तिमी मेरो सुन्दरता हो तिमी मेरो साथी
टिका भए सजाउथे निधारमा राखी।
अघाए झैं लाग्छ किन भोकै बसेपनि
भोकै थिए भंडारमा बासै बसेपनि
ओठमाथि सजाएको तिमी मेरो बोली
शब्द भइ सजिरहे तिम्रै ओठ खोली।
तिमी मेरो....................
टिका भए ......................
अघिपछि देख्छु सधैं एक्लै भएपनि
एक्लै थिए शहरमा धेरै भएपनि
गलाभित्र लुकाएको तिमी मेरो धुन
गीत भइ गुन्जीरहु धेरै धेरै हुन।
तिमी मेरो....................
टिका भए ......................
हांसु हांसु लाग्छ किन एक्लै बसेपनि
सकिनथें हास्न संगै धेरै हांसेपनि
आंखामाथि सजाएको तिमी मेरो ज्योती
टाडा टाडा पुगिरहुं बोकी आफ्नै मोती।
तिमी मेरो....................
टिका भए ......................
मोरङ्ग, हाल युस