गीत

गीत विमल गिरी February 9, 2021, 6:07 am

विमल गिरी
विमल गिरी
तिम्रो माया बिर्सिएर गएभने माया मारी

कहिले पनि नरुनु है सिरानीमा आँशु झारी

मुटुभरि सलबलाउने जूनतारा तिमी मेरी

यो जुनीमा यसै गयो,भेट कैले होला फेरि

सुन्दर चित्र मनमा कोर्दै नभनन गयौ हारी

कहिले पनि नरुनु है सिरानीमा आँशु झारी

मनभरि साईनो जोडेर बाचा बन्धन तोडी

नभन्नु है पापी रहेछौ, गयौ मलाई छोडि

हेर्छौ होली मेरी फोटो टोलाउदै वारीपारी

कहिले पनि नरुनु है सिरानीमा आँशु झारी ।

बिर्तामोड २ चारपाने

हाल: बेल्जियम ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।