कविता वाचन सम्पन्न

सामाखुशी साहित्य समाजद्वारा हरेक दुई दुई महिनामा सञ्चालन गरिदै आएको कविता वाचन कार्यक्रमको १०३ औं श्रृङ्खला माघ ११ गते शनिबारका दिन सामाखुशी स्थित लिङ्कन कलेजमा सम्पन्न भयो । उक्त कार्यक्रममा डा. बमबहादुर जिताली, भाग्यशाली अधिकारी, दिनेशविक्रम थापा, कौशिला रिसाल, भिमराज ढकाल, अरुण नदी खत्री, शारदा पराजुली, शिवप्र्रसाद आचार्य, विनोद नेपाल, गंगा आचार्य, हरिकृष्ण घिमिरे, डा. सत्यराज थपलिया, शैलेन्द्रकुमार शाह, निर्मलरमण पराजुली, काशिराज आचार्य, डा. मेघराज ढकाल, महेशप्रसाद रिजाल, कृष्णदेव रिमाल, तारा के.सी., चन्द्रबदना घिमिरे, गोविन्द घिमिरे वेदमणी लगायत पैतालिस जना कवि एवम् कवयत्रीहरुले आ–आफ्ना रचना पढेर सुनाएका थिए । वाचन गरिएका कविताहरुको परशुराम परासरले समीक्षात्मक टिप्पणी गर्नु भएको थियोे भने कार्यक्रम समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा सम्पन्न भयो ।

प्रस्तुतिः अरुण नदी खत्री

Wednesday, January 29, 2020