17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'पोशाकको अभिमान

कथा आचार्य प्रभा February 12, 2009, 10:05 am

जहिल्यै पनि भिमप्रशादलाई आफ्नो जागिरे जीवनप्रती घमण्ड जागीरहेकै हुन्थ्यो। प्रहरिको जागिर आफ्नो हातमा धेर थोर भये पनि अधिकार थियो त्यसैले ऊ आफ्नो प्रहरी पोशाक शरीरमा भिरे पछी र एउटा लट्ठी हातमा लिये पछी आफुलाई कानुनको खरिद्दार नै ठान्दथ्यो हुन त फटाहा ,बद्मास ,बेक्कम्मा मान्छेहरुको लागि त ऊ लायक नै थियो त र सोझो ,इमानदार मान्छेहरुको निम्ती भने अलिक ऊ चढिएको नै भान हुन्थ्यो । प्रतेक दिन ऊ आफ्नो अभिमानलाई मानसपटलभरी छरेर काममा लाग्दथ्यो यस्तै उस्तैले उस्लाई बोलाउने सम्म आट गर्दैनथ्ये किन कि ऊ भित्र प्रहरी हुनुको अहम्ताले डेरा जमाइ सकेको थियो ।

एकदिन भिमप्रशादको सरुवा ट्राफिकपट्टी भयो उस्लाई काठमाडौंको एौटा क्षेत्रमा खटाइयो । ऊ गजक्क परेर बाटोको छेउमा उभिएर आफ्नो नोकरिको सोझो गर्ने गर्दथियो। जे होस् ऊ भित्र अहम्ताको डेरा भये पनि आफ्नो कार्यप्रती बफादार भएर उस्ले कार्य गरिरहेकै थियो ट्राफिक प्रहरिको यो आफ्नो महत्वपूर्ण जीम्मेवारि पनि हो जस्ले गर्दा दुर्घट्ना ननिम्तिन सकोस हुनत गाडी चालकहरुले कही कतै लापर्वाही गरिहालेता पनि जहाँ ट्राफिकका नियमका सिग्नलहरु छन अर्थात ट्राफिकहरुको उपस्थिती भएको ठाउमा आफुहरुले सतरतक्ता अप्नाउछन यो उनिहरुको स्वधर्म पनि हो त र कहिले कही इन्जिनमा खराबी आएर अप्रत्यासित दुर्घट्ना हुनु पनि अस्वम्भव मानिन्न ।

यसै गरी एक्दिन अचानक अप्रत्यासित दुर्घट्ना घट्न पुग्यो। भिमप्रशाद सधैं झै कार्यमा ब्यस्त थियो सवारीका साधनहरु बाक्ला थिए । ऊ बाटोबिचमा उभिएर आफ्नो कार्य गरिरहेको थियो अचानक एौटा बस द्रुतगतिमा आएरहेको थियो। यस्तो द्रिश्य देखेर पनि ऊ अटेर गरेर उभिरह्यो उस्लाई लाग्यो उस्को ट्राफिक पोसाक अगाडि उक्त बस नियन्त्रणमा हुन्छ भनी त र अफ्शोच !बसको चालकको उक्त बसको ब्रेकफेल भएर नियन्त्रण देखी बाहिर थियो। अन्त्यमा उक्त बसले भिमप्रशादलाई ठक्कर दिएर गयो उस्लाई तुरुन्त अस्पातलमा पुर्याइयो त र बिडम्बना उस्का दुइवटै खुट्टाहरु काम लाग्दैनन भनेर डाक्टरले घोषित गरे बल्ल उस्लाई आफ्नो अहमताप्रती पछुतो भयो किनकी दुर्घटना भन्ने कुरा जानेर कहिल्यै हुँदैन ट्राफिकको पोशाक लाएर बाटो बिचमा उभीदैमा कुनै पनि सवारीसाधनको गड्बडीमा नियन्त्रण हुन्छ भन्न सकिन्न यसर्थ ट्राफिकका प्रहरिहरुले पनि अभिमानको साथ अटेर गरेर उभिनु हुन्न जसरी भिमप्रशादको अभिमानले गर्दा आज यस्तो दु:खद अवस्था भोग्नु पर्‍यो ।

त र आज ऊ आफ्नो ओछ्यानमा पल्टेर आफ्ना अहकारका दिनहरु गनिरहेछ। दुर्घट्नाले कुनै पनि मान्छे ,पद ,जात ,किसिम छुट्याउदैन भन्ने आत्मासात गरिरहेछ। दुर्घट्ना हुन कुनै संकेत हुँदैन भन्ने बुझिरहेछ। ट्राफिक हुनुको अर्थमा दुर्घट्नाको शिकार हुनसक्दैन भन्ने किसिमको घमन्डलाई उस्ले बहिष्कार गरिरहेछ अनी ऊ मन मनै अन्य ट्राफिक दाई, भाईलाई पनि यस्तो चेतावनी दिने आशामा तड्पी रहेको छ त र बिवश ,उ लाचार छ आफ्नै कल्पनाभित्र हराएर आँफैलाई धिक्कार्न। आफ्नो घमण्डीपन माथि घ्रिणा गर्न ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।