भयवाद

- देश सुब्बा

भयवाद भय र वाद भन्ने शब्दको संयोजनबाट बनेको छ । भय भन्नाले सामान्यतया डर, त्रास, भन्ने बुझिन्छ र वाद भन्नाले विचार । यसको अर्थ भय सम्बन्धी विचार । भयवादले भयसँगको विचार लिएर आएको छ । जब भयवादको आँखा फैलाएर संसार, जीवन र जगतलाई हेरिन्छ, जताततै भयैभय देखिन्छ । अस्तित्ववाद, मार्क्सवाद, जीव विकास, अध्यात्मवाद, शून्यवाद, सबै सबै नै भयमय देखिन्छ । जीवन र जगतलाई हेर्ने धेरै दार्शनिक आँखाहरू बन्दै आएका छन् । त्यस आँखाहरू मध्ये भयवाद पनि एउटा आँखा हुन सक्छ । यस आँखाले संसार कस्तो देखिन्छ र जीवन कस्तो देखिन्छ - यसलाई संक्षिप्त रूपमा प्रस्तुत गर्न लागेको छु ।
भय जीवन र जगतमा व्याप्त छ । तर यसको उद्गम बिन्दू चेतना हो । चेतनाले जीवनलाई देख्छ र जीवनले संसार देख्छ । जीवनले देखेको संसारको अस्तित्व हुन्छ । जीवनले नदेखको वस्तुको अस्तित्व हुँदैन । चेतनाले जीवनलाई जसरी हेर्ने खोज्छ, त्यस्तै देख्छ, त्यस्तै जीवनले संसारलाई जसरी हेर्ने खोज्छ, संसार त्यस्तै देख्छ । यसको अर्थ जीवनमा संसार सापेक्षित छ संसारमा जीवन सापेक्षित छैन । अर्को अर्थमा जीवनमा काम, क्रोध, माया, मोह, इष्र्या, भय सबै हुन्छ । यी जीवनका साधनहरूलाई एक आपसमा मिलाएर हेर्ने सकिन्छ । यसरी हेदा भय निरपेक्ष देखिन्छ र बाँकी साधनहरू भयमा सापेक्षित देखिन्छन् । जीवनसँग सम्बन्धित चिकित्सा विज्ञान, वैज्ञानिक आविष्कार, अस्तित्ववाद, मार्क्सवाद, जीवनवाद, अध्यात्मवाद सबै नै सापेक्षित भएका हुन्छन् । मान्छेको आदिम कालदेखि अहिलेसम्म गरिरहेको विकास र आविष्कार भयको कारणले संभव भएको हो भन्न सकिन्छ । मान्छेमा भय नभएको भए, मान्छेका घर हुने थिएन, विभिन्न आविष्कार हुने थिएन । धर्म, दर्शन, विज्ञान कसैको आवश्यकता पर्ने थिएन । मान्छेहरू बसाइ सरेर विभिन्न मुलुकमा जाने थिएनन् । यहाँ सम्मकी मान्छेले साँझ बिहान कामै गर्ने थिएनन् । आरामले बसेर खाने थिए । तर उनीहरू भयले गर्दा आरामले बसेर खानुको सटटा दिनभरि नै काम गर्न वाध्य छन् । त्यसैले मान्छेको प्रत्येक क्रियाकलापको पछाडि भय कहिले लुकेर बसेको हुन्छ कहिले बाहिर निस्किर हिडिरहन्छ ।
भय विभिन्न प्रकारको हुन्छ । जीवन भय, मृत्यु भय, आफन्त भय, मृत्युपछिको भय आदि इत्यादि । यी भयहरूबाट मान्छेले अनेकौं प्रकट गर्दछन् । जताततै प्रकटै प्रकट हुन्छ । यो प्रकट शब्दले रूप परिवर्तनको अवस्था देखाउँछ । समयको एउटा विपलमा संसारका सम्पूण्ा जीवन र निर्जिव वस्तुहरू विभिन्न रूपमा प्रकट भैरहेका हुन्छन् । नदी बगेको, हावा बहेको जस्तै । नदी हावा सधैँ एउटा जस्तो देखिन्छ । तर बगेर टाढा गइसकेको हुन्छ । परिवर्तनशीलताले गर्दा कुनै वस्तुको अस्तित्व स्थायित्व हुँदैन, कुनै कुरा सत्य हुँदैन । भ्रुममा रहेको बच्चा हावापानी जस्तै सुक्ष्म समयमा परिवर्तन भैसकेको हुन्छ । बच्चाको कुन अवस्थालाई हामी स्थायी भन्न सक्छौं । बच्चा प्रत्येक पल बढिरहेको हुन्छ र एकदिन उसको मृत्यु हुन्छ । मृत्युपछि पनि ऊ विभिन्न रूपमा परिवर्तन भैरहन्छ । जगतका सारा सजीव र निर्जीव वस्तुहरूमा बराबर परिवर्तन भैरहन्छ । यसलाई भयवादिय बाटोमा प्रकट भनिन्छ । प्रकट कुनै बिन्दूमा गएर अडिन्दैन, निरन्तर हिडिरहन्छ । प्रकट एउटा माध्यम हो । यही माध्यमबाट जीवन र जगत हिडिरहेको हुन्छ । यो शून्य, भिन्नता जस्तै माध्यम मात्र हो । कुनै बिरुवालाई माटोमा रोपेपछि बिऊ फुटाएर बाहिर निस्किन्छ, त्यो बिरुवाको जरा निस्किन्छ र जमीनलाई फुटाएर उभिन्छ, बढछ, कोपिला लाग्छ, फुल्छ र एकदिन मर्छ ।
जीवनदेखि मृत्युसम्म अथवा कुनै घटना घटन अगाडि देखि घटना सम्मको दूरीलाई भय भन्न सकिन्छ । घटना घटिसकेपछि एउटा मात्र भय समाप्त हुन्छ । त्यस्ता घटनाहरूको श्रृंखला सधैँ नै हुन्छ यो अनन्त सम्म हुन्छ जब सम्म चेतना विद्यमान रहन्छ ।
हामी एकपटक संसारका सबै वादहरूलाई सँगै लस्करमा राखेर हेरौं । शाब्दिक रूपमै जीवन बोक्ने शब्द भनेको भयवाद नै हो । भय भन्ने बितिक्कै चेतना, जीवन हुनुपर्छ भन्ने देखाउँछ । तर मार्क्सवाद, अस्तित्ववाद, अध्यात्मवाद भन्ने शब्दले शाब्दिक रूपमा जीवन बोकेको पाइन्दैन । यी वादहरू भयवादको गमलामा फुलेका सुन्दर फूलहरू हुन सक्छन् ।
भयवादलाई नयाँ आँखा बनाएर जीवनमा ल्याउनको कारण कसरी मान्छेको जीवनलाई सहज बनाउने - कुनै मान्छे संक्रमक रोगको शिकार भएको छ, कुनै दूर्घटनामा परेको छ, गरीबीले सताएको छ वा वृद्ध भएको छ भने त्यस्तो मान्छे बढी हतास हुने, आत्तिने गर्छ । ऊ हतास भएपनि नभएपनि उसको समस्या बीसको उन्नाइस हुदैन । अझै हतास भयो भने झन बढन सक्छ । कतिपय घटनाहरू मान्छे आत्तिएर हतास भएर घटित घटनाहरू छन् । त्यस्तो घटना घटन नपाओस, जीवन सहज हुन सकोस भन्ने भयवादको अभ्रि्राय हो । जहाँ युद्ध, र्घष्ास, संर्घष्ा हुन्छ, त्यहाँ भयवाद निश्चितै हुन्छ । मान्छेको मृत्यु नै हुन्छ भनेपनि सहज हुनर्ुपर्दछ । मृत्यु दण्ड पाएको मान्छेको मृत्यु निश्चित छ, ऊ आत्तिएर कराएर त झन हरिविजोक, असहज हुन सक्छ । त्यसैले उसलाई सहज प्रकट दिनु हो भयवाद ।
विचारमा आएको यस भयवादलाई साहित्य, कला, संगीतमा प्रयोग गर्नुपर्दछ । किनभने साहित्य, कला र संगीतमा भयवादको प्रवेशले मान्छेलाई बुझन सजिलो बनाइदिन्छ । मान्छेले साहित्य, कला र संगीतमा भएको भयवाद बुझन सक्छन् । अन्तोत्गत्वा जीवन सहज हुन सक्दछ । जति विचारले संसार हेरिन्दै आएको छ, ती विचारहरूले जीवनलाई कठिन बनाइदिएका छन् । अध्यात्मिक, भौतिक, अस्तित्ववाद सबैले जीवनलाई सहज बनाउने नाममा असहज बनाइदिएका छन् । फेरि यी वादहरू बाहृय तत्वहरूसित युद्ध गरिरहेका छन् । जीवन सहजताको निमित्त बाहृय होइन आन्तरिक वस्तुहरूसित युद्ध गर्नुपर्दछ । यसको अर्थ चेतनालाई नै धारिलो बनाउन पर्दछ जसले गर्दा मान्छेको भय काम हुन सकोस । भयवाद आफैमा आन्तरिक युद्ध हो, आन्तरिक युद्धबाट विजय भएपछि मात्र बाहृय विजय हुन सक्दछ । आन्तरिक युद्धबाट विजय भएपछि जीवन सहजता तर्फउन्मुख हुन्छ । साहित्य, कला, सँगीतमा जसरी मार्क्सवाद, अस्तित्ववाद, अध्यात्मवाद, विनिर्माणवाद आए त्यसरी नै भयवाद आउनु पर्दछ । भयवादले जतिको जीवन सहज अरु वादहरूले नबनाउन सक्छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 10 माघ, 2065

लेखकका अन्य रचनाहरु