लक्ष्यको शिखर विमोचित

काठमाण्डौ
‘प्रगतिशील गीत सुन्न थाल्यो झन् अल्छी लाग्ने हुन थाले । यी त झन् जनतालाई जुरुक जुरुक उठाउने हुनु पर्छ नि ।’ प्रस्तुत कुरा मोहन वैद्य किरणले बताउनु भएको हो ।
शुक्रबार इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा आयोजित ‘प्रगतिशील गीत तथा सङ्गीतको सौन्दर्य विवेचना’ तथा ‘लक्ष्यको शिखर’ गीति एल्वमको विमोचन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै प्रतिष्ठानका संरक्षक समेत रहनुभएका किरणले भन्नु भयो ‘अहिलेको ट्रेण्ड आधुनिकतावादबाट प्रभावित हुन थाल्यो । स्वर एकदम तानेको छ, बटारेको छ । त्यस्तो किन गर्नु प¥यो ? गीत गाएको छ गाएको छ तर सुन्दा आनन्द आउँदैन । त्यस्ता भाकाको के काम भयो ? यो नेगेटिभ पाटो हो । यो कमजोरी लेखक कलाकारको भन्दा पनि हामी समीक्षकहरूको हो । हामीले यसबारेमा उपयुक्त समीक्षा गरेर दिशा निर्देश गर्न सकेनौँ ।’
कार्यक्रममा बोल्दै वैद्यले अगाडि भन्नुभयो ‘गीत सङ्गीतको सौन्दर्यको विवेचना गर्न गीत सङ्गीतको भित्री मर्मको बारेमा ज्ञान हुनु जरुरी छ । नेपालमा यस बारेमा धेरै अध्ययन र लेखन हुन सकेको छैन । यो धेरै गाह«ो कुरा पनि हो । प्रगतिशील गीत सङ्गीतको मात्रा, ताल र भावको कुरा त गरियो, त्यो भनेको के हो भन्ने कुरामा राम्रो अध्ययन र लेखन हुनु जरुरी छ ।’ पञ्चायतकालमा जनतालाई चेतना दिने र क्रान्तिमा उर्जा भर्ने काममा प्रगतिशील गीत सङ्गीतका साधक र सर्जकहरूले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुहुँदै त्यसबेलाका शीर्ष कलाहरूको नाम लिँदै भन्नुभयो ‘पञ्चायत कालमा गीत लेख्ने र गाउनेमा पाख्रिनको पनि महत्वपूर्ण योगदान छ । यस क्षेत्रमा रामेश, रायन, रामकृष्ण दुवाल, जेवी टुहुरे, श्याम तमोट आदि थुप्रै थुप्रैको नाम आउँछ । पछिल्लो कालमा मणि थापाले पनि लेख्नुभयो । उहाँहरू सबैले असाध्य मिहिनेत गर्नुभयो यस क्षेत्रमा । जनयुद्धको प्रकृयामा थुप्रै थुप्रै साथीहरूले लेख्नुभयो । यो लेखेको कुरा राम्रो छ । यसको समीक्षा गर्ने कुरा निकै गाह«ो छ ।’
अबको गीतसङ्गीतको लक्ष्य र उदेश्यबारे चर्चा गर्दै कस्का विरुद्ध लेख्ने र गाउने भन्ने विषयमा उहाँले भन्नुभयो ‘अब आन्दोलनको लक्ष्य कस्का विरुद्ध हो र के प्राप्ती हो भन्ने कुरालाई हामीले राम्रो तरिकाले सोच्न जरुरी छ । अब सामन्त, दलाल, नोकरसाह र भारतीय विस्तारवादलाई जस्ले बचाउन र संरक्षण गर्न चाहन्छ त्यसैका विरुद्ध हाम्रो आन्दोलन लक्षित हो र हुनु पर्छ ।’
उहाँले हिजो जनयुद्ध गरेर आएको एउटा शक्ति आज विजातीय तत्वसँग घाँटी जोडेर गएको र आफ्ना मित्र शक्ति प्रति दमन गर्न थालेको विषयमा पनि कडा टिप्पणी गर्नु भयो ।
सो कार्यक्रमा जनगायक रामकृष्ण दुवालले गीतको मात्राले ताल माग्ने तालले गला सबै मिल्यो भने गीत राम्रो हुने भन्नुहुँदै आफूले सङ्गीत सिकाएको कलाकार मध्ये असाध्यै छिटो सिक्ने र टिप्ने कला चुनु गुरूङ्गमा भएको स्मरण गर्नु भयो । चुनु गुरुङको स्मरण गर्दा उहाँको गला अवरुद्ध भएको थियो । उहाँले आफ्नो गीतसङ्गीतलाई स्थान दिन सके अरूले हेप्न नसक्ने तर अहिलेको मिडियाले भारतीय गीतलाई महत्व दिने गरेको र हाम्रा गीत सङ्गीतलाई उपेक्षा गर्ने गरेकोमा दुःख व्यक्त गर्नु भयो । उहाँले अहिले वामपन्थी सरकार भए पनि नाम मात्रैको वामपन्थी भएकोले परिस्थिति नबदलिएको अनुभूति पनि राख्नु भयो ।
कार्यक्रमका अर्का वक्ता प्रगतीवादी समीक्षक डा.मधुसुदन गिरीले रस र भाव पनि वर्गीय हुने र अभिजात वर्ग र श्रमीक वर्गको सौन्दर्य र बिम्ब फरक हुने भएकोले यो गीति क्यासेटले प्रतिनिधित्व गर्ने श्रमिक वर्गको लागि उत्साहित गीत रहेको बताउनु भयो । प्रगतिवादी कवी मित्रलाल पंज्ञानीले ‘लक्ष्यको शिखर’ गीति एल्वम्को विस्तृत चर्चा गर्नुभएको थियो भने जनवादी गायक जेवी टुहुरेले गीतसङ्गीतका क्षेत्रमा आपूmले सङ्गालेका अनुभूतिहरू राख्नु भएको थियो ।
इच्छुक प्रतिष्ठानकै प्रेक्षालय घट्टेकुलो काठमाडौमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन वैद्य ‘किरण’ बाट गीति एल्वम् ‘लक्ष्यको शिखर’ सार्वजनिक गरिएको थियो । २०५९ जेठ १३ गते प्रहरी हिरासतमा हत्या गरिएका कृष्णसेन इच्छुकको रचना शिर्षक गीत गायक रमण थामीले गाएर कार्यक्रमको शुरूवात गरिएको थियो । कलाकारहरू निर्मला घिसिङ, बिहानी बिक र प्रगति हिङ्माङ्ले उक्त सिडिमा सङ्कलित गीत गाएका थिए ।
प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले कार्यक्रमको सुरुमै उक्त कार्यक्रमको उद्येश्य माथि प्रकास पार्दै विषय प्रवेस गराउनुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्यसचिव प्रगतिवादी कवि तथा कथाकार हिरामणि दुःखीले आमन्त्रित सबैलाई स्वागत गर्दै कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
माओवादी पार्टीको टुटफुटसँगै तीनतीर छरिएका सामनाका कलाकारहरूलाई यौटै मञ्चमा उतारेर कार्यक्रम सफल पारेको प्रतिष्ठानले जनाएको छ ।

Friday, May 18, 2018