राजतन्त्रको पतन र साहित्यिक धार

- अशोक सुवेदी

श्रमजीवी, उत्पिडित नेपाली जनताको टाउकामाथिको जाातो बनेर सयौा वर्षदेखि ढलिमली गरिरहेको सामन्तवादको मियो ढलेको छ । प्रगतिवादी नेपाली स्रष्टाहरूको सिर्जनाको प्रतिध्रुवीय विषय बिम्ब र प्रतीकको खम्बा पनि राजतन्त्रसागै ढलेको छ । एक्काइसौा शताव्दीमा पनि दैवीशक्तिको अभिनय गर्दै, चेतनशील मस्तिष्कहरूलाई जिस्क्याउदै र दुनियाालाई जोकर बनाउदै निरङ्कुश परिवारवाद लादिरहेको झूट, कपट शोषण, अहङ्कार, भोगविलास, दम्भ र पाखण्डको जीर्ण महल गल्र्याम्म ढलेको छ । नेपाल र नेपाली जनताको उन्नति, प्रगति, विकास र मुक्तिको बाधक बनेर सबैलाई त्रासमा राख्दै गजधम्म बाटो छेकेर उभिएको खोक्रो रूख ढलेपछि नेपाली जनता स्वतन्त्र भएका छन् । नेपाली स्रष्टाका लागि एउटा अत्यन्त कुरूप बिम्ब र विषय पटाक्षेप भएको छ ।
नेपालबाट निरङ्कुश राजतन्त्र ढाल्न लखन थापादेखियता मात्र हजारौा साहसी योद्धाहरूले विभिन्न लडाइाका मोर्चाहरूमा वीरतापूर्वक आफूलाई बलिदान गरेका छन् । यो बलिदानको कोटा २०५२ साल फागुन १ गतेदेखि नेकपा-माओवादी) को नेतृत्वमा सुरु भएको १२ वर्षे जनयुद्धका क्रममा चुक्ता गर्नुपरेको छ । सामन्ती राजतन्त्र र उसलाई जोगाउन बेलाबेलामा ढाल बनेर खडा हुने सामन्तवादका पृष्ठपोषक काङ्ग्रेसलगायतका जनतन्त्रविरोधी शक्तिहरू सत्तामा बसेर वर्गयुद्ध दबाउन सक्दो राज्य शक्रि दुरुपयोग गरे । सामान्य रूपमा २०५२ साल फागुनबाटै र विशेषगरी २०५८ साल मङ्सिर ११ गतेबाट सङ्कटकाल नामको नरसंहारकारी आमहत्याको शृङ्खला सुरु गरेर तत्कालीन ज्ञानेन्द्र-देउवा सरकारले कम्तीमा पनि १३ हजार नेपालीको बीभत्स तरिकाले ज्यान लिए । हजारौालाई बेपत्ता पारे । लाखौालाई अङ्गभङ्ग बनाए, यातना दिए ।
ज्ञानेन्द्र शाही र देउवाहरूको नृशंस हत्या अभियानले मुलुकका कुनै भाग, कुनै पक्ष, कुनै उमेर, कुनै लिङग बााकी राखेन । 'आतङ्ककारी' को बिल्ला भिराएर देख्नासाथ गोली हानेर मार्ने, समातेर यातना दिइदिई हत्या गर्ने, शरीरका अङ्गअङ्ग निकालेर चरम पाशविक यन्त्रणा दिएर मार्ने क्रूर यातना दिएर पागल बनाउने, आाखा निकालेर, स्तन काटेर, करेन्ट लगाएर, यौनाङ्गमा लठ्ठी, तेजाब र राइफल कोचेर बीभत्स यातना दिएर हत्या गर्ने र पचासौाजनालाई चरम यातनपछि खाडल खनेर ज्युादै पुर्नेसम्मका यातना र हत्याका लागि बदनाम हिटलर, मुसोलिनी, इदीअमिन र आततायी अमेरिकी सेनाले बनाएका कुख्यात इतिहासलाई समेत तोडेर मानवसभ्यतालाई जिस्क्याउने हर्कतहरू गरियो । जनयुद्धमा मुक्तिको महान् सपना बोकेर होमिने क्रममा भिडन्तमै बलिदान गर्ने योद्धाका परिवारले त युद्धमा हुने क्षतिलाई क्रान्तिमा चुक्ता गर्नुपर्ने कोटा सम्झेर मुक्तिको बाटो पर्खिरहेका थिए तर भिडन्तका नाममा, आतङ्ककारीका नाममा, वर्गयुद्धलाई सघाएको आरोप लगाउादै जब ज्ञानेन्द्र-देउकाका क्रूर अनुचरहरू घरघर, विद्यालय, वनजङ्गल, मेलपातसम्म पसेर बीभत्स हत्या अभियान छेडे, तब भने सामन्ती राजतन्त्र, शाहीसेना, देउवामण्डली र सिङ्गो सामन्तवाद र तिनलाई सघाउने देशीविदेशी तìव र शक्तिका विरुद्ध नेपाली जनताको शक्ति एकत्रित आक्रोशित बन्दै गयो । देशभरका थिल्थिएका मुटुहरू आन्दोलित बन्दै गए । अन्ततः त्यो चेतना र एकताले सामन्ती राजतन्त्रको आयु छोटियो । त्यो चेतना र एकताले सामन्ती राजतन्त्रको आयु छोटियो । आन्दोलनमा रूपान्तरित र संयोजित बन्दै गयो वर्गयुद्ध अनि त्यो क्रमशः समाप्तिको संघारमा पुग्यो सामन्ती राजतन्त्र अन्त्य गर्न कृष्ण सेन 'इच्छुक' चुनु गुरुङ, मस्त बिष्ट, च्याङ्बा लामा लगायतका झन्डै २ सय जनपक्षीय लेखक-कलाकारहरूले पनि जल्लादी यातना खपेर आहुति दिनुपर्‍यो । निरङ्कुश-स्वेच्छाचारी शाहीसत्ता र तिनका मतियारहरूले कलम, अक्षर, गीत-सङ्गीत, धुन-लय र बाजाहरूलाई पनि आफूमाथि बर्सिरहेको बमगोला देखे र कलम र बाजा समातेकाहरूलाई पनि क्रूरतापूर्वक हत्या गरे । निरङ्कुश राज्य यन्त्रको भीषण अत्याचार, दमन तथा हत्याशृङ्खलाका कारण आमजनता, लेखक- कलाकारहरूमा सामन्तवाद विरुद्ध गणतन्त्र र जनतन्त्रका पक्षमा चेतना मुखरित हुादै गयो । फलस्वरूप यसको समष्टिका रूपमा जनआन्दोलनको रूप लियो वर्गयुद्धले र सशस्त्र सङ्घर्ष गाउा जितेर सहरी विद्रोहमा रूपान्तरित भयो- संसदीय समूहहरूलाईसमेत राजतन्त्रविरुद्ध गोलबन्द गराउादै । अन्ततः सामन्तवादको विषवृज्ञ राजतन्त्र ढल्यो र नेपाल आमाका १५ हजार सुन्दर छोराछोरीको पवित्र क्रान्तिकारी रातोतातो रगतले बगायो राजतन्त्रलाई ।
राजतन्त्र सामन्तवादको समग्र स्थल स्वरूप थियो । त्यसको अवशेष राजनीति, अर्थ, संस्कृति, साहित्य र व्यवहार-चिन्तन बनेर संस्थागत तथा व्यक्तिगत रूपमा अझै पनि जारी छ । अबका प्रगतिवादी स्रष्टाहरूका कलम, कुची, रङ र औजारहरू नदेखिने प्रकृतिका रूपमा विभिन्न पार्टी र व्यक्तिसाग लुकेको सामन्ती चिन्तन र प्रवृत्तिका विरुद्ध केन्दि्रत हुनु आवश्यक छ ।
एकखाले स्रष्टाहरू राजतन्त्र ढलेपछि मियो र आस्थाको केन्द्र ढलेको शोकमा कोठाभित्र र भट्टीमा बसेर शोकगीत लेखिरहेका छन् । सामन्ती राजतन्त्र र त्यसले फालेको जुठोपुरो तिनको इतिहास, वर्तमान र भविष्य थियो । राजतन्त्रको अन्त्यसागै शोकगीत गाएर र मदिरा पिएर वमन गरिरहेका कलमबाजहरूको इतिहाससागै वर्तमान पनि चौपट भएको छ र भविष्यको त झन् नामोनिशान नै समाप्त भएको छ । उनीहरू हिजो सामन्तवादको नायकका सुखका गीत लेख्थे र पीडाका काव्य लेख्थे । उनैले आˆनो भजन गाएबापत जन्मोन्सवमा बााडेका तक्मा र फुली सुम्सुम्याएर बस्नु शिवाय उनीहरूको अब कुनै दिनचर्या छैन । कुनै सपना छैनन् । भनौा तिनको भाटगिरी गाउने सिर्जनात्मक सामथ्र्य र औचित्य पनि विषयसागै समाप्त भएको छ । अभिजात्यवादका पुजारीहरूको सिर्जनाको खोटो इतिहास पनि अब राजतन्त्रसागै कालो इतिहासमा परिणत भएको छ र इतिहासमा रमाउनु एक मात्र विकल्प भएको छ ।
अर्काखाले स्रष्टाहरू छन्, तिनले सामन्तवादको नायक राजतन्त्रलाई मुखरित गरेर र त्यसलाई कुरुप विषय-बिम्ब बनाएर कहिल्यै सिर्जना गर्ने आाट गरेनन्, तिनका लागि राजतन्त्रको अन्त्य 'अलौकिक' र अप्रत्याशित घटना वा प्रलय भएको छ । उनीहरूका लागि राजतन्त्रको अन्त्य आवश्यकताभन्दा बढी प्राप्ति भएको छ । उनीहरू परिवर्तित समयको प्रशंसा गर्न शब्द र विषय सम्म पाइरहेका छैनन् । राजतन्त्रको अन्त्यपछि उनीहरूको अब कुनै लामो र राम्रो सपना छैन, यात्रा छैन । सयको खोजीमा हिाडेकाहरूले लाख पाएका छन् । प्रफुल्लित छन् । सामान्य बिहारी गणतन्त्र उनीहरूको स्वप्नको संसार हो र सत्ता उनीहरूको जिउने आधार हो । त्यसैले उनीहरू त सुदूरपूर्व सम्झन सकिरहेछन् न त सुदूर भविष्य नै । राजतन्त्रको अन्त्य नै उनीहरूको लक्ष्य, चाहना र प्रयासभन्दा धेरै भएकाले ती स्रष्टाले नयाा विषय पाउनेछैनन् र प्राप्त उपलब्धिमा पुलकित हुादाहुादै समयले नेटो काटिसकेको हुनेछ ।
अर्का एकथरी स्रष्टाहरू छन्, जो न इतिहासका गौरवशाली घटनाहरूलाई विषय-बिम्ब बनाउन सक्छन् न त वर्तमानकै बलिदानीपूर्ण महान् मोर्चा र सहादतको । जेसुकै पाए पनि फुर्फुर हुने र सामान्य उपलब्धिमा सन्तुष्ट हुने स्रष्टाहरूको त्यो समूहले जीवनमा मुक्तिको सपना नै देखेको छैन । नाममा क्रान्तिकारी वा प्रगतिशील पनि हुनैपर्ने, वर्गसङ्घर्ष र रक्तपातलाई पनि 'अति' र आतङ्क देख्ने अनि ठूल्ठूला बलिदानीबाट प्राप्त उलपब्धिलाई आˆनै धरोहर सम्झने यो प्रवृत्ति 'छिचिमिरा' वा प्वााख पलाएको कमिलो प्रवृत्ति हो । सिन्को नभााचेरै पनि सदा असन्तुष्ट रहने नियतिवादी संस्कृति बोकेको समूह पनि यसकै वरिपरि छ र यस समूहमा आमूल परिवर्तनकारी प्रवृत्तिका केही भ्रूण र अवशेषहरू रहेका पाइन्छन् ।
यही जीवनलाई वर्गसङ्घर्षको पर्याय ठान्ने, सर्वहारा वर्गको मुक्तिका लागि आˆनो जीवनलाई सजिलै आहुत गर्नसक्ने, शक्तिमा बलिदानीपूर्ण वर्गयुद्धको बाटोमा हिाडेर अथाह अनुभव सङ्गाल्दै आएको क्रान्तिकारी स्रष्टाहरूको एउटा ठूलो तप्का तयार भएको छ र यसले इतिहासका कमजोरीहरूलाई सच्याउादै वर्तमानलाई सुन्दर भविष्यसम्म पुर्‍याउन साह्रा विसङ्गतिहरूलाई सिस्नोपानी लगाउादै युगलाई नै लतारेर अघि बढाइरहेको छ । क्रान्तिकारी विचार, वैज्ञानिक नीति र योजना- कार्यक्रम तथा कुशल नेतृत्वका कारण स्रष्टाहरूको यो नेतृत्वदायी समूहले सुन्दर संसार देखेको छ । यो विशुद्ध साहित्य मात्र होइन, यो संस्कृति, राजनीति, सङ्गीत र समग्र सिर्जनाहरूको संयोजन हो । विश्वसर्वहारा क्रान्तिबाट, देशमै विगतमा भएका आन्दोलन र विद्रोहबाट अनि सबभन्दा बढी १२ वर्षसम्मको मुलुककै वर्गसङ्घर्षका अनुभवहरूबाट, बलिदानी-त्याग र शौर्यबाट, जीवन र मृत्युका नयाा परिभाषा कायम गर्दै यो धारा क्रान्तिकारी नेतृत्वदायी धाराका रूपमा विकसित भइरहेको छ । यो धाराका स्रष्टा राजनीतिमा, कलामा, संस्कृतिमा, गीत-संगीतमा र सिर्जनामा सबैतिर अभ्यस्त, पोख्त र सजग छन् । लाल छन् । निपुर्ण पनि छन् र पूर्ण निपुर्ण बनने प्रक्रियामा पनि छन् ।
जनताको मुक्तिका लागि दुश्मनसाग लड्ने क्रममा वैरीका क्याम्पहरू कब्जा गरेकादेखि मोर्चाहरूमा आˆनै सहयात्रीको रगत र शवमा कुल्चिएर हिाडेका अनुभवसम्म सागालेका छन् यस धारका स्रष्टाहरूले । यो अग्रगामी क्रान्तिकारी धार हो र महान् साम्यवाद प्राप्त नभएसम्मका लागि विषय, बिम्ब र प्रतीकहरूको कुनै अभाव छैन यो धार र अभियानसाग ।
यसरी नेपालको वर्गसङ्घर्षको इतिहासमा वर्तमानले नेपाली स्रष्टाहरूलाई पनि राजनीति शक्तिहरूलाई झैा कसैलाई कुरुप इतिहासको विषय र कसैलाई क्रान्तिकारी आन्दोलनको नायक बनाइदिएको छ । क्रान्तिकारी धार र नेतृत्व नयाा युगको प्रतिनिधित्व गर्ने अपराजेय धार हो, वर्गयुद्धको भट्टीबाट जन्मेको धार ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 26 मङ्गसीर, 2065

लेखकका अन्य रचनाहरु