गजल

गजल डिल्लीप्रसाद अधिकारी June 10, 2021, 1:54 am

डिल्लीप्रसाद अधिकारी
डिल्लीप्रसाद अधिकारी
हृदयका तिम्रा कुरा सुनेको छु मैले

जतिसक्दो व्यथाहरू तुनेको छु मैले

एउटा मीठो भूल गरें जिन्दगीमा आज

तिमीलाई मुटुभित्र थुनेको छु मैले

देखे पनि नदेखे झैं गरिएछ हेर

आज तिम्रा बानीहरू गुनेको छु मैले

तिमी छायौ सधैंभरि मेरो रचनामा

यसैले त गीत गजल बुनेको छु मैले

सौन्दर्य त धेरै होला दुनियाँमा तर

डिल्लीप्रसाद भन्छ तिमी चुनेको छु मैले ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।