आधुनिकता/उत्तरआधुनिकता

- संजीव उप्रेती

आधुनिकता र उत्तरआधुनिकता दुवैका भिन्नाभिन्नै चरण र पाटा छन् । दुवैका सकारात्मक र कमजोर पक्ष्ँ छन् । दुवै पक्ष्ँ बुझेरमात्रै आधुनिकता/उत्तरआधुनिकताको सही अध्ययन गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।
पहिले आधुनिकता- आधुनिकताको सबैभन्दा सबल पक्ष्ँ हो लोकतन्त्र, सामाजिक न्याय तथा प्रगतिसम्बन्धी धारणाको सेक्युलर व्याख्या । जनआन्दोलन ०६२-६३ पछिका दिनमा नेपालमा यी आदर्श तथा तिनको अभ्यासको महत्त्व झन् बढेको छ, घटेको छैन । हामी उत्तरआधुनिक संसारमा पुगिसक्यौं, त्यसैले लोकतन्त्र, न्याय र प्रगतिसम्बन्धी आधुनिक राजनीतिक आदर्शस“ग अब हाम्रँे सरोकार छैन भनेर भन्नु समसामयिक इतिहासलाई गलत ढङ्गले बुझ्नु हो ।
कमजोर पक्ष- लोकतन्त्र, न्याय र प्रगतिसम्बन्धी धारणा अठारौं र उन्नाइसौं शताब्दीको आधुनिक युरोपमै परिभाषित भइसके पनि ती सिद्धान्तको परिधिभित्र विशिष्ट व्यक्ति -खासगरेर गोरा, उच्च मध्यमवर्गीय युरोपेली पुरुष) मात्र परे । नारीले धेरै पछिसम्म उचित राजनीतिक-आर्थिक अधिकार पाएनन् । युरोपमा लोकतन्त्रको कुरो भएपनि अप्रिmका र एसिया लगायतका संसारका अन्य भूभागमा औपनिवेशवाद तथा दासत्वका प्रणालीले प्रश्रय पाइरहे । सामाजिक न्याय सबैले पाउन सकेनन्, लोकतन्त्र सबैको हुन सकेन, प्रगति वा विकास केही व्यक्ति वा समूहको मात्र हुन सक्यो ।
आधुनिकताको दोस्रो सबल पक्ष- राजनीतिक/नैतिक मुद्दालाई परालौकिकबाट सेक्युलर धरातलमा विस्थापित गर्दै आधुनिकताले संस्कृति, जगत र जीवनलाई हर्ेने बृहत् 'वैज्ञानिक' विश्वदृष्टि निर्माण गर्‍यो ।
कमजोर पक्ष- त्यस्तो वैज्ञानिक विश्वदृष्टि युरोपेली पर्रि्रेक्ष्यमा विकसित भएको भए पनि त्यसलाई विश्वव्यापी भनेर प्रस्तुत गरियो । औपनिवेशवादको इतिहासअघि नै विज्ञान तथा सहरीकरणका छुटपुट अभ्यास अपश्चिमेली मुलुकमा पनि भएका थिए । तर पश्चिमी आधुनिकताले आफूलाई केन्द्रमा स्थापित गरेर ती अपश्चिमेली आधुनिकताका स्वरूपलाई पन्छाउ“दै लग्यो । युरोपेली विश्वदृष्टि, कला/साहित्यका शैली र विज्ञानका प्रणालीलाई मात्र विश्वव्यापी बनाउ“दै लग्यो । अर्काे शब्दमा भन्दा पश्चिमेली आधुनिकतामात्र आधुनिकताको एकमात्र प्रतिमानको रूपमा अगाडि सारियो । सारा संसारलाई पश्चिमी आधुनिकताकै रूमा पुनःनिर्माण गरेर एकैकिसिमको होमोजेनाइज्ड विश्व बनाउने प्रयासको थालनी भयो ।
आधुनिकताको तेस्रो सबल पक्ष- आधुनिकताको सांस्कृतिक/सौर्न्दर्यपरक पाटो -आधुनिकतावाद) को अवान्तगार्ड चरणले शैलीगत प्रयोगको माध्यमबाट आधुनिकताका विरोधाभाषको आलोचना गर्‍यो । यसबाहेक उपभोक्ता संस्कृतिभित्र हुने मानवको यान्त्रीकरणको विरोधसमेत गर्‍यो । त्यस्तै गरेर यसै चरणका केही प्रयोगले उच्च र लोकप्रिय संस्कृतिमध्येको खाडल मेटाउने जमर्काेसमेत गरे ।
कमजोर पक्ष- अवान्तगार्ड आधुनिकतावाद उच्च आधुनिकतावादमा रूपान्तरित हु“दै गएपछि यसको राजनीतिक तीक्ष्णता घट्दै गयो । उच्च संस्कृति र लोकप्रिय संस्कृतिमध्येको खाडल पुरिन सकेन, बरु बढ्दै गयो -हर्ेनुस्, शृङखलाको दोस्रँे लेख- 'आधुनिकता तथा आधुनिकतावाद' जेठ १८) ।
आधुनिकतापछि अब उत्तरआधुनिकतातिर बढ्छु- यसका पनि आधुनिकताका झैं सबल र कमजोर पक्ष्ँ दुवै छन् ।
सबल पक्ष- उत्तरआधुनिकताको सांस्कृतिक/सौर्न्दर्यपरक पाटो -उत्तरआधुनिकतावाद) ले उच्च संस्कृति र लोकप्रिय संस्कृति बीचको खाडललाई प्रश्न गर्‍यो । त्यस्तो विभाजनलाई चुनौती दियो -हर्ेनुहोस्, 'उत्तरआधुनिकता ः महाआख्यानको अन्त -' जेठ २५) ।
तर समस्या- उच्च र लोकप्रिय संस्कृति बीचको दूरी मेटिनुसाथै कला/साहित्य/ संस्कृतिका कृति उपभोक्ता संस्कृतिको बजारमा बेचिने कोकाकोला, जुत्ता, कपडा, शृङगारका प्रसाधन, कमिक तथा मोबाइलजस्ता वस्तु बन्न पुगे । मार्क्सवादी प|mेडरिक जेम्सनले त्यसैले आधुनिकतावादको पक्ष्ँमा र उत्तरआधुनिकताको विपक्ष्ँमा तर्क गरेका छन् । जेम्सनको मत- आधुनिकतावादको संस्कृतिमा कला/साहित्य र उपभोक्ता संस्कृतिमध्ये एउटा अन्तर थियो । त्यस अन्तरलाई प्रयोग गर्दै आधुनिकतावादी लेखक/कलाकारले उपभोक्ता संस्कृतिको आलोचना गर्ने, त्यसलाई समीक्ष्ँात्मक दूरीबाट हर्ेने उपक्रम गरेका थिए । उत्तरआधुनिकतावादी संसारमा त्यो अन्तर हरायो । कला/साहित्य पनि सुपरमार्केटमा बेचिने अन्य सबै वस्तुझैं ग्यालरी र पसलमा बेचिने वस्तु बन्न पुगे । अर्काे शब्दमा भन्दा ती पनि पु“जीवादको पछिल्लो चरण वा पछिल्लो पु“जीवादका सांस्कृतिक नमुना बन्न पुगे ।
उत्तरआधुनिकताको मुख्य सबल पक्ष- उत्तरआधुनिकताले 'सत्य' एकात्मक नभएर बहुल तथा सार्विक नभएर स्थानिक हुन्छन् भन्ने मान्यतालाई र्समर्थन गर्दै बहुसांस्कृतिक, बहुभाषी तथा बहुजातीय समाज निर्माणनिम्ति महत्त्वपर्ूण्ा सैद्धान्तिक योगदान दिएको छ । उच्च वर्गीय युरोपेली पुरुषका सत्य र 'सिद्धान्त'मात्र सही र सटिक नभएर काला, खैरा, धनी, गरिब, पुरुष, महिला, कृषक तथा साहूकारसम्मका सबैका आ-आफ्ना सिद्धान्त र दृष्टिकोण, आ-आफ्ना सत्य हुन्छन् भन्ने मत प्रकट गरेको छ । यस किसिमको विचार लोकतान्त्रिक हो । यसैको माध्यमले उत्तरआधुनिकताले लोकतन्त्र, सामाजिक न्याय तथा विकाससम्बन्धी आधुनिक मान्यता र संकथनहरूको पुनःलेखन गर्छ । ती आदर्श केही व्यक्तिका सट्टा सबैको निम्ति उपलब्ध हुनर्ुपर्छ, साविक नभएर स्थानिक हुनर्ुपर्छ भन्ने तर्क गर्छ । अर्थ र प्रविधिको क्ष्ँेत्रमा पनि उत्तरआधुनिकताले स्थानिकताकै वकालत गर्ने गर्छ । विकास र प्रगतिसम्बन्धी युरोपेली मोडेलहरूको सार्विकतालाई अस्वीकार गर्दै हरेक स्थान -लोकेसन) को विकास त्यहा“को भूराजनीति र सांस्कृतिक/सामाजिक पर्रि्रेक्ष्यभित्र राखेर बुझ्नर्ुपर्छ, आर्थिक विकासको मुद्दालाई केन्द्रस“ग होइन, स्थानिकतास“ग जोडेर हर्ेनर्ुपर्छ भन्छ । स्थानिकता, बहुलता र बहुल सत्यप्रतिको यस किसिमको आग्रहले गर्दा बहुसांस्कृतिक, बहुजातीय/भाषिक संघहरूको निर्माण क्रममा उत्तरआधुनिकताले महत्त्वपर्ूण्ा सैद्धान्तिक योगदान दिनसक्छ जस्तो मलाई लाग्छ ।
अब कमजोर पक्ष- महाआख्यान तथा इतिहासको अन्त्य भइसक्यो भन्ने उत्तरआधुनिक धारणालाई नेपालको समसामयिक पर्रि्रेक्ष्यले गलत सावित गरेको छ भन्ने तर्क मैले पहिले नै गरिसकेको छु -'मार्क्सवाद, आधुनिकता, उत्तरआधुनिकता', असार २१) । केही उत्तरआधुनिकतावादी भाषिक खेलमा मात्रै सीमित हु“दै ऐतिहासिक र राजनीतिक मुद्दाबाट टाढि“दै गएका थिए भन्ने तर्क पनि प्रस्तुत गरिसकेकै छु । मुख्य समस्याले ल्यायो 'कुनै पनि सत्य अन्तिम सत्य हु“दैन' भन्ने उत्तरआधुनिक विचारले । एक दृष्टिले हर्ेदा त यस्तो विचार प्रगतिवादी देखिन्छ । यसले भन्छ- उच्च जात तथा वर्गका व्यक्तिले प्रतिपादित गरेका शब्दलाई सधैंका निम्ति ती अन्तिम सत्य भनेर स्वीकार्न सकि“दैन । सत्यलाई पुनः दोहोर्‍याएर हर्ेनर्ुपर्छ, पुनः लेख्दै पुनः मेट्दै, पुनः कोट्याउ“दै बुझ्नर्ुपर्छ । सत्यको बारम्बार पुनःलेखन गर्नर्ुपर्छ ।
तर नया“ समस्या- महाआख्यान तथा इतिहासको साथै अन्तिम सत्यको मापदण्ड पनि अस्वीकार गर्नुका साथसाथै सत्यहरू बहुलमात्र भएनन्, तीमध्ये कति सत्य -हरू) मध्ये विरोधाभाष र द्वन्द्वसमेत जन्मियो । यस्तो अवस्थामा कुन सत्य ठीक, कुन बेठीक भनेर कसरी छुट्याउने - इतिहास, महाआख्यान र अन्तिम सत्यको अस्वीकृतिको साथसाथै ठीक-बेठीक खुट्याउने कुनै मापदण्ड रहेन । त्यसो भए के गर्ने त - के अर्थ र सत्यको लगातार चिप्लाइको आनन्द लि“दै रोमान्टिक उत्तरआधुनिक प्रदेशमा आ“खा चिम्लेरमात्रै बसिरहने - केहीलाई यस्तो उत्तरआधुनिक चिप्लाइमा आनन्द लिने समय र सुविधा पर्याप्त भए तापनि बढीजसो नागरिक ठीक र बेठीक खुट्याउनर्ुपर्ने, सत्य र अफवाह, फ्याक्ट र फिक्सन छुट्याउनर्ैपर्ने विवशता बोकेर बा“चेका छन् । खास गरेर नेपालमा । सत्य अन्तिम नभएर सापेक्ष्ँित छन् तथा कुनै सत्य पनि अन्तिम छैन भन्ने उत्तरआधुनिक विचार प्रचलित छ भन्दैमा के हामीले लोकतन्त्रलाई निरंकुशतास“ग पनि नछुट्याउने - न्यायलाई दमनस“ग पनि नखुट्याउने - नया“ संविधान बनाउनर्ुपर्ने अहिलेको अवस्थामा त सबै नागरिकले के ठीक, के बेठीक, कुन तथ्य, कुन कल्पना, कुन सत्य, कुन असत्य भनेर छुट्याउनर्ुपर्ने हो । के यस्तो अवस्थामा हामीले आफूलाई उत्तरआधुनिक अनिर्ण्र्ााो बन्दी बनाउनु हुन्छ -
अर्काे शब्दमा भन्दा आधुनिकताझैं उत्तरआधुनिकता पनि सबल र कमजोर -एकअर्कास“ग जोडिएका) दुवै पक्ष्ँ छन् । नया“ प्रश्न उठ्छ, त्यसो भए के गर्ने त - हामीले आधुनिकता वा उत्तरआधुनिकतामध्ये कसलाई स्वीकार गर्ने -
यस सम्बन्धमा मेरो व्यक्तिगत मत छ- दुवैका कमजोर पक्ष्ँलाई अस्वीकार गर्दै, सबल पक्ष्ँको मात्र चयन र संगठन गर्दै नया“ किसिमको नेपाली आधुनिकताको बाटो खोज्नर्ुपर्छ । अर्काे शब्दमा भन्दा एउटा यस्तो आधुनिकताको निर्माण गर्नर्ुपर्छ, जसले सामाजिक न्याय, लोकतन्त्र र विकाससम्बन्धी पर्ूवआधुनिक तथा आधुनिक मान्यताको पुनःलेखन गरिरहन्छ । एउटा यस्तो आधुनिकता जसले आफ्नो उत्तरआधुनिक पुनःलेखन आफैं गरिरहन्छ । आफ्ना सत्य र अर्थलाई दोहोर्‍याएर हर्ेदै आफैंलाई नया“ ढङ्गले बुझिरहन्छ । अर्काे शब्दमा भन्दा आधुनिकता र उत्तरआधुनिकतामध्ये विचारको ठूलो खाडल हुनुको सट्टा निरन्तरता छ । उत्तरआधुनिकता पुनःलेखनको प्रविधि हो भने आधुनिकता त्यो मूलपाठ जसलाई उत्तरआधुनिकताले पुनः दोहोर्‍याएर लेख्छ । आधुनिक मूलपाठै नभएमा उत्तरआधुनिक पुनःलेखनको सम्भावना पनि हु“दैन । अनि त्यस्तै यदि आधुनिकताले आफूलाई पुनःलेखन गर्नछाडेमा त्यस्तो आधुनिकता केही समयपछि आधुनिक पनि रह“दैन, पुरानो हु“दै जान्छ । नया“ पुस्ताले त्यस्तो आधुनिकतालाई पर्ूवआधुनिक भन्न थाल्छ । त्यसैले कुरो आधुनिकता र उत्तरआधुनिकतामध्येको विरोधाभाष होइन, तिनको लगातार संवादको हो ।
आधुनिकता र उत्तरआधुनिकताको सा“धमा संवादका अन्य सम्भावना पनि देखापरेका छन् । खासगरी उदारवादी/मानवतावादी तथा मार्क्सवादी विचारमध्येको संवादको सम्भावना । वाम दलहरूले पहिल्याइरहेको मार्क्सवादी सिद्धान्त आफैंमा आधुनिक महाआख्यान हो । लोकतन्त्रका पक्ष्ँधर कांग्रेसजस्ता दलले अनुसरण गर्ने उदारवादी/मानवतावादी विचार पनि आधुनिकताकै अर्काे महाआख्यान हो । विगतमा वाम दलहरूले मुख्यगरी सामाजिक न्यायको आधुनिक आदर्शलाई बढी प्रश्रय दिए । त्यस्तै गरेर कांग्रेसजस्ता केन्द्र तथा केन्द्रभन्दा दाहिनेपट्टकिा दलहरूले लोकतन्त्रको आधुनिक आदर्शलाई आफ्नो मुख्य राजनीतिक मुद्दा बनाए ।
जनआन्दोलन ०६२-६३ पछिको समय परिवर्तन र पुनःलेखनको हो । त्यसैले एक दृष्टिले हर्ेदा यो उत्तरआधुनिक समय पनि हो । यस समयमा संविधान र राज्यव्यवस्थाको पुनःलेखनमात्र नभएर आधुनिक महाआख्यानहरूको समेत पुनःलेखन भइरहेछ । वाम दलहरूले सामाजिक न्यायको मात्र छाडी लोकतन्त्रको पनि कुरा गर्न थालेका छन् । अभ्यासमा अझै पनि बेला-बेला अलोकतान्त्रिक आचरण देखाइरहे पनि माओवादीले समेत सिद्धान्तका रूपमा लोकतन्त्र स्वीकार गरेका छन् । त्यसैगरी लोकतन्त्रको आदर्शको प्रतिरक्ष्ँानिम्ति लामो समयसम्म लडिरहेको कांग्रेसजस्तो दलले पनि आन्दोलन पछाडिका दिनमा सामाजिक न्यायबारे कुरो उठाउ“दै ल्याएको छ । अर्काे शब्दमा भन्दा कांग्रेस, एमाले तथा माओवादी लगायतका सबै दलले आन्तरिक पुनःलेखनको माध्यमबाट आ-आफ्ना आधुनिक आदर्श/आख्यानलाई पुनः दोहोर्‍याएर हर्ेदैछन् । फलस्वरूप भविष्यमा गएर सामाजिक न्याय र लोकतन्त्रमध्येको खाडल पुरिने लक्षण देखिएको छ । संवादको सम्भावना दह्रँे बनेको छ ।
सामाजिक न्याय र लोकतन्त्रबाहेक आधुनिकताको अर्काे मुख्य आदर्श थियो, विकास वा प्रगतिको । आधुनिक नेपाली जनता सामाजिक न्याय र लोकतन्त्रका सिद्धान्तलाई मात्र चुइङगमसरि चपाएर बस्न तयार छैनन् । जनतालाई दैनिक जीवनमा विकास र प्रगतिको प्रत्याभूति चाहिएको छ । खानेपानी र स्वास्थ्यचौकी चाहिएको छ । सडक र विद्यालय चाहिएको छ । के दलहरूले आधुनिकताको प्रगति/ विकाससम्बन्धी आदर्शलाई र्सवसाधारणको दैनिक जीवनको भाग बनाउन सक्लान् - कि संवादको सट्टा सधैं झैझगडा र सहकार्यको सट्टा सधैं विवादमात्रै गर्दै राष्ट्रलाई भविष्यतिर नभई पुनः विगततिर धकेल्दै लानेछन् - त्यसो भएमा राजनीतिक दल तथा तिनका नेता/कार्यकर्ता न उत्तरआधुनिक रहनेछन्, न आधुनिक । देशलाई भड्खालोमा पार्दै, भविष्यप्रति आ“खा चिम्ल“दै आफैं पनि झन्-झन् पर्ूवआधुनिक बन्दै जानेछन् ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 7 कार्तिक, 2065

लेखकका अन्य रचनाहरु