संकटमा स्रष्टा

- विमल भौकाजी

'यहाँ त सशरीर मेरो नामको एउटा मान्छे जीवित थियो । तर त्यहाँ त मेरो शरीर मेसिन बन्यो । ...म मेसिन त बनेँ-बनेँ, तर मैले त्यहाँ आफ्नै नामको अस्तित्व खोज्दै हिँड्नुपर्‍यो । डर थियो मलाई, म त्यहाँ बसिरहेँ भने मेरो अस्तित्व शून्यमा बिलाउनेछ ।' अमेरिकामा केही महिना बसेपश्चात स्वदेश भित्रिएका एक साहित्यकारको भनाइ हो यो ।

त्यसो त अमेरिकामा पसिसकेपछि जोकोही पलायन हुने गरेका प्रशस्त उदाहरण भेटिन्छन् । यो उदाहरणबाट स्रष्टामात्रै अछूत छैनन् । तर जो स्वदेश फर्किन्छन् र र्फकेपछि भन्ने गर्छन्- 'के जिन्दगी हो र अमेरिकाको ? यहाँ आफ्नै देश स्वर्ग छ ।'

स्वदेशलाई स्वर्गतुल्य मान्ने स्रष्टाहरूको उक्त भनाइमा वास्तविक देशप्रेम लुकेको छ कि छैन ? यो जिज्ञासालाई यहाँ त्यति महत्त्वपूर्ण मानिएको छैन । तथापि यो भनाइले केचाहिँ छर्लङ्गयाउँछ भने स्रष्टाहरूलाई त्यहाँ यहाँको जस्तो सजिलोसँग बस्ने वातावरण छैन । यो बुझ्न सकिन्छ कि कलमलाई एकातिर फालेर पैसा कमाउनका लागि सधैं दिल-दिमागमा तयार रहनुपर्छ त्यहाँ ।

विदेश जानुको मूल उद्देश्य भनेको सम्पत्ति उपार्जन नै हो । यही आधारलाई लिएर हेर्दा अमेरिका जाने नेपालीहरू त्यहाँ पलायन हुनु स्वाभाविकै हो । यही क्रममा स्रष्टाहरू जसलाई देशका गहना हुन् भन्ने गरिएको छ, तिनीहरूसमेत प्रायशः त्यहाँ गइसकेपछि हत्पत्ती र्फकेका भेटिन्नन् ।

कोही नेपाली अमेरिका जानु र त्यहीँ बस्नु अर्काे नेपालीको लागि सरोकारको विषय हुनसक्छ । यद्यपि आपत्तिजनक विषय भने यो होइन, कसैका लागि पनि । त्यो हुनु पनि हुँदैन । तर यति हुँदाहुँदै पनि के सत्यचाहिँ आँखा चिम्लेर नकार्न सकिन्न भने देशभित्रका प्रतिभाहरू अमेरिकामा 'गुमनाम जीवन' बिताइरहेका छन् । फलस्वरूप देशमा रहेको तिनको ख्याति क्रमशः विलिन हुँदै गइरहेको छ, मानौं ती स्रष्टाहरू यो देशका नागरिक होइनन् कि ? आशंका गर्नुपर्ने यो अवस्था बडो दुःखद पक्ष्ा हो । देशको साहित्यमा अहिले तिनको सामान्य उपस्थितिसम्म पनि देखिन्न । विगतमा अत्यन्त र्ऊजनशील देखिएका लेखकहरू यतिखेर यही परिवेशभित्र छन् । डा तारानाथ शर्मा -ताना शर्मा) जस्ता वरिष्ठ लेखक पनि जो नेपाली साहित्य भनेपछि हुरुक्क हुने प्रवचन/लेखन गरिरहन्थे, वषर्ाैंदेखि आफ्नो नेपाली साहित्यिक कर्म छाडेर अमेरिकामै अलमलिरहेका छन् । विडम्बना !

तर यहीँनिर केही नेपाली लेखकमाथि गर्व गर्नलायकको कुरो के हो भने विदेशमै रहेर पनि तिनीहरू नेपाली साहित्यसँग अटुट सम्बन्ध राखिरहेका भेटिन्छन् । डीभी चिठ्ठा अन्तर्गत सपरिवार अमेरिकाको बोष्टर्नमा बस्दै आएका कवि एवं कथाकार राजव अहिले पनि नेपाली साहित्यमा उत्तिकै क्रियाशील देखिन्छन्, त्यहीँ रहेरै पनि नेपाली छापाहरूमा उनका सिर्जना बारम्बार सम्प्रेषण भइरहेका छन् । यता डेढ वर्ष अघिदेखि अमेरिकाको न्युयोर्कमा आफ्नो अध्ययनलाई जारी राखिरहेकै अवस्थामा पनि नेपाली छापाहरूमा छापिइरहेका छन्, सशक्त नारी हस्ताक्ष्ार नीलम कार्की निहारिकाका सिर्जनाहरू । अर्काेतर्फ गत आठ वर्ष अघिदेखि बेल्जियम पुगेका उत्कृष्ट लघुकथाकार कृष्ण बजगाईंको लेखनीले पनि नेपाली साहित्यको शोभा बढाइरहेको देखिन्छ । अन्तर्राष्ट्रिय रूपमै पनि बजगाईं नेपाली साहित्यको उत्थानका लागि इन्टरनेट पत्रिका 'समकालीन साहित्य'को समेत सम्पादन गरिरहेका छन् ।

उक्त उदाहरणहरूलाई तुलनात्मक रूपले अध्ययन गर्दा स्रष्टाको अस्तित्व त्यतिबेला मात्रै संकटमा पर्ने देखिन्छ, जबसम्म त्यसको कारण तत्त्व स्वयम् स्रष्टा नै हुनपुगेको हुँदैन । यदि विदेशमा रहेर पनि आफ्नो प्रतिभालाई कुण्ठित हुन नदिने हो भने त्यो अस्तित्व पक्कै पनि कायम रहिरहन सक्छ, अन्यथा त्यही प्रतिभालाई मारेर केवल सम्पत्ति आर्जनका लागिमात्रै आफूलाई विदेशमा बन्धकी राखिन्छ भने त्यहाँ अवश्य पनि अस्तित्वको संकट देखापर्छ नै ।

यसो भन्दैमा सम्पत्ति आर्जन गरिनुलाई स्रष्टाको गलत चरित्रको अर्थमा लिइनु हुन्न । स्रष्टाको अर्थ उसले चाहिँ आर्थिक प्रयोजनका सम्पूर्ण कामलाई तिलाञ्जली दिनुपर्छ भन्ने छैन, उसले त्यो व्यवहार गर्न पाउनुपर्छ । यहीँनेर केही उदाहरणलाई लिन सकिन्छ, आर्थिक व्यवसायमा संलग्न रहेर पनि सशक्त सिर्जना गर्ने युवा लेखकहरू स्वदेशभित्रै छन् । अमेरिका पुगेपछि मात्रै आफ्नो जीवन सार्थक हुन्छ भन्ने ठानेर त्यहाँ जानका लागि मरिहत्ते गर्ने स्रष्टाहरूले यो यथार्थबाट ज्ञान दिन आवश्यक छ ।

साभार: कान्तिपुर

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 27 भाद्र, 2065

लेखकका अन्य रचनाहरु