गीत

गीत राकेश कार्की September 15, 2020, 4:34 am

राकेश कार्की
राकेश कार्की
तिम्रो मुटुको घाउ

मेरो मुटुलाई थाहा हुन्छ

यस्तै हुन्छ तिमीलाई

जब मनमा चाहा हुन्छ

कति मिल्छन् संगै उड्छन्

मलेवाको जोडी

कुनै बेला कस्तो होला

बस्नु पर्दा छोडि

तिम्रो मुटुको घाउ

मेरो मुटुलाई थाहा हुन्छ

दिनमा हाँसि रमाए नि

आखिर रात चाहिन्छ

रूँदा खेरि समाइदिन

तिम्रो साथ चाहिन्छ

तिम्रो मुटुको घाउ

मेरो मुटुलाई थाहा हुन्छ

यस्तै हुन्छ तिमीलाई

जब मनमा चाहा हुन्छ

लस एन्जेलस

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।