16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बेकारीको प्रमाणपत्र

कविता युवराज घलेभाइ September 13, 2023, 2:42 am
युवराज घलेभाइ
युवराज घलेभाइ

हिजोआज 'म' बिहानै
चियासँग समाचार पत्र
पिउने गरेको छु
देश-विदेशको खबरलाई पर-पन्छाएर
" वान्टेड "- " वान्टेड " र "एपोइन्टमेन्ट ग्याजेटका
पृष्ठहरुमा स्वयंलाई झुण्डयाएर
जिउने "टनिक" पनि पिएको छु
यी सब त "रोजगार कार्यालय"- ले पनि
"बेरोजगार कार्यालय"- को
साइनबोर्ड टाँगिदिए हुन्छ
एउटा कलिङ्गको लागि पनि
पाँच सयक‍ो नोट गनिदिए हुन्छ
यहाँ के-के यस्तै-यस्तै हुन्छ
बेकारीको आँखालाई ढाक्न
"जवाहर रोजगार योजना" - हुन्छ
अनि त-
"आरक्षण नीति" दश वर्ष अझ टाँगिएर
थुप्रै-थुप्रै "डिप्लोमा" र "मार्कसिटहरुको"
उपहास हुँदै - "डिग्रीको प्रमाणपत्र" - होइन
फगत बेकारीको प्रमाणपत्र बन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।