शुभकामना महोत्सव २०७५ हुने

शुभकामना एकेडेमीले यही माघ १७ देखि १९ गतेसम्म शुभकामना महोत्सव २०७५ गर्ने भएको छ । नेपाल सङ्गीत नाट्य कला प्रज्ञा प्रतिष्ठानका कुलपति वरिष्ठ जन गायक रायन श्रेष्ठको प्रमुख आतिथ्यमा महोत्सवको उद्घाटन हुनेछ । उद्घाटन कार्यक्रममा वरिष्ठ कलाकार तथा नेपाल ललितकला एकेडेमीका कुलपति के.के. कर्माचार्य र वरिष्ठ जन गायक रामकृष्ण दुवाललाई विशेष अतिथिको रुपमा निम्त्याइएको छ ।
महोत्सवमा विद्यार्थीका विभिन्न प्रतिभाहरुको प्रदर्शन तथा प्रस्तुति हुनेछ । रोवोटिक्स प्रदर्शन चित्रकला प्रदर्शन, पुस्तक प्रदर्शनी, कराँते लगायत स्काउटका विविध गतिविधिका साथै नृत्य प्रस्तुति, गायन प्रस्तुति, कथा वाचन, फुड फेस्टिबल हुनेछ ।
महोत्सवमा विजयराज आचार्यद्वारा लिखित तथा पुष्प अवस्थीद्वारा निर्देशित र शुभकामना एकेडेमीका विद्यार्थीद्वारा अभिनित तिनीहरु कहाँ गए होलान् ? नाटकको मञ्चन हुनुका साथै प्राकृतिक विज्ञान सङ्ग्रहालयको तर्पmबाट पनि प्रदर्शनी स्टल राखिने छ ।
महोत्सवकै अवसरमा एस.आर प्याब्सन अन्तर्गत रहेका विद्यालय बीच कथा लेखन प्रतियोगिता गरिने छ । साथै विभिन्न खेलहरुको प्रतियोगिता पनि राखिएको छ । महोत्सव अवधिमा चर्चित गायक काव्य आचार्य, करन मुखिया, टेकेन्द्र नेपाली लगायतका कलाकारहरुको समेत प्रस्तुति रहनेछ ।
कार्यक्रमको अन्तिम दिन माघ १९ गते नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति वरिष्ठ कलाकार के.के कर्माचार्यको प्रमुख आतिथ्यमा शुभकामना एकेडेमीको १० औँ अभिभावक दिवस मनाइने छ । अभिभावक दिवसको अवसर पारेर नेपाली बालसाहित्य तथा साहित्यका विविध क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउनु भएबापत राष्ट्रिय समाचार समितिका पूर्व प्रधान सम्पादक वरिष्ठ साहित्यकार÷पत्रकार प्रमोद प्रधानलाई सम्मान गरिने छ । सोही दिन खेलकूदमा विजेता विद्यार्थीहरुलाई प्रमुख अतिथिको हातबाट मेडल प्रदान गरिने छ ।
कार्यक्रमको दोस्रो दिन कथा लेखन प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुने विद्यार्थीका कथा वाचनका साथै पुरस्कृत समेत गरिने छ ।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका र दक्षिणकाली नगरका सम्पूर्ण जन प्रतिनिधि लगायत पाँच हजार व्यक्तित्वलाई अवलोकन गराउने लक्ष्य रहेको छ । महोत्सवमा उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई पनि अवलोकन गराउने लक्ष्य रहेको छ ।
शुभकामनाका विद्यार्थीद्वारा अभिनित नाटक तिनीहरु कहाँ गए होलान् ? फागुन ५÷६ र ७ गते नया बानेश्वर थापा गाउँ स्थित कुञ्जनी थिएटरमा पनि प्रदर्शन गर्ने लक्ष्य रहेको छ ।

Tuesday, January 29, 2019