्निहित रहेको पाइन्छ। जीवन पध्दति दृष्टिकोण र यसबाट ग्रहणीय ज्ञानात्मक पक्षहरू कथाले सम्प्रेषण गर्छन् पाठकलाई।
संज्ञान सन्दर्भमा हर्षिता कथा सामाजिक दृष्टिकोण भएको एक उच्च स्तरीय कथा मान्न सकिन्छ। सामाजिक वस्तुलाई कथाले आत्मसात गरेका छन्। हर्षिता जस्ती सामाजिक नारी हाम्रो समाजमा रहेपनि उनीहरूको मनोदशा, पीड़ा खुल्लारूपले विरोध र क्रान्तिको रूपमा उद्घाटन गर्न सक्दैन किनभने हम्रो भारतीय संस्कार-संस्कृतिमा पुरूष प्रधान समाज रहेको छ। पितृसत्ताले ग्रसित समाजको आधारले गर्दापनि।
कथामा कथाकारले भन्न खोजेका “यत्र नार्यस्त पुज्यन्ते रमन्ते तत्र देवता” अर्थात जहाँ नारीहरको पूजा हुन्छ त्यहाँ देवताहरू रमाउँछन्। कथाको प्रमुख पात्रा हर्षितालाई सरस्वती र लक्ष्मीको रूपमा प्रस्तुत गरेकी छीन्। नारी खेलौना होइन, नारी दास पनि होइन, श्रर्मिक पनि होइन भन्नेपक्षलाई कथा हर्षितामा कथाकारले प्रस्तुत गरेकी छीन्। सड़क, गल्ली, बजार-पात वा हाट बजारमा नारीको विषयमा हक र अधिकार पुरूष समान हुनुपर्छ, नारी र पुरूष एउटै हो। नारीलाई घरको चार दिवारभित्र कोच्राएर राख्नु हुँदैन भन्ने जुलुस र भित्ताको पोस्टरमा टाँसिएपनि व्यावहारिक रूपले नारीहरू चुल्हा-चौकामा कोच्रिएर बस्नु परेको घटनालाई यस कथाले उदाङ्गो पारेका छन्।
नारीवादीः
हरेक देश वा भौगोलिक साझ सिमानामा रही आफ्नो स्त्रमा सक्रिय रहेको पाइन्छ। नारीवादी सिध्दान्त वा दार्शानिक क्षेत्रमा नारीवादीको विस्तार बुझिन्छ। यसमा नृविज्ञान, समाजशास्त्र, अर्थशास्त्र, महिला अध्ययनमा साहित्यिक आलोचना, कला इतिहास मनोविश्लेषण र दर्शन जस्ता केही विषयहरू यस अन्तर्गत पर्छन्। नारीवादी सिध्दान्तको लक्ष्य लैंगिक असमनता प्रकृतिक कारणले सम्झीनु। यसले लैंगिक समनता राजनीति, शक्ति सम्बन्धमा ध्यान केन्द्रित गर्छ। यसैलाई ध्यानमा राखेर सामाजिक र रराजनीतिक सम्बन्धलाई आलोचना गर्दछ। नारीवादीभित्र भेदभाव, रूढ़िवादी विचारधारा, वस्तुनिष्ठता(यौवन वस्तुकरण) उत्पीड़न र पितृसत्ता जस्ता विषयलाई राखेर अध्ययन गरर्न सकिन्छ। नारीवादी भन्नाले राजनैतिक आन्दोलनको विचारधाररामा, समाजिक विचारधाराकको आन्दोलनकै एउटा श्रेणी मानिरहँदा फरक नपर्ला। जसमा राजनीतिक, आर्थिक, व्यक्तिगत र सामाजिक लैंगिक समानताको परिभाषालाई स्थापित गर्ने लक्ष्य राख्न सकिन्छ। नारी र पुरूषको समान शैक्षिक र पेशागत अवसरलाई पनि सस्थापित गर्ने स्थितिलाई अघाड़ि ल्याउन सकिन्छ।
हर्षिता-कथामा नारी विमर्शः
ट्रेनमा भएको घटनालाई कथाकारले डेढ़वर्षपछि एउटा भेटमा सम्झेकी छिन्। यो कथामा नारीमाथि परेको अर्न्तसमस्यालाई प्रकाश पारेकी छीन् कथाकारले। हर्षिता जस्ती गायिकालाई परिवारबाट सपोर्ट नहुँदा हर्षितामा कुण्ठ पीड़ा बनेर मानसिक असन्तुलन स्वभाव देखिन्छ। हर्षिताको आफ्नो कलालाई व्यक्त नपाउँदा मनमा गथासो बोकेकी र त्यै पीड़ाले ग्रस्त द्खिन्छ। विवाहपछि नारीहरूलेआफ्नो पति र परिवारको निम्ति गुमाउनु परेको कला प्रतिभाको चित्रण कथामा कथाकारले बढ़ो सुन्दर रूपमा प्रस्तुत गरेकी छीन्। दैनिक रूपमा यस्ता सामाजिक स-सानो कुराहरू हाम्रो जीवनसित टाँसिएको हुन्छ तर हामीले ख्याल गर्दैनौ। यस्ता समाजको सुक्ष्म कुराले कसैको जीवनमा यति गहणरूपले प्रभाव पार्छ भन्ने विषयलाई हर्षिता कथामा उद्घाटन गरेकी छीन्। पुरूष प्रधान समाजमा वैवाहिक नारीहरू कति शोषित र चेप्टीएर बाँचेकी हुन्छीन् भन्ने चेतना यो कथामा पाइन्छ। पुरूष प्रधान समाजले पुऱ्य़ाएका मानवघातक घटनालाई कथाकारले पाठकमाझ विमोचन गरेकी छीन्। नारीजातिप्रति परिवारमा पुरूषहरूले राखेकको संकुचित एवंम् संकीर्ण भावनालाई कथाले विरोध सभ्य तरिकामा गरेकी छीन्। चुल्हा-चौकाको अँध्यारो घेरोभित्र हर्षिताले गुमाएको कला प्रतिभा नै उसको मानसिक असुन्तलनको लक्षण हुनसक्छ भन्ने कथाको उदेश्य।
निष्कर्षः
कथाककार विन्ध्या सुब्बा भारतीय नेपाली कथा साहित्यमा सशक्त नारी हस्ताक्षार हुन्। उनको कथाहरू नारी विमर्शतिर केन्द्रित रहेको हुन्छ हर्षिता जस्तै। यसैले उनको कथाहरू पाठकले रूचाएर पढ़ने मात्रै होइन मनन-चिन्तन गरेर व्यवहारिक जीवनमा प्रयोगात्मक रूपमा लिइरहेका छन्। समाजमा भइरहने विषयलाई हर्षिता कथामा यथार्थरूपमा उतारेकी छीन्। हर्षिता कथामा त्यस्ता नारी बोलेकी छीन् जसले आफ्नो मनपीड़ालाई अरूको सम्मुख खुल्ला राख्न सक्दैनन्। हर्षिता कथामा नारी मनोदशा वा कुण्ठलाई दर्शाएकी छीन् जुन कथा पुरूष पाछकले पढ़ेर आफ्नो घर-परिवार तथा आफ्नो जीवन सङ्घर्षमा ख्याल गर्ने दिशातिर तयार गर्छन्। विन्ध्या सुब्बाद्वारा लिखित राम्रा कथाहरूमा हर्षिता पनि एउटा हुन्। यस्ता राम्रा कथाहरूको कथाकार वविन्धक्या सुब्बालाई भारतीय नेपाली साहित्यको उत्तर-प्रयोगकालको सशक्त कथाकार भनेर चिनाइरहनु नपर्ला।

नागरी फार्म दार्जीलिङ

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 31 बैशाख, 2077

लेखकका अन्य रचनाहरु