नाटककार कृष्ण प्रधानको " नाङ्गेली" नाटक सत्य घटनामा आधारित सबाल्टर्ट अध्ययनभित्र पर्ने एक चर्चित दु:खात्त सामाजिक नाटक हो । सबाल्टर्न शब्दको सर्वप्रथम ईटालीमा कम्युनिष्ट बुद्धिजिवी एंटोनियो ग्रम्सी (१८९१ - १९३७ ) ले गरेको थियो ।
सन् १९८० को दशकको शुरूवातमा निम्न जातको रणजीत गुहले समान विचारधारा भएका सहयोगीको साथमा दक्षिण एशिया अध्ययनको क्षेत्रमा अधिकांश शोध एंव शेक्षणिक कार्यद्वारा अभिजान पूर्वाग्रह विशेषतालाई सुधार गर्नको निम्ति सबाल्टर्न शब्द प्रयोग गरे । उनको उदेश्य निम्न वर्गका लागि इतिहासको पुर्ण प्राप्त गर्नु थियो । उनीहरूको आवाजकोलागि जो पहिला कहिले सुनिएको थिएन् ।
आधुनिक उत्तर औपनिवेशिक सिद्धान्तकारहरू मध्ये एक हुन् गायत्री स्पिभाक । सबाल्टर्नको आफ्नो आवाज हुँदैन । उनीहरूको लागि हामी बोलिदिनु पर्छ । यसैले उनीहरू सबाल्टर्न हुन् भन्ने मत स्पिभाकको छ ।
सबाल्टर्न शब्द विशेष सेनामा कार्यरत निम्न ओहोदामा अधिकारीको निम्ति प्रयोग गरिने शब्द हो । कालान्तरमा यसको अर्थविस्तार हुँदा यसले निम्न स्तरको कुनैपनि शोषित उत्पीडित व्यक्ति समुदाय, धार्मिक जातिभेद निर्धो तथा अनेकौं किनारीकृत विषयलाई आफ्नो अध्ययन क्षेत्रमा समेट्न पुगेको छ । तर यसको मुल लक्ष्य 'अधिनस्थ'मा भने कुनै हेरफेर भएको छैन ।
डा॰ कविता लामाका " कविता डिस्कोर्स " मा लेख्छिन् - सबाल्टर्न अग्रेजी शब्दले युगौंदेखि शासित शासित आवाज बिहिन अनि इतिहास बिहिन वर्ग हो भन्ने अर्थ बुझाउँछ जो तल्लो दर्जाको व्यक्तिको रूपमा चिनिन्छ । यस्तो दलित समुदाय जसको स्वतन्त्रता, हक र अधिकारको निम्ति बोलिदिने राजनैतिकि प्रतिनिधि हुँदैन । अहिलेको वर्तमान समयमा बडी प्रचलनमा आइरहेको यस शब्दले गरिबी, सर्वहारा समाजमा सदैव हेपिएका, पछि परेका, पारिएका किनारीकृत उत्पीडित वर्गलाई पनि बुझाउँछ । नेपाली साहित्य लेखनमा यसलाई श्रमिक तथा उत्पीडित वर्गको रूपमा पनि चित्रित गरिएको छ । (१०९)
नाटककार कृष्ण प्रधानद्वारा लिखित " नाङ्गेली " नाटक त्रिवाणलोर राजाको शासन अवधि शोषित ती निम्न जातका निर्धो स्त्रीहरूमाथि लगाएको बेस्ट टेक्स जसलाई मुलाकरम पनि भनिन्छ यो मुलाकरमको विरोधमा नाङ्गेलीले गरेको त्याग र बलिदानको व्यथा हो ।
यस नाटकमा धार्मिक सांस्कृतिक आधारमा जातिवादको गहिरो खाल्टोमा राखेर गरिने अमानविय व्यवहारबाट पीडित पात्र- पात्राहरू छन् । उही पात्र-पात्राहरू शोषण वर्गबाट विभिन्न करको भरमा लादिएर पनि मूक बसेका छन् । तर नाटकको मुख्य पात्र नै यस्तो निर्भिक साहसिक पात्र हुन् जसको वरिपरि नाटकको कथा- वस्तु घुमेको छ । गायत्री स्पिभाकले भनेअनुसार सबाल्टर्न बोल्न वा विरोध गर्न सक्दैन् । यस नाटकका चिरूकन्दन, अल्प आभा, चग्चला, कलिन्दी इन्दुमति डुगु, आधिरा आदि पात्र - पात्राहरू स्पिभाक अध्ययन भित्र परेको सबाल्टर्न हुन् । यिनीहरू उत्पीडकदेखि त्राही त्राही भई शोषकको अधिनस्थ रहेर पीडादायी जीवन बिताउन बाध्यता स्वीकार गर्दछ । तर विरोधको निम्ति कुनै आवाज उठ्दैन । नाटकको मुख्य पात्र नाङ्गेली सबाल्टर्न अध्ययनभित्र रहेर पनि राजकीय आदेशको उल्लङ्घन गर्दै आफ्नो स्तन ढाकेर हिँड्छिन् साथै गाउँको अन्य स्त्रीहरूलाई पनि आफ्नो स्तन ढाक्ने आग्रह गर्छिन् । नाटकभरि नाङ्गेलीले अत्याचारको विरोधमा आवाज उठाएकी छिन् । अर्थात् सबाल्टर्न पनि बोल्न सक्छ ।
राजकीय आदेशको प्रतिवादमा हमेशा अडिग रहने नाङ्गेली अझै गाउँघरको स्त्रीहरूले उसको साथ दिनको साटो अझ उसकै विरोध गरेको देख्दाँ उ भन्छिन्, "सानुजातको नारीहरुमाथिको अत्यचार निमिट्यान्न पार्ने यो विरोध हो मेरो तर मलाई यसमा हाम्रो तल्लो जातका कुनै पनि नारीहरुले साथ नदिएको देख्दा अचम्म लाग्छ ।" २०
शोषकको कुनै पनि शोषणमा मौनता धारण गरी परिस्थितिलाई बाध्यता ठान्ने सबाल्टर्न पात्रहरु मध्ये एक हुन् आल्प। आफ्नो स्तन खुल्ला छोडेर हिँड्दा अभिजात वर्गका पुरुषहरू कसरी गिद्दे नजरले उसको यौन शोषण गर्छन् उ जान्दछिन् तर आवाज उठाउन सक्दैन केवल मनको पिडा नाङ्गेलीलाई पोखाउँदै भन्छिन्- " बलात्कार गर्ला जस्तो पो गर्छन् त साले ठूला जातका यी ब्वाँसाहरु " ।
जाति विभेदको रोचक प्रसंग नाटककारले यसरी राखेका छन्-
यूदित - तँलाई तेरो जात थाहा छ ?
नाङ्गेली - हजुर किन छैन? म स्त्री जातकी हु ।
नाङ्गेलीको यसप्रकारको उत्तर उ भित्र एक प्रचण्ड विद्रोही श्वर पाउँछौ । मान्छेमा विभेद दर्शाउने यो धार्मिक संस्कार मान्छेले बनाएको हो । नाङेली एक निम्न जातको स्त्री नभएर प्रकृतिको स्त्री पुरुष अन्तरलाई अघि सारेर " म स्त्री जात " भन्ने वाक्यबाट प्रष्ट हुन्छ ।
कुनै पनि अत्याचारी शासन विरुद्ध धावा नबोलेसम्म त्यसबाट मुक्ति सम्भव छैन र नाङ्गेलीले मुलाकरमको साटो आफ्नो दुवै स्तन काटेर राजाको पालेहरूलाई दिएर आफ्नो बहादुरी प्रदर्शन गरी अन्य निम्न जातका स्त्रीहरूलाई अन्यायको विरूद्ध लड्ने प्रेरणा दिएको छ भन्ने नाटक पढि सक्दा थाहा पाउँछ । नाङ्गेलीले गरेको यो विद्रोह त्यसताकका निम्न जातले गरेको विद्रोहको पहिलो चिङ्गारीको प्रेरणा स्रोत थियो । नाटककारले कथासारमा यो घटना पञ्चात नै समस्त तल्लो जातको स्त्रीहरूलाई स्तन छोप्ने अनुमति दिएको हो भनेर थप जानकारी दिएका छन् ।।
कृतिको नाम : नाङ्गेली (सत्य घटनामा अनुप्रेरित नाटक)
प्रकाशक : राधा रसाइली, कुमार साहित्य प्रतिष्ठानको पक्षमा. मिरिक (दार्जिलिङ)
नाटककार : कृष्ण प्रधान
संस्करण : पहिलो, नोभेम्बर, २०२२
आवरण : मलय मुखर्जी
मूल्य : १०० (एक सय) भारु
मकैबारी थापाथली चिया कमान, खरसाङ् – ७३४२०४, दार्जिलिङ, भारत ।