हे पाहुना !

कविता प्रा. डा. मोहन प्रसाद जोशी February 7, 2025, 5:10 pm

प्रा. डा. मोहन प्रसाद जोशी
प्रा. डा. मोहन प्रसाद जोशी
हे पाहुना !

किन आफ्नै घर भन्ठान्दै छौ ?

रङ्गरूपमा रुमल्लिएर

दस थरी गर्न थाल्दै छौ,

अतिथिको भाव भुलेर

आफूलाई मालिक मान्दै छौ |

हे पाहुना !

किन आफ्नै घर भन्ठान्दै छौ ?

एक दिनको वासलाई

सँधैको निवास मान्दै छौ,

त्यसमा भएका सामानलाई

स्थायी सम्पत्ति ठान्दै छौ |

हे पाहुना !

किन आफ्नै घर भन्ठान्दै छौ ?

मेरो भन्ने बोझ बोकी

केबिघ्न दु:ख बेसाउँदै छौ,

फेरि अतिथि बनेमा यात्रा

सरल र सुखद पाउने छौ |

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।