केही हराएको छ तिम्रो पनि मेरो पनि
आँखा रसाएको छ तिम्रो पनि मेरो पनि ।
यि घाउहरु दुख्नकै लागि बनेका हुन्छन्
दु:ख पलाएको छ तिम्रो पनि मेरो पनि ।।
औषधी खोजेरै आयु सकिन्छ जीवनको
मुटु खाएको छ तिम्रो पनि मेरो पनि ।।।
आफ्नै रहरहरुले घोचेर पीडा दियो
आँखा बिजाएको छ तिम्रो पनि मेरो पनि ।।।।
गान्तोक सिक्किम ( भारत )