गोले बूढो दाहिने हातको चोर औलीले देखाउँदै भन्दै थियो । उ त्यही हो ठूले तमोरखोले अन्तरेबाको छोरालाई माओबादीले पुर्लुक्कै ढालेको ठाउँ । तमोर खोले अन्तरेबाको छोरा बुधु र दुई चार जना अल्लारे केटाहरु मिलेर सुटुक्क सिकार खेल्न लागे छन् गोपेनी जंगल तिर । माओबादीको चलखेल शुरु भएको करिब सात आठ बर्षमा पातलका मृग, कालीज, प्यूउरा, थार, घोरल, निगाले, बाघ, हलेसो, तामे ढुकुर, सुन मृग आदी जंगली जनवार र पंक्षीहरुले स्वतन्त्रताको उपयोग मात्र गरेका थिएनन् । उनीहरुको वंश पनि मज्जाले फैलिएको बेला बुधुका साथिहरुले एकै ड्यांगमा मृग ढाले छन् । बुधु नैं मुल सिकारी र उसैको गोली लागेर ढलेको मुडुली मृगलाई अलि गोप्य ठाउँमा घिसारेर पुर्याए पछि बुधुले आङ्गनो बिधि पुर्याउँन लागे । त्यस्तै धार्नी ६ जतिको होला ।
हतार हतार जानेको मुन्धुम् अनुसार बन देवता र बन सिकारीलाई दुइवटा पातमा के के भट्याउँदै २,२ थोपा रगत कानका मसिनो टुक्रा खुरका चोइटाहरुदुई चार वटा मृगको शरीरबाट उखेलेको रौं राखेर सिकारी देवताहरुको चित्त बुझाउँन बिधि पुर्यायो । अरु सहयोगी साथीहरुले मारेको मृगलाई फोरफार गर्ने चाँजो माँजो मिलाउँन केहि स्याउला र अलैचिका सोत्तर जम्मा गर्न लागेका थिए । यतिकैमा दुई चार जना मान्छेको हल्ला सुनियो । यो आवाज सुनेर सबैजना सशकित भए । एक प्रकारले मसाईमाराको चितुवाले मारेको मृगमा हाइनाको आक्रमण जस्तै भयो । बुधुले भन्यो हाउ साइला ! जंगलीहरु आए जस्तो छ के गरौं साइला अक्क न बक्क परेर मृत मृगलाई मात्र हेरी रहयो । शायद चितुवा भए चाँड चाँडै रुखमा चढाएर पनि आफ्नो सिकार सूरक्षित गर्दथे होलान् । तर बुधुका सिकारी दललाई त्यस्तो कुनै उपाय थिएन । हुन सक्छ माओवादीका दस्ताहरु त्यतै कतै तिर अलैचि घारीमा लुकेर बसेका थिए । नजिकैबाट एउटा खबरदारी आवाज गर्जीयो खबरदार कोहि मान्छे पनि भाग्ने कोसिस नगर्नु । तर माओवादीको लाल टोपी र बन्दुक जस्तो देखिने लट्ठी देखे पछि बुधुका तीनजना अल्लारे केटाहरु आखाँको झिमिक्कमा अलैचिबारी तिर कता हराए पत्तै भएन ।
अब रह्यो मुल सिकारी बुधु मात्र भनौं बूढो िसंह र चार वटा हाइनाको बीचमा अन्तिम युद्धको खेल । बुधु भन्दै थियो मैले बन्दुक पड्काएर गल्ति गरें । यो सिकार लैजाओ तिमीहरुकै भयो । माओवादीहरु भन्दै थिए तिमीले दुई वटा गल्ति गर्यौ पहिलो कुरा बन्दुक पड्काएर सूरक्षा फौजलाइ माओवादीहरु यहाँ बस्दो रहेछन् भन्ने सूचना दियौ । दोश्रो सिकार गर्न मनाहि गरिएको कानून उलंघन गयौ । हामी जनमिलिसिया अदालतमा लान्छौं । तर बुधु एक डेग चलेन । बुधु भन्दै थियो म जनमिलिसिया अदालत जाने मान्छे होइन म सोला बनको सिकारी हुँ । एउटा माओवादीले भन्यो मतलव बुधुले भन्यो यो जगरबगर वा जंगल किपटवाला सुब्बा हुँ उस्ले ठूलै धाक दियो ठूलो िसंहले गर्जे जसरी । चार जना माओवादीहरु मध्ये टोली नेता एक कदम अघि सरेर भन्यो हेर मृग मार्ने सुब्बा खुरुक्क हिड्ने गरेनौं भने तिम्रो बन्दोबस्त हुनेछ ।
बुधुले उनीहरुको धम्कीलाई कति पनि टेरेन इण्डियाको हवल्दार पद सम्म्ा ब_िक्स खेलेरै पाएको थियो । चार जना मात्र होइन त्यस्ता फुच्चे दश जनालाई त एक एक मुक्का दिएर ढाल्न सक्ने तागत छँदै थियो । वास्तवमा ति जनमिलिसियाहरुसँग बन्दुक वा हतियार नभएको कुरा पनि बुड्ढयो । यति चर्का चर्की परि सक्दा त ताकी हाल्थे नि मोराहरुले उस्ले बिचार गर्यो । यो धम्साधम्सी करिव आधा घण्टा जति भए पछि उही उमेर र कदका चार जना लर्केहरु आएर माओवादीको दस्तामा माओवादीको संख्या बढाए । अघिकै टोली नेताले प्रश्न दोहोर्यायोदोहो - ए सिकारी दाई जाने कि नजाने मैले भन्दिया छु तिमीहरु चारबाट आठ जना भयौ यहि नैं जनमिलिसिया अदालत भयो जे फैसला गर्नु छ यही गर्नु म कही जानेवला छैना । बुधुले आफ्नो अडान दोहोर्यायो।
यतिबेला बुधुलाई आठजना जनमिलिसियाहरुले वरिपरि घेरेर राखेका थिए । बुधुले अन्तिम आदेश पनि जारी गर्यो । मलाई नछुनु भनेको छु है ! माओवादीहरु जसरी पनि सिकारीलाई नलगी जाने पक्षमा थिएनन् । माओवादीका बलिया तीनजना मिलिसियाहरु अघि सरे एउटाले भन्यो ओ दाई जाने कि नजाने बुधुले उहि उत्तर दोहोर्यायो । म तिमीहरुको अदालत जाने मान्छे होइन । सम्मुख उभिएको टोली नेताले हुकुम दियो । ल यसलाई बाँध्नु । पाँचजनाले बुधुलाई बाँध्न अघि सरे । आँखाको चालमा एकजनालाई बुधुको पछाडी लट्ठी लिएर जाने संकेत गर्यो । बुधुलाई बाँध्न के अघि सरेका थिए । बुधुले सिकेको अन्तिम शास्त्र प्रयोग गरि हाल्यो । तीन जना जनमिलिसियाहरु भुइमा ढली सकेका थिए । पछाडी बस्ने मिलिसियालाई टोली नेताले के इशरा गरेका थिए बुधुको टाउकोमा काँचो लट्ठीको मार बजारियो । बुधुको आँखामा तोरी फुल्यो । उस्को चेतनामा सबै उज्यालोहरु झिरिप निभ्यो । जसरी बर्षे झरीको हावाले टिलपिलाउँदो बत्तिको प्रकाश ड्ढयाप्पै निभाउँछ ।
अब बुधुलाई सपनामा कसैले आङ्गनो शरीरमाथि ताण्डव नृत्य नाच्दै कोहि नेपथ्यमा खित्का छोडे जस्तै भयो । उ होसमा आउँदा अनुहार सुनिएको थियो । आलो रगतले पुरिएर आँखा खोल्न मुश्किल परेको थियो । शरीर चलाउँदा पनि मक्कि सकेको घर भत्के झैं शरीर नै भत्कने हो कि भन्ने दुखाइले भतभत पोली रहेको थियो । उस्का दुवैवटा हात बाँधिएको थियो । आँखामा पट्टी बाँधेर कतै लैजाने तयारी हुँदै रहेछ भन्ने होस संम्म्ा पायो । एउटा अल्लारे स्वरले हुकुम बर्षायो ए सोला बनको सिकारी उठ यहाँबाट हिड्ने बेला भयो । उ उठ्न सकि रहेको थिएन । पछाडीबाट कसैले आदेश दियो । उठेन भने ठोक्न । शायद अघिकै काँचो काठको लट्ठी बजारियो उस्को शरीर माथि तर बुधुले भ्याउ पाएन । शरीरको कुन कुन भागमा त्यो लट्ठी बजारिन्दैछ । बुधु बलैले उठ्यो शायद त्यही डोर्याउने मान्छे हुनु पर्छ । बोल्यो कामरेड कस्को घरमा लाने हो अब कस्को घरमा लाने जवाफ आउने हो बुधुले आङ्गनो कान निकै चनाखो बनायो । अलि मधुरो स्वरमा जवाफ आयो । सिरिंग पाखेको घरमा । कति बल्ड्यांग खाँदै र ठोकिन्दै तोकिएको घर पुगेको संकेत पायो बुधुले । खल्यांग बल्याग गरेको सुन्यो । एउटा रफाफिलो स्वरले गर्जिन्दै थाममा बाँध्ने आदेश दियो । बुधुले चाल पायो खुट्टा, कम्मर र छाती गरेर तीन ठाउँमा बाँधियो । उस्लाई असाध्यै तिर्खा लागेको थियो । तर उस्ले मुख खोलेन । निकैबेर पछि आँखा खोलियो । अघिकै आठजना जनमिलिसिया र माओवादी जंगली लुगा लगाउने टोपीवाल सामेल भएको थियो । त्यही टोपीवालले केरकार शुरु गर्यो । सोलाबनको सिकारी हुँ भन्छौ को हौ तिमी तिम्रो नाम के हो मेरो नाम बुधु हो उस्ले सोझै उत्तर दियो । किन सिकार खेलेको त गहुँबारी नैं सखाप बनाए पछि म के गरु उल्टै बुधुले प्रश्न तेरछ्यायो । बन्दुक पड्काउदा हामी बसेको ठाउँ जाहेर हुन्छ भन्ने कुरा थाहा थियो कि थिएन थियो तर …तर के तर …बुधुको वाक्य पूरा भएन । टोपवला अब एक्लै बक्बकाउन थाल्यो । पहिलो कुरा बन्दुक पड्काएर हाम्रो उपस्थितिको जाहेर गर्यो । बन जंगलका पशु पंक्षी नमार्ने हाम्रो नियमको बर्खिलाप गर्यो। तेश्रो हाम्रो जनमिलिसियाको आदेश नमान्न्ो मात्र होइन उनीहरु माथि हातपात गर्यो। अब यसको सजाय तिमीले भोग्नु पर्छ । दुईजना मिलिसियाहरु उस्को सम्मुख उभिए । टोपवलाले आदेश जारी गर्यो ठोक ।
दुईजना मिलिसियाले मज्जाले ठोक्न थाले । खुट्टाको पासुला पछाडीको पिँठ्यु मसलदार पाखुरा भएन रिसको आबेगमा अन्धाधुन्ध शरीरभरी लट्ठी नैं लट्ठी बजारियो । हुन सक्छ बुधुको मुक्काले सिकार भएकै मध्ये दुइजनाले लट्ठी बजारेका थिए । बुधु लल्याकलुरुक भयो । एउटा मिलिसियाले भन्दै थियो कामरेड अलिकति पानी दिउँ कि उत्ताबाट आदेश आयो पानी पिलाउने होइन शरीरमा छम्कि दिनु । एकजना मिलिसियाले एक आम्खोरा पानी ल्याएर बुधुको शरीरभरी पानी छम्कि दियो । बुधुले एकैछिन भए पनि आरामको महसुस गर्यो। कुटाई र पशिनाले भिजेको शरीरमा पानी छम्किन्दा शरीरबाट बाक्लो बाफ उडेर कोठै आसिलो बनायो । मिलिसियाहरुले उसैले मारेको मृगको मासुसंग मज्जाले भोज खाँदै रमाइ रहेका थिए । एउटा दयालु मिलिसियाले भन्यो होइन त्यो मोरा सोलाबनको सिकारीलाई पनि अलिकति दिनु पर्छ कि अर्को बोल्योप्रभात कामरेडको आदेश बिना यो काम गर्नु हुन्न । प्रभातको आदेश पाउँन एकजना मिलिसिया अर्को कोठातिर लाग्यो । उत्तैबाट जोडले करायो कामरेडको आदेश भोली बिहान संम्म्ाको लागि नदिने मर्जी भएकोछ ।
बुधुले सुन्दै थियो जनताको लागि लड्ने मिलिसियाहरु मर्जी जस्तो दरबारीया भाषा पनि बोल्दा रहेछन् । उ रातभरी सत्तिसालको रुख झैं ठिंगि उभि रह्यो । बिहानको भुकभुके उज्यालोमा एउटा मिलिसियाले कागजमा लेखेको बेहोरा पढेर सुनायो । म फलाना गाउँको फलानाले यति यति गल्ति गरेको हुँदा मिलिसिया कामरेड प्रभातको अध्यक्षतामा कार्बाहि गरिएको छ । अब देखि जनमिलिसिया प्रति नकरात्मक भावना र उनीहरुले बर्जित गरेका नियम बिपरित कुनै काम गर्ने छुइन । फेरि पनि यस्तो काम गरेको थाहा हुन गएमा माथिल्लो जनअदालतमा पुर्याई कानुन अनुसार कार्बाहि गरिने छ । सिरिंग पाखेको घर दलानमा सोलाबनको सिकारी माथि कार्बाहि गरिएको हो भनी सही गर्ने ब्यक्तिहरु तपशिल:
कामरेड प्रभात
कामरेड फकतालुंग
कामरेड निर्माण
कामरेड बिहान
यति पढी सके पछि एउटा कामरेडले बुधुको हात खोली दिँदै भन्यो लौ सोला बनको सिकारी यहाँ सही गर्नु । बुधुले आङ्गनो नाम लेखि दियो । क्रमशःउस्का खुट्टा र छातीमा बाँधिएका डोरीहरुबाट बुधु मुक्त भयो । बिहानीपख सोलाबनतिर तिरिरि घाम लागेको थियो । गैरी थाप्लामा मृगहरु खोकी रहेका थिए । बुधु आङ्गनो ज्यान थाम्न नसकेर थचक्क भुइमा बस्यो । माओवादी जनमिलिसिया कामरेडहरु आङ्गनो पोको पन्तेरो बोकेर लालीपातलको उकालोतिर लाग्दै थिए । सिरिंग पाखेनी भाउजुले एक डबका छ्यांग ल्याएर बुधुको अगाडी राखी दिइन । भाउजु भन्दै थिइन माइला अब गाउँ घरमा बसी खाने जमाना गयो । उहिले उहिले सोलाबनको सिकारी मान्छेको सिकार गर्न गाउँ आउँथ्यो रे ! त्यस्तै भएको छ अचेल झण्डै सिकार भयौ । बुधु नग्रा र दाँत फुकालिएको बूढो िसंह झैं भयो ।
यति बिहानै चारहात खुट्टा टेकेर अन्तरेबा आइ पुगेछन् छोराको बिजोक हेर्न । आँखाको कचौरामा टिलपिल टिलपिल आँसुका दानाहरु प्रभातको मोति बनेको थियो । अन्तरेबा बिह्ल भएका थिए । उनको मुखबाट एकै शब्द पनि निस्केन बरु तातोपानीमा रुमाल भिजाएर छोराको अनुहारभरी पोतिएर लत्तपत्तिएका रगतका पाप्राहरु उप्काउँदै सफा गर्ने प्रयत्न गदै थिए । आखिर रगतको साइनो भनेको नैं यही होला । सिरिंग पाखेनी भाउजुको दयामा बुलबुल माया उम्रेर होला । बुधुको भोको पेटमा अर्को एक डबका गहुँको खोले पकाएर राखि दिई । त्यो गहुँको खोले खाई सकेर रातभरीको भोककुटाई र अनिँदो निकै कम भएको थियो । धन्यबाद भाउजु एकदिन सकेँ भने तपाइको ऋण तिरौला भनेर बाबु छोरा ओरालो लागे । अन्तरेबाले महकाँचो सिमि्रकदुध खोजीमेली गरेर छोरालाई ख्वाएपछि बुधुले आरामको महसुस गर्यो। अब उसो बुधुले सोलाबनको उकालो हेर्न छाडेको थियो ।
आकासमा जूनघाम लुकामारी गदै रातदिन मैन्हा र बर्षहरु बित्न कतिपो लाग्छ र सोलाबन र वरिपरिका गाउँ घरमा सिकारका बन्दुक त नपड्किने नैं भयो । मर्दापर्दा र बिबाह उत्सवमा हर्ष बढाई गर्न पड्काइने बन्दुके सांस्कृतिक परम्परा पनि हराई सकेको थियो । बन्दुक पड्कन सूरक्षाफौज र माओवादीको जम्काभेट वा एम्बुसको तार चुँडिनु पर्दथ्यो । मृगहरु कोठेबारीका काँध्ला काँध्लामा उपि्रुन्थे । कालीजका बथानहरु आँगनतिरै चर्न थालेका थिए । दुम्सीले दिउसै कोठेबारीको कन्दमूल उधिन्न थालेका थिए । ढुगाकै भरमा धपाइए बालीनाली बिमाख गर्ने जंगली पशु पंक्षी । मानौं सारा गाउँघर एक प्रकारले जंगल मय बन्यो । नियमकानुन सूरक्षा जो थियो जोसंग ताक्ने गोली बारुद र बन्दक थियो । तर त्यो पशु पंक्षी र जंगली राज्य धेरैदिन रहेन । एकदिन रेडियो नेपालले फुक्यो कोनी कति बुँदे संम्झौतामा हो हस्ताक्षर गरियो रे ।
संम्झौता भएको हप्तादिन भएको थिएन । खिया लागेका बन्दुकहरुले हर्ष बढाई गर्न थाले । गाउँ साँच्ची बन्दुकमय भयो । दुइ महिनाको अन्तरालमा गाउँ घरमा भएका जंगली पशु पंक्षी पातल लेंकतिरै धपाइए । जो भाग्न अनकनाए वा अटेर गरे उनीहरुले मृत्युवरण गर्न पुगे । अब गाउँमा सिकार खेल्ने लहड र हा हा हो हो गर्ने आवाज पनि बन्द भएको थियो । सिकार गर्ने मान्छेहरु सोलाबन तिरै लाग्नु पर्ने भएको थियो । एकदिन मतानको बार्दलीमा बसेर बुधु पारिको लालपाते फूल फुलेको हेर्दै बसी रहेको बेला गाउँकै चाप्पेते हस्यांग फस्यांग गर्दै आइ पुग्यो । गोले बूढोले सिकार खेल्ने बन्दोबस्त मिलाएछ दाई जाने हैना र बुधु सिकार गर्ने मोडमा थिएन । शायद सिकारले गर्दा पाएको पिडा आलै थियो । चाप्पेतेले संम्झाउँन खोज्यो जंगली दाईहरु हराई सके नि । बुधु जाउँ कि नजाउँको मोडमा खोसेलामा बेरेको सुर्तीको ध्वा बुंग बुंगती उडाई रह्यो । निकैबेरको मौनता पछि बुधु बोल्यो । कस्को घरमा जम्मा हुनु पर्ने भोलीको नौं बजे गोले बूढोको घरमा ।
यति भनी सकेर चाप्पेते लाग्यो उकालै उकालो । बुधुसंग न बन्दुक थियो । न सिकारी कुकुर पूरानै जोश जाँगर मात्र थियो बुधुसंग । गोलेको घर पुग्दा १४ जनाको निकै ठूलो डप्फा भेला भई सकेका रहेछन् । छलफल हुँदै रहेछ कहाँ जाने को को ढुकुवामा बस्ने कति लामो हाँकको दुरी राख्ने कँकस्को सिकारी कुकुरमात्र लाने १५ जना मध्ये दुइजना खाजा सामल लिएर कुन ठाउँमा आउने गोला बारुद कति छ कति नाल बन्दुक भयो माओवादीबाट खोसिएका र फिर्ता नभएकोले १५ जनाको ठूलो सिकारी डप्फाले बलैले तीन नाल भरुवा बन्दुक भेला गरेछन् । सोलाबनको सिकारीमा दर्ता भएका गोले बूढो र जहाने जेठा ढुकुवामा बस्ने भए । एक नाल बन्दुक हाँकमा लाने सबैको सहमति बन्यो । पहिले गैरी थाप्लामा एक हाँक गर्ने र बाँकी सोला बनतिर । दश जनाले मुलपानीको तल्लो भेकबाट हाँक शुरु गर्ने सिकार मार्न सफल भए पनि नभए पनि गैरी थाप्लाको सिरान तीनचुलेमा भेला हुने ।
छलफल पछि १३ जनाको सिकारीको डप्फा लागे भुसुनेको उकालो । तीन नाल बन्दुक मध्ये एक नाल बन्दुक बुधुले लियो । आहालेबाट उकालो लागेपछि सोलाबनको अर्को सिकारी राजा गोले बूढो शुरो मान्छे जाहने जेठा र भुसुने माइला ढुकुवामा बस्न आहाले उकालै गैरी थाप्लातिर लागे तर भुसुने माइलासंग बन्दुक भने थिएन । बाँकी दशजना मुलपानीको तल्लो भागतिर लागे । साथमा भएका टिनका पाताहरु बज्ला भनेर होशियारीको सूचना दिँदै थियो गुरुंग कान्छाले । मुलपानीको फेद र मुलपानीको झण्डैतीन किलो मिटरको दुरीमा दश जना हाँकवलाहरु बांडिए । बन्दुक लिने बुधु हाँकवलाहरुको बीचमा थियो । ठिक दिनको एक बजे पश्चिमबाट गैरी थाप्ला पूर्बतिर हल्ला गर्दै हाँक शुरु भयो । हा … हा … हो हो …साई …साई …सुई …सुई …।
र टिनका पाताहरु ठटाउँदै हाँकवलाहरु पूर्बतिर लागे । कसैको मधुरो आवाज सुनिन्दै थियो । सिंगवला भाले मृग आउँदै छ है सिंगवला । क्रमशः हाँकवलाहरुको आवाज मधुरोबाट चर्को हुँदै गएको थियो ।
गोले बूढो र जहाने जेठा तल्लो र माथिल्लो भन्ज्यांग करिब सय मिटरको दुरीमा ढुकुवा बसेका थिए । दुवैतिर अग्लो डाँडा उभिएको हुनाले पश्चिमबाट लघारिएका पशु पंक्षीहरु त्यही भन्ज्यांगबाट पूर्ब लाग्नु पर्ने भएकोले संधैको ढुकुवा गौडा नै बनी सकेको थियो । लोक्तिको झाडी कम्मर संम्मको थियो । बीच बीचमा खोल्मेका सुरिलो बिरुवाहरु र पहेले उन्यूको गाँजहरु ठाउँ ठाउँमा उमि्रएको थियो । फलाट र चाँपका ठूल ठूला रुखहरुले आकासको उज्यालो छोपिएको थियो । आकासको उज्यालो छिरेको प्रकाशमा कुनै पनि बस्तुलाई नियालेर मात्र छुट्याउँन सकिन्थ्यो । यतिकैमा जहाने जेठाले गुरुंग कान्छाको आयो है आयो सिंगवला आयो भन्ने स्वर सुन्यो । जहाने जेठा होशियार भएर बन्दुकको घोडी उचाल्यो । समानान्तर लैनमा बस्नु पर्ने नियमलाई नाघेर गोले बूढो अलि अघि बढेर अलि टाढाको दृश्य हेर्न खोज्दै थिए । पहेलो उन्यूलोक्तिको झाडी र खोल्मेको बिरुवाहरु बीच केहि हरकत देख्यो जहाने ठूलेले । गोले बूढोको रातो मुहार र खाँडीको टोपीमा जहाने ठूलेले गोले बूढाको मुहार दुरुस्तै मृगको अनुहार देख्यो । मान्छे र मृगको अनुहार हो भन्ने छुट्याएर मात्र बन्दुकको ट्रिगर दबाउँनु पर्छ भन्ने समय छोटो भएको ठान्यो । हाँकवला कुकुरका स्वरहरु पनि नजिकै आई पुगेको महसुस गर्यो ।
त्यसको माने मृग दृतगतिमा भाग्दैछ भन्ने भान भयो । झिलिक्कै रमरम बस्तुको चलायमान देख्ने बित्तिकै ट्रिगर दबायो ढयांग …… उ हतार हतार सिकारकै आशामा गोली हानेको ठाउँमा पुग्यो । जहाने ठूलेले जे देख्यो उ होसगुम भयो । त्यहाँ मृग थिएन सोलाबनको सिकारी राजा गोले बूढोको लास छट्पटाइ रहेको थियो । केहीबेरमै हाँकवलाहरु आइ पुगे । गोले बूढाकै जेठा छोरा पनि हाँकवलाको डप्फामा थियो । गोले बूढो बाँच्ने अबस्थामा थिएन । उसैले बाँधेको पटुकाले छरिएका आन्द्रा भुँढी खाँदखुद गरेर सिलामे झाँक्रीले बाँधी दियो । अब हुने कुरा भइ सकेको थियो । सबैको सामुहिक छलफल भयो । यो घटनालाई हामी भित्रै राख्नु पर्छ । माओवादीको चकचकी नसेलाई सकेको बेला यो घटनाको तानाबाना बुनियो भने जहाने जेठा त जाने नैं भयो । हाम्रो सिकारी डप्फालाई मुद्धा मामीलाको डोरीले बाँध्नेछ । यो सहमतिमा सबैको माजुर भयो । सिलामे झाँक्रीले भन्यो गोले बूढा बाँच्दैनन् तर उ कसरी मर्यो कारण बनाउँनु पर्छ ।
बुधुले निकैबेर घोरिएर भन्यो उ हाँकवलामा थियो रुखको लहरामा अल्झेर लड्दा उसैको बन्दुक पड्कन गई गोले बूढाको मृत्यु हुन गएको हो भन्ने कारण बनाउँनु पर्छ । बुधुको रायमा सबैले बिचार गरे । उसैको बन्दुक द्धारा उ आफै मर्नु बाहेक यो घटनाबाट उम्कने उपाय थिएन । त्यही राय पास भयो । गोले बूढोको मृत्यु हुनु अघि उसैले अतिन्म वाक्य बोल्यो । "घटना हुनु नहुनु भइ हाल्यो तिमीहरु आफै मिल्नु" यति बोली सकेको केहि घण्टा पछि सोलाबनको सिकारी गोले बूढोले प्राण त्याग गर्यो। सबैको सल्लाह मुताबिक अलि चलाख कुरा मिलाउन जान्ने रामदोंगलाई पूरानै गाबिस अध्यक्ष र घरमा खबर पुर्याउँन सहमति भए पछि रामदोंग हानियो ओरालो लागेको मृग झैं भुसुने गाउँतिर । रात भरी बढो दुःखको जाग्राम बसेर भोली पल्ट बल्ल बल्ल गाबिस अध्यक्ष दुइ चार जना पंच र आफन्त आइ पुगे । सरजमीन भयो , त्यही बेहोरा लेखियो जो सिकारीहरुले अन्तिम फैसला गरेका थिए । मृत्यु संस्कारको नियम अनुसार गैरी थाप्लाको उच्च डाँडामा चित्ताको तयारी भयो । लामाको मन्त्र वाचनसंगै सिकारी बूढोको लास चित्तामाथि राखेर रित पूरा गरि आगोको लप्कोसंगै सोलाबनको सिकारीको लासबाट मासुका गन्धहरु सोलाबनभरी फैलिन थाल्यो । सिकारीको अन्तिम सलामी स्वरुप ठूलो ढ्यांग्रो (सांगदुंग) बजी रहेको थियो । ढंग …… ढंग ……… ढंग … ढंग ….. …… । लांगदो (मृतकको नाममा गाडिने झण्डा) को रंगी बिरंगी ध्वजा फर्फराइ रहेको थियो हावाको बेगसंगै फर्ररर … ।
बेलायत
[email protected]