एकैसाथ चार पुस्तक विमोचन

कथाकार रञ्जुश्री पराजुलीको घाइते मनिप्लान्ट(लघुकथा संग्रह) र खेमराज पोखरेलको राम शाहको चौतारो(लघुकथा संग्रह)े,सिमानामा आमा(लघुकथा संग्रह) र पगाहा(कथा संग्रह) गरी एकैसाथ चार पुस्तकको विमोचन राजधानीमा गरिएको छ । पद्मोदय क्याम्पसमा आयोजित सो कार्यक्रममा बक्ताहरु प्रा.डा.यादबप्रकाश लामिछाने,डा. रामप्रसाद ज्ञवाली,बिमला नेपालका साथै सहभागिहरुले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए ।
रञ्जुश्री पराजुलीको घाइते मनिप्लान्टमाथि टिप्पणी गर्दै समिक्षक बिमला नेपालले समाजिक,राजनीतिक विषयबस्तुमाथि कथा लेखिएको बताइन् । त्यसैगरि खेमराज पोखरेलको कथा र लघुकथामाथि डा. रामप्रसाद ज्ञवाली र प्रा. डा. यादबप्रकाश लामिछानेले आ आफ्ना धारणा राखेका थिए । कथाकार पोखरेलले सिमानाको पीडा,महिलाका विषयबस्तुका साथै सामाजिक बिसंगति माथि शसक्त कथा लेखेको बिचार उनीहरुले ब्यक्त गरेका थिए ।
कथाकार पोखरेलले आफुले समाजमा देखेका कुरालाई इमानदारीपूर्वक लेखेको बिचार ब्यक्त गरे भने रञ्जुश्री पराजुली हाल अमेरिका रहेकीले कार्यक्रममा अनुपस्थित रहेको विएन पुस्तक संसारका कार्यकारी प्रमुख सूर्य बिसीले जानकारी दिए ।
कार्यक्रम सञ्चालन श्रीराम राईले गरेका थिए भने चारै पुस्तक बिएन पुस्तक संसारले प्रकाशनमा ल्याएको हो ।

Friday, June 8, 2018