भट्टराई र सिल्वाल दम्पत्तिलाईसयपत्री सम्मान

बनेपा ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औं जन्मजयन्तीको अवसरमा साहित्यकारद्वय प्रा.डा. गोविन्दराज भट्टराई र छविरमण सिल्वाल शनिबार सयपत्री राष्ट्रिय सम्मान २०७६बाट सम्मानित हुनु भएको छ । बरिष्ठ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले सम्मानित भट्टराईलाई उहाँकी जीवनसंगिनी डा. अन्जना भट्टराईकासाथ र सिल्वाललाई उहाँकी जीवनसंगिनी तुलसादेवी मैनालीकासाथ सम्मानित गर्नु भएको थियो ।
सयपत्री प्रतिष्ठान नेपाल जनागालले देवकोटा जयन्तीको अवसर पारेर २०५५ सालदेखि नियमित साहित्यिक कार्यक्रम गरी दम्पती सहित श्रष्टा सम्मान गर्ने कार्यक्रम गर्दै आएको छ ।

सम्मान कार्यक्रममा साहित्यकारहरु मोहन दुवाल, शेषराज सिवाकोटी, हरिप्रसाद पाण्डे, प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठ, साहित्यकार रामसुन्दर देउजा लगायतले नेपाली साहित्य क्षेत्रमा महाकवि देवकोटाको योग्दान र प्रतिष्ठानले संचालन गरेको साहित्यिक गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो ।
सम्मानित श्रष्टाको तर्फबाट गोविन्दराज भट्टराई, डा. अञ्जना भट्टराई र छविरमण सिल्वालले बोल्नु भएको उक्त कार्यक्रममा साहित्यकार सूर्यप्रसाद लाकौजुले सम्मानित व्यक्तिका बारेमा प्रकाश पार्नु भएकोे थियो । विविद्य सांस्कृतिक कार्यक्रम सहित सम्पन्न उक्त कार्यक्रममा एक दर्जन जति साहित्यकारहरुले कविता वाचन समेत गरेका थिए । प्रतिगठानले हालसम्म ५८ जना श्रष्टाहरुलाई सयपत्री राष्ट्रिय सम्मानबाट सम्मानित गरिसकेको पनि कार्यक्रममा जानकारी दिइएको थियो ।

Monday, October 28, 2019