18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल केदार श्रेष्ठ February 15, 2009, 10:12 am

टाढा बसी तडपायौ मेरो भूल के थियो?

एक नजरमै फसायौ मेरो भूल के थियो?

वोलिमै लठ्ठिएँ म वहकिएँ कि अलिकति

पाताल सम्मै धसायौ मेरो भूल के थियो?

जिवनभरि साथ दिन्छु भन्थ्यौ कसम खादै

तर भिरबाटै खसायौ मेरो भूल के थियो?

गगन रुँदा खुसी छौ आज पापको डर छैन

किन शत्रु सारा हसायौ मेरो भूल के थियो?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।