गजल

गजल अङ्कुर चन्द December 31, 2020, 5:53 am

आफू जिती सारा हार्दा, उत्सव के बनाउँछौ ।

रुवाएर बुवा आमा, मतलब के बनाउँछौ ।।

उधारेर गाउँ बस्ती, भत्काएर छानाहरु,

याे भन्दा पनी अझै, गजब के बनाउँछौ ।।

लखेटेर हातहरू, माटो भर्न खाडीतिर,

लौरो टेकी टेकी यता, अरब के बनाउँछौ ।।

रगत पसिना बगाउने, माहौल दिनुस् महाशय,

चिस्याएर मनहरुलाई, बरफ के बनाउँछौ ।।

धमिराले झै याे देश, खोक्रो बनाई सक्यौ बरै,

विश्वास के गरु मुलुक, अब के बनाउँछौ ।।

कञ्चनपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।