घाँटीलाई स्वतन्त्र पारेँ

कविता प्रा. डा. मोहन प्रसाद जोशी March 9, 2025, 4:32 pm

प्रा. डा. मोहन प्रसाद जोशी
प्रा. डा. मोहन प्रसाद जोशी
सुट फुकालेँ, टाई फुकालेँ,

घडी फुकालेँ, फोन फालेँ,

खुट्टामा हल्का जुत्ता हालेँ,

ढोका उघारेर हिंडिहालेँ |

सडक र मोटर बाइपास गरेँ,

एउटा गोरेटोमा प्रवेश गरेँ,

लम्केर अगाडि बढ्दै गएँ,

रिङरोड छिचोल्दै पारि गएँ |

हिंड्दै जाँदा अलि टाढा पुगेँ,

रूख, बिरुवा र डाँडा देख्न पुगेँ,

अलिअलि जङ्गल जस्तोमा पुगेँ,

त्यहाँ म हल्का बन्न पुगेँ |

कोलाहल काठमाडौँ पछाडि छाडेँ

सहरिया बोझलाई विसर्जित पारेँ,

टाईबिना घाँटीलाई स्वतन्त्र पारेँ,

अलिकति हिँडेर आनन्द उमारेँ |

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।