19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल बसन्त“विवश”आचार्य March 19, 2009, 2:23 am

साँचेको छु कलेजीमा प्यार हजुरको

सजाएको छु मायाको उपहार हजुरको

दुनियाले दोवाटोमा एक्लो पारी छाडेपनि,

वाँच्नलाई मेरोलागि आधार हजुरको

गल्ति कतै गरे भने नजानेर मैले,

जस्तोसूकै सजाएपनि स्विकार हजुरको

हराउछन् मनभरिका पिडा अनि व्यथाहरु,

जवपर्छ यो देहमा नजर हजुरक

हाँसोदिए हासिदिन्छु, रुन्छु रुवाएसि

जे गर्नुछ गर्नुस अधिकार हजुरको

मनमा माया सँगालेर,घुर्‍क्याउदै नवोल्ने,

“वसन्त”लाइ मनपर्छ व्यवहार हजुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।