सधैँझैँ लवदेवको बा बिहान मन्दिरबाट फर्कनुभयो । बिहानै मन्दिर जाने गर्नुभा’छ उहाँ । एक्लै, कहिलेकाहीँ मात्रै लवदेवकी आमालाई सँगै लग्ने गर्नुभा’को छ । तर लवदेवकी आमालाई धेरैजसो बिसन्चो भइरहन्छ । त्यसैले आमा जान सक्नुहुन्न र बाले पनि जोड गर्नुहुन्न । भन्नुहुन्छ— ‘बूढाको पुण्य बूढीलाई पनि भाग लाग्छ
म कास्कीको पोखरेली भए पनि पोखरा हुँदै तय गरिने धेरै पदयात्रा र पुगिने पर्यटकीय स्थल पुगेको छैन । पृथ्वी राजमार्गमा सयौंपटक ओहोरदोहोर गर्ने गरेको भए पनि डुम्रे झरेर मनाङतिर गएको छैन । कासकीकै घलेगाउँ पुगेको छैन । बन्दीपुर पनि नपुगेको कुरो थाहा पाएर धेरै साथीहरूले गिल्ल्याएपछि २०७८ कात्तिक १७ मा दमौलीमा रहनुहुने मेरी ठूलियाँका छोरा सुजन वाग्लेसँग काठमाडौंबाट पोखरा फर्कंदा डुम्रे झरेर बन्दीपुर पुगेको थिएँ
आज बिहान मन्दिरतिर हुँदै बाहिरतिर घुम्न जाने पारिवारिक योजनानुसार उषारमणलाई स्थगन गरेर घरमैं बसें । हुन त हिजो बेलुकी हिथउड पार्कतिर जाँदा तीनजना नेपालीहरु बास्केटबल खेलिरहेको देखें । पराई देशमा नेपाली अनुहार, त्यो पनि समवयका देख्दा आफ्नै सहपाठी देखे झैं लाग्ने रहेछ । ती मध्ये दुईजना आंशिक परिचित र एकजना कम कमै अपरिचित थिए
मोहन सुवेदी असमका एकजना विशिष्ट नेपाली कवि हुन। 25 जनवरी 1965 सनमा रङ्गमहल, लंका, असममा जन्मिएका मोहन सुवेदीले नेपाली भाषा साहित्यमा चारवटा कविता संग्रह, दुईवटा कथा संग्रह, दुईवटा निबंध र समीक्षा तथा एउटा गीत संग्रह प्रकाशित गरी आफ्नो एक दर्भिलो उपस्थिति दर्ज गराएका छन। उन्ले अनुवाद गरेका प्रसिद्ध लेखक मुल्कराज आनन्दको पुस्तक नेशनल बुक ट्रष्टले 2002 सनमा प्रकाशित गरेको छ भने 2012 सनमा असमीया कवि नीलमणि फुकनका कविताहरू साहित्य अकादेमीले प्रकाशित गरेको छ
घर पस्दा पस्दै मैले हाम्रो अतिरिक्त अर्को जोडी चप्पल देखेँ। मलाई शङ्का लाग्यो, सायद अशोकजी फेरि घर आए।
श्रीमतीज्यू दैलोमा नै थिइन्। "तिम्रो पोइ आइसक्यो।” प्वाक्क भनेर गइन्। अशोकजी आए, फेरि आए।
को हुन् अशोकजी? उनलाई सोधे उनी भन्छन् उनी कवि हुन्। आऊ सुनौँ उनको कविता:
पत्ता झर्दैछ
धूलो उड्दैछ
बस चल्दैछ
मान्छे चड्दैछ
चड्दा चड्दै लड्यो
फ्यात्त लड्यो
हिजोआज विभिन्न विषयमा डिप्लोमा ट्रेनिङको चलन चलेको छ। कम्प्यूटरदेखि पार्लर, ब्यूटिशियन, सफ्ट वेयर, हार्डवेयर डिप्लोमा, कुकिङ डिप्लोमा आदि आदि। ती डिप्लोमाको आरिस गरेर मैले पनि भर्खरै चियाउने ट्रेनिङ डिप्लोमा शुरु गरेको छु। चियाउनुको अर्थ कुनै पनि गोप्य कुरा वा आफूलाई गुप्ति चालले वा छलेर विशेष दृष्टि लगाउनु चियो गर्नु वा चेक गर्नु हो