नर्थ क्याराेलाइनामा साहित्कार भारती गाैतन सम्मानित

नर्थ क्याराेलाइना नेपाली साहित्य समाज तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थ क्याराेलाइना च्याप्टरले आफ्नाे मासिक कार्यक्रम अन्तर्गत जनवरी महिनकाे छनाेटमा परेकी अनेसास पूर्व केन्द्रीय उपाध्यक्ष साहित्यकार भारती गाैतमलाई सम्मान गर्नुकाे साथै उनको कविता संग्रह “आकाशमाथिकाे शहर" भित्रका कविता वाचन गर्यो।

उक्त संग्रहमा रहेका कविताहरूमाथि छलफल कार्यक्रमसमेत सम्पन्न गर्यो।

कार्यक्रमकी प्रमुख अतिथि साहित्यकार भारती गाैतमकाे सँक्षिप्त साहित्यिक जीवनी कार्यक्रम संयाेजक नम्रता गुरागाँइले डिजिटल माध्यमवाट उपस्थित सवैमा सम्प्रेशण गरेकि थिइन भने कार्यक्रम काे सुरुवात तथा स्वागत संस्थाकी काेषाधक्ष सुजाता ढुङ्गेलले गरेकि थिइन। दिउसाे 12 वजे सुरु भएकाे कार्यक्रमकाे पहिलाे सत्रमा श्रष्ठा स्वयंम र उपस्थित धेरैजसोबाट ´“आकाशमाथिकाे शहर” पुस्तकभित्रका आ-आफुलाई मन परेका कविता पाठ गरिएकाे थियाे भने दाेस्राे सत्रमा पाठ गरिएका कवितामाथि छलफल तथा प्रस्नाेत्तर कार्यक्रम गरिएकाे थियाे।

कार्यक्रममा साहित्यकार भारती गाैतमलाई संस्थाका सल्लाहकार डा. नारायण राजभण्डारीले खादा आेडाएर स्वागत गरेका थिए भने नेपाली साहित्यलाई प्रवासमा रहेरपनि अनवरत सेवा गरिरहेकी भारती गौतमलाई सस्थाका अध्यक्ष शिखर दुलालले कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद दिदै सम्मान - पत्र प्रदान गरेका थिए । परिचयात्मक कार्यक्रमबाट सुरु भएकाे कार्यक्रममा स्थानीय वुद्दिजिवी तथा साहित्यकारहरुकाे संलग्नता रहेकाे थियाे।

कार्यक्रममा ““आकाशमाथिकाे शहर”का वारेमा श्रष्ठा स्वयंम तथा बिभिन्न साहित्यकारहरुको मन्तब्य यसरी राखिएको थियो :

मोहन सिटौला- “एउटा साधारण तर जागरुक पाठकले विश्वका अन्य कवितामाझैं आकाशामाथिको शहरमा धेरै चीजहरु पाउंछ । अलि संवेनशील भएर अनि घोत्लेर अध्ययन गर्न चाहनेको निम्ति भने त झन त्यहां सारभूत प्रशस्त साहित्यक, कलात्मक र जीवनगत महिमाबोध मिल्दछ । “

मंजुल - “उनलाइ कत्रो विश्वास छ उनिसंगै नेपाल छ भन्ने कुरामा । भारती गौतमलाइ चिन्दा, उनको भाबनालाइ बुझदा उनको यो विश्वास एककदमै सही ठाउंमा भएको देख्छु म ।”

डा हरिहर भट्टराई- “वहाँकाे साहित्य लेखनमा पुर्ख्याैली संपती रहेको छ जुन सम्पति वहांले आफनो पिताजी र मामाबाट पाउनुभएको हो ।”

नगेन्द्र न्याैपाने / निलम कार्की निहारिका- “साहित्यकार भारती गाैतमकाे साहित्य यथार्थवादि साहित्य हो । “

आफनो लेखाइप्रति भारती गौतमको आफनै कुरा:

“दुइ दशकअघि प्रवासमा भासिएपछि करिब १५ वर्षजति मैले चिठीबाहेक केही लेखिन, दशवर्षपछि पहिलो पटक घर जांदा मैले ४०० चिठी लेखेको कुरा बाले भन्नुभएको थियो तर केही वर्षपछि आमाले अनि बाले मेरो चिठी लेखाइलाइ पूर्णविराम लगाइदिनभयो । साहित्य सृजनाको न कुनै अर्थ थियो न कुनै सम्भाबना तर मेरो त्यो सोचाइ धेरै बस्न सकेन । मैले फेरी लेख्न शुरु गरें । लेख्न शुरु गर्ने शक्तिशाली निहु चाहिं म फेरी बाआमाको नजिक हुने बाटाहरु खोजिरहेकी थिएं र लेखनको काखमा पुगेपछि म ढुक्क भएं हुंला ।”

कार्यक्रम संयाेजकको विचारमा भारती गौतम:

“आफनो लेखनमात्र नभएर बोलीचाली मैपनि सकारात्मक कुराहरुले मान्छेलाइ सम्झाउने क्षमता छ भारती गौतममा । त्यसमाथिपनि परदेशी रहनसहन र संस्कारमा बानी पर्न नसकिहाल्दा र आफनो रहनसहनलाइपनि हुबहु प्रयोग गर्न नसक्दा चिन्ताले पाकोको जो कोहीको घाउको निचोरेर खिल निकालीदिने शक्ती छ भारती गौतममा । उनिसंग मान्छेलाइ सम्झाउने क्षमता छ जुन क्षमतामा उनी आफनो अनुभब मिसाएर गफिएका हरेक मान्छेको चित्त बुझाउन सक्छिन । “

“आकाशमाथिकाे शहर"को विबेचनालाइ विट मार्ने क्रममाआफ्ना तथा कवयित्री भारती गाैतमका कविता पाठ गर्ने हरुमा डा. ऋषि वस्ताकाेटी, शिशिर खनाल , निर्मला राजभण्डारी , जितमान वस्नेत , दिब्या पाण्डे , उमा शर्मा , सुजाता ढुङ्गेल , दधिन पाण्डे , डा अच्युत शर्मा , भिमसेन वस्नेत तथा नम्रता गुरागाईँ आदि रहेकाथिए।

Wednesday, January 29, 2020