विसंङ्गतिवादी साहित्यमा जीवनको महत्व

- स्वयंम्बर सिंह लामा

२० औं शताब्दीमा एउटा आन्दोलनको रुपमा अभ्युदय भएको विसङ्गतिवाद पाश्चात्य साहित्यले आधुनिक युग भरि नै दर्शन र जीवन दृष्टिको रुपमा चर्चा पाई रहे । झ्वाट्ट सुन्दा विसङ्गतिवाद भन्नाले कुसंगत र विकृती भन्ने जस्तो लागे पनि यो त्यसो नभएर आदीमकाल देखि मानव जातीमा रहँदै आएको हचुवावादी अन्धविश्वासी मानव चरित्रलाई चीरफार गरि मानव जीवन दर्शनमा केहि कसर नराखी मानिसले भोग्दै आएको यथार्थलाई ऐनाले जस्तै र्छलर्ङ्ग पार्न खोज्ने चिन्तन हो । यस वादले अन्धविश्वासलाई आलांकारीको रुपमा मात्र व्याख्या गर्दै वास्तविक मानव जगतले भोग्दै आएका तथ्यलाई महसुस् गराउन खोज्दछ ।

यस वादको पर्वतक जर्मन दार्शनिक फ्रेडरिक विलियम नित्से (इ. १८१४-१९००) हुन् । उनले गरेको 'इश्वरको मृत्यू' घोषणाले पुराणावादी चिन्तनको मुल्य र मान्यतालाई ढालेर जीवन दर्शन नयाँ मोडमा बदलियो ।

त्यस पछि हिगेलका विचारको आधारमा संसारलाई सहस्यमय दृष्टिले हेर्ने चिन्तनको विकास हुदै गयो । जीवनलाई विसंगतिपूर्ण आँखाले हेर्दा मानिसको जीवनको स्थिति असहाय, नाजुक, निरीह, लाचार र श्रापित् जस्तै देखिन्छ भन्ने चिन्तनको विकासमा विश्व प्रशिद्ध विसंगतिवादी लेखक अर्ल्वर्ट कामुको 'द मिथ अफ सिसिफस' -सिसिफसको कथा)ले अकल्पनीय उर्जा थप्ने काम गरे । उक्त कृती मार्फ विसंगतिवादी दर्शनलाई उतार्न यति सफल भयो कि जसले यो वादको नै विस्तार हुन गयो ।

सिसिफसको कथा र जोहन मिल्टनको सन् १६६७ मा पहिलो पटक प्रकाशित् भएको 'प्यारार्डाईज लस्ट' (गुमेको र्स्वर्गको बगैंचा) बाईबलमा आधारित् आदम र इभको कथा संग मिल्न जान्छ । प्यारार्डाईज लस्ट'मा र्स्वर्गको देवता पहिलो मानव आदम र इभलाईर् इश्वर आफैले सृष्टि गरेर आफै संग बसाउँछ । र्स्वर्गको बगैंचामा भएको 'द ट्री अफ् नलेज अफ गड एण्र्डर् इभिल' (राक्षस र देउताको दिमागको रुख)मा फलेको फल नखान आदेश दिन्छ ।

तर राक्षसी आत्माका र्सपले इभलाई खान निशेध गरिएका फल खान लगाउछ र इभले आदमलाई पनि खान दिन्छ । त्यो फल खाने वितिकै आफुहरु दुवै र्सवाङ्ग नाङ्गो देखिन्छ र लजाउछ । त्यस पाप गरे वापत देवताले त्यस र्सप र त्यो रुख उम्रेको जमीनलाई सराप्छ । जसले जीवन भर पेटले घ्रि्रेर हिड्नु परोस्, हरेक दिन धुलै धुलो खाएर बाँच्न परोस र आफ्नै सन्तान सहित सबै प्राणी संग शत्रुता होस् । -जेनिसस् ३:१२-१५

त्यस पछि देउताले आईमाईलाई भन्छ : तिम्रो इच्छा तिम्रो श्रीमानको लागि मात्र हुने छ र तिम्रो श्रीमान्ले मितीमाथी शासन गर्ने छ । -जेनिसस् ३-१६

त्यस्तै गरि लोग्ने मानिसलाई भन्छ : तिमीले त्रि्री स्वास्नीको कुरा मानेर खान प्रतिवन्ध गरेका फल खायौ र त्यस धर्ती समेत अभिसप्त हुन गयो । तिमीले खान हुदैन थियो । अब त्यस पाप गरे वापत् तिमीले जिन्दगी भरी नै यस्ता फलहरु खाई रहन परोस्, जमीनमा उम्रेका घास र बाँचुन्जेल पसिनाको कमाईले प्राण धान्न परोस् र जीवन समाप्ती पछि पनि धुलोमा परिणत होस् । -जेनिसस् ३:१७-१९

यसरी मिल्टन व्दारा लिखित् काव्यमा देउताको आज्ञा उलंघन गरे वापत आदम र इभले मर्त्यलोकमा आएर मरणशील जीवन विताउनु परेको र त्यहि आदम र इभको सन्तान नै आजका मानव जगत् हुन् भन्ने बाईबलमा आधारित् पौराणिक कथा र कामुको दृष्टिकोणमा एकरुपता भएको अनुभूति भए पनि दृष्टिकोण आकाश पताल फरक छ । मिल्टनलर इश्वर माथीको आस्थालाई परिमार्जित् गर्न खोजेका छन् भने कामुले पौराणिक कथालाई उदाहरण दिएर फगत मानव जगतको वास्तविक भोगाईलाई उतार्न सफल भएका छन् ।

अर्ल्वर्ट् कामु व्दारा लिखित् सिसिफसको कथामा पनि र्स्वर्गको नियम उलंघन गरेको आरोपमा कथाका हिरो सिसिफस देवता व्दारा श्रापीत् हुन्छ । उक्त श्रापमा सिसिफसले मर्त्यलोकमा आएर सजाय भोग्नु पर्छ । सजायको रुपमा उसले एउटा ठुलो ढुंगालाई उकालोमा गुडाउँदै पहाडको टुप्पो सम्म पु-याउनु पर्छ र उक्त ढुंगा पुनः फेदीमा खस्छ र उसले फेरी पहाडको टुप्पो सम्म घचेट्दै पु-याउछ । सिसिफस आफुले पाएको सजाय स्वरुप जीवन भर त्यहि निर्रथक काम गरि रहन्छ ।

सिसिफसको अगाडी दुई वटा विकल्प थियो । कि त उसले मृत्यूलाई स्वीकार्नु पथ्र्यो, कि जीवन भर निस्सार काम गरि रहनु पथ्र्यो । मृत्यूलाई रोजेमा जीवन समाप्त हुने भएकोले उसले जीवनलाई नै रोज्छ । मर्नु भन्दा बरु जीवन भर र्व्यर्थको काम गरेर बाँच्नु उचित ठान्छ र मृत्यूलाई घृणा गर्छ । आफु र्व्यर्थको काम गरि रहेको छु भन्ने चेतना आए पनि बाँच्नकै लागि अझै त्यहि वाहियात काम गर्न बाध्य हुन्छ ।

अर्ल्बर्ट कामुले आफ्नो कृतीमा प्रश्तुत् विसंगति हिरोले जस्तै हामीले पनि र्व्यर्थ र निर्रथक काम गरि रहेका छौं भन्ने धारणा राख्छ । किन कि हामी बाँच्न चाहान्छौं । हामी मृत्यूलाई घृणा गर्र्छौं । जसरी हामी निस्सार जीवन विताई रहेका छौं त्यस कार्यलाई हामीले अर्को पुस्तामा हस्तान्तरण गरेर जान्छौं र ती पुस्ताले पनि त्यहि जीवन जीउने छन् जसरी हामीले जिएका थियौं । हामी हरेक दिन एउटै कार्यलाई केवल बाँच्न कै लागि दोहो-याई रहन्छौं । संसारको जति पनि मानिसहरु छन् ती सबै भोलीको आशामा सिसिफसको जस्तै र्व्यर्थको कार्य गरि रहेका छन् भन्ने कामुको दृष्टिकोण छ ।

हामीलाई जन्मिनु अघिको कुरा थाह छैन । मृत्यू पछि के हुन्छ, त्यो पनि थाह छैन । तर हाम्रो यात्रा निरन्तर राख्नु पर्छ । हामी निस्सार र निर्रथक छौं । यो सबै विसंगति हो । विसंगति भनेकै शुन्यता र निस्सार हो भन्ने कामुको धारणा छ ।

अर्को चिन्तक विलियम आई ओलिभरले यस चिन्तनको व्याख्या गर्दै भनेका छन् कि विसंगतिवादले मानिसको सृजना र्व्यर्थ र अनित्य छ । यो अपरण पनि छ भन्ने कुरा थाह भए पनि मानिस बाँच्नकै लागि त्यहि काम गरि रहन बाध्य छन् ।

विसंगतिवादले मानव जीवनको कटु सत्यलाई कति पनि नलुकाई प्रष्ट पार्न खोज्छ । वास्तविक कुरालाई खुलस्त पारी चेतना दिलाउदा मानिस निराश हुनु पर्ने देखिदैन । जसरी सिसिफसले फल विनाको काम गरेर भए पनि बाँची रहन चाहान्छन् त्यसै गरि संसारका मानव जगत पनि हरेक दिन एकै किसिमको पट्यार लाग्दो काम दोहो-याई रहन बाध्य छन् भन्ने कुराको यस चिन्तनले बोध गराउछ ।

विसंगतिवादले अहिले सम्म कसै पनि नदेखेकोर् इश्वरको अस्तित्वलाई अस्वीकार गर्दछ । प्रथम र दोस्रो विश्वयुद्ध पश्चात् विकास भएको यस वादले यदिर् इश्वर जिउँदो भए नर शंहारकारी युद्धको बेला किन युद्धको घृणा गर्दै मानव जीवनको पक्षमा वकालत गर्न आएन भन्ने जिज्ञासा राख्दछ ।

विसंगतिवादी चिन्तक ओलिभरको मानव जगत प्रतिको चिन्तन यस्तो छ किः 'हामी नचाहेरै जन्मन्छौं र मर्न नखोजी मर्दर्र्छौं । हामी जन्म र मृत्यूको बीचमा छौं । त्यसैले हाम्रो विसंगत छ । हामी विशिष्ट र स्थायीत्व प्राप्त गर्न र्व्यर्थ प्रयत्न गर्र्छौं । हामी अमर रहनलाई साहित्य, कला सृजना गर्र्छौं तर त्यसले पनि हामीलाई स्थायीत्व प्रदान गर्न सक्दैन र हामी फगत भ्रान्तीमा मात्रै बाँची रहन्छौं । ती सृजनाहरु पनि हामी जस्तै नाश भएर जान्छ । यसरी जति जति हामी आफुलाई स्थायीत्व प्राप्त गर्नको लागि प्रयत्न गर्र्छौं त्यति त्यति हामी विसंगति हुन्छौं । यो बुझेर पनि हामी आत्माहत्या गर्न सक्दैनौं बाँच्न पनि संगति देख्दैनौं, हो त्यहि विसंगत हो ।

निश्चित् स्थायी वस्तु सृजना गर्न पनि असंभव छ तर हामी बाँचुन्जेल निश्कृया भएर बाँच्न झनै असंभव छ । त्यसैले हामी भ्रमपूर्वक भ्रान्ती नै भए पनि क्रियाशिल भै रहन्छौं वास्तवमा यहि मानवीय स्थिति नै असंगत वा विसंगति हो । ओलिभर थप्छन् कि मानिसले जीवनमा विसंङ्गतीको बोध पश्चात पनि सशक्त रुपले सक्रिय रहन्छन् त्यो पनि अर्को विसंगती हो । तर पनि कतिपय र्सजकहरु विसंगती बोध पछि जीवन ध्वस्त र निराश बन्ने ठान्दछन् भने ओलिभरको तर्कमा विसंगीबोध पश्चात जीवन ध्वस्त नभै झन् सचेत र सक्रिय रहन्छ भन्ने ठम्याई छ । उनको दृष्टिमा उहि सफल विसंगतीवादी साहित्य हो जसले विसंगती बोध पछि जीवन अझ बढि मुल्यवान् छ भन्ने कुरा देखाउन सफल हुन्छ ।

अलिभरको दृष्टिमा मानिसको शक्ति र सीमा सम्बन्धी अज्ञानताको आवरण हट्नु नै विसंगती बोध हो जसमा मात्रै मानिसको विवेक सुरक्षित् रहन सक्छ, विवेकसम्मत र उत्तरदायीत्वको जीवन बाँच्न सिकाउछ तथा विसंगती बोधले नै मानिसमा रहेको आविस्कारक अपार शक्तिको सृजना हुन्छ । रुढी, भ्रान्ती र अन्धविश्वासको जीवन भन्दा विसंङ्गगतिको जीवन बढ्ता मुल्यवान छ ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 29 आश्वीन, 2065

लेखकका अन्य रचनाहरु