आँखाबाट आँशु झर्यो व्यथा झरेन
रात बित्यो कोल्टे फेर्दै निंद परेन।
प्रतीक्षामा जीवन गति यहि रुके जस्तो
पश्चातापमा रुंदा रुँदै आँशु सुके जस्तो
आँखाबाट आँशु झर्यो व्यथा झरेन
आकाश ढाक्यो बादलुले पानी परेन।
निष्पाप तिम्रो प्रेममा मैले खोट देखे
नगर्नु भुल गर्दा छातीभरि चोट लेखें
आँखाबाट आँशु झर्यो व्यथा झरेन
त्यो मनको ढोका फेरि खुल्न सकेन।
आँखाबाट आँशु झर्यो व्यथा झरेन
रात बित्यो कोल्टे फेर्दै निंद परेन।
डुम्रिबेसी, तनहुँ
हाल: मन्ट्रियल, क्यानाडा