19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रिंग ब्याक टोन

कथा समीर कोइराला March 27, 2009, 1:12 am

उ आज पनि सपनामा आत्तिएर कराउदै उठ्यो। भूत घटना क्रमहरु वर्तमानको सपनामा ऐठन बनेर आइदिन्छन् यो चार वर्षे बालकलाई। उ बर्बराउदै थियो– नाई बाबा म त्यो स्कूलमा नजाने। कोहि पनि साथी छैनन् त्यहा मेरो। छेवैमा सुतेकी उसकी आमाले च्वच्वच्व........ गरेर धाप मार्दै रहन्छिन्। बच्चा फेरी बर्बराउछ–भोली देखि म यहा जादै जाने छैन। आमा आश्वासन दिन्छिन, सुत–सुतरु हुन्छनी हामी नजाऔला। थुम्थुम्याउदै पूनः उसलाई सुताउने प्रयास गर्छिन। बच्चा कुन्नी के के अन्य माग गरिरहन्छ। आमा अब धम्क्याउछिन्–बुजी बोलाईदिन्छु अब खुरुक्क सुत। बुजीको डर देखाएर चुप लाग्न वाध्य पार्छिन।

हामी यस घरमा डेरासरे देखिनै घरिघरि छोराको उस्तै गुनासाहरु सुन्नु परिरहन्थ्यो। यहाको वसाईमा उ घुलमिल भै सकेको थिएन। वसाई नया, स्कुल नया साथी संगत हरेक कसराहरु उसका लागी नौला भएका छन् यहा त्यसैलेत घरिघरि उ भन्थ्यो। यहा बस्दै नबसौं, आरुनै घरमा जाऔं, यो घरमा खैत आमा पुरानो घरको घरबेटी आमा जसलाई उनका बच्चाहरुको सिको गर्दै उ पनि आमा भन्थ्यो) यहा आमाले खाना खान आउ भन्नुनै हुन्न। कहिले स्कूलमा साथी छैनन् त कहिले यो स्कूलमा मिसहरुले माया नै गर्नुहुन्न।

साढेको जुधाइमा पर्‍यो उ। हामी जोइपोइको अन्तर द्वन्दले गर्दा आज उसले यी कुराहरुको सामना गर्नु परिरहेकोछ उसमाथी यस्ता असर थुपार्नेमध्ये म पनि त एक हु तर म आफै लाचार छु। हुन त जुन घटना घट्यो र जे परिणाम आयो त्यसको कारक म पनि एउटा हु। मनोमालिन्यरहित जीवनको रथ अघि वढाउनु पर्छ भन्ने धारणा हामी दुवैमा थियो। जसका वावजुद पनि उनले निर्णयमा सुजवुज नपुर्‍याउदा वेढङ्गी तवरको समाधान निकालीन। आइमाईको हद अनि शंकालु स्वाभावका अगाडी लोग्नेमान्छे निरिहनै बन्दो रहेछ सायद। अनि मानिस विवेक रहित रहेर शिक्षित छु भन्ने ढोल पिट्दै समाजलाई आडम्वर देखाउनु पनि आजको गलत परिपाटी रहेछ। त्यसैको उपज हामी तीनजनाको एउटा परिवार भोगीरहेछौं। हैन भने उनले अझैं केहि दिन धैर्य गर्न सक्थिन या त जुन निर्णयमा उनी पुगिन त्यसलाइ कमसे कम एक पटक छलफलमा त ल्याउन सक्थिन।

समस्या केही थिएन र समस्या हैन पनि तर घटनाका परि दृश्यले के चाही पुष्टी गर्‍योभने विगत सात बर्षदेखी विबाह वन्धनमा बाधिएर समाजमा जोइ–पोइको उपमा पाएका हामी विचमा एक–अर्कालाइ चिन्न र बुझ्न अझै केहि समय नपुग भएकै रहेछ। मलाई ठुलो लागेको कुरा नै यही भयो तर जुन अन्तरद्वन्दआइ लाग्यो त्यसका लागी कुनै ठुलो निहु खडा भएकै हैन। पढाउदा पढाउदै कक्षाकोठामा अबरोध उत्पन्न नहोस भन्ने अभिप्रायले कार्यलय समयमा अक्सर मोवाइल साइलेन्समा राख्ने म। एक दिन चमेना गृहमा बसेर खाजा खाइरहेको समयमा कसैको कल आउछ जसलाई रिसिभ गर्ने प्रयत्न गर्दा गर्दे मिस्ड भैसकेको हुन्छ। मैले के याद गरें भने यहि नै थियो जुन हिजो पनि यहि टिफिन आवरमा एक पटक मिस्ड भएको थियो। न भने मेरा लागी अपरिचत मैले संगै खाजा खान वसेका साथीहरुलाइ सोधें। हाम्रो स्कूल कलेजको सर्कलका कुनै साथीहरुको न थिएन त्यो। कलब्याक गर्नुस न कसैले केहि जरुरी परेर गर्न खोजेको पनि त हुन सक्छ एउटा साथीले सुझायो। सवै मिस्डकललाई रेस्पोन्स दिदै जाने हे भने त वाकी काम छोडेर मोवाइलकै पछि दगरे हुन्छ जरुरी हुनेले पूनः गर्छ नी। जरुरीको अगाडी तीन रुपैंया गौण हो नी अर्को साथीले आफ्नो अभिमत राख्यो। तर यी दुवै रायलाइ ध्यानमा नदिइ तेश्रो साथीले मेरो हातमा रहेको मोवाइल खोसेर डाएल गर्‍यो। उतावाट फोन रिसिभ गरिएन वरु एउटा एस.एम.एस. आयो, दाई गीत सुन्नलाई गरेको। को होला जसलाई न दिएको हुन्थें भने उस्को नम्वर पनि त हुनु पर्ने हो म संग। फेरी एक पटक उक्त न मा डाएल गरें तर फेरी पनि रिसिभ गरिएन। “मैले एड गरेको गीत मनपराइ दिनुभएकोमा धन्यवाद तर तपाईको परिचय पाउन पाए म आभारी हुने थिए।” यहि वाक्य लेखेर मैले पनि एस.एम.एस. पठाइदिए।

घर फर्के पछि सबैको जसो सानोतिनो एउटा दैनिकी चल्थ्यो मेरो पनि। चिया–नास्ता गर, एक छिन बच्चा संग झुम, उसको गृहकार्यमा सघाउ, खानपिन गर, पावर आएको बेला टि.भी. न्यूज, भोलिको क्लासको तयारी यस्तै–यस्तै। तर आजको दैनिकी अलिकति थपघट भएको रहेछ रु थपिएको छ श्रीमती जी को लेक्चर र ढाडै कटअफमा परेको छ चिया नास्ता। बाथरुमबाट फ्रेस भएर निस्कदा सम्म चिया पकाएर ३ वटा कपमा लगाईसक्ने श्रीमती आज भने टि.भी को रिमोटले घरी एक घरी अर्का दृश्य बदल्दै सोफामै अटल छे। केहि कुनै प्रतिक्रिया नआएपछि मैले सोधे, सन्चो भएन कि के हो उसले ठाडो जवाफ दिई। उनको लक्षित जवाफ अर्कै रहेछ भन्ने मलाई थाहा नै थिएन। फेरि सोधें किन मलिन अनुहार के भएको छ भनन्। मेरो कुरा सुन्नु हुन्छ तपाई तिम्रो कुरा मैले नसुनेर कस्ले सुन्छ त रु म जिकिर गर्छु भन के हो। मेरो माया लाग्छ कि लाग्दैन के–के न भन्या त यहि हो तिम्रो कुरा भनि राख्नु पर्छ र, व्यवहार मै प्रष्ट छैन र प्रष्ट थियो अब घुमिलिन लागेको हो की भनेर। म अल्लमल्ल पर्छु, मेरो अलमलाईले उसलाई कुनै नया चुरो समात्ने मौका दिएछ क्यार अहिले आएर म तपाई योग्य भएनछु। उसले अर्को सवाल तेर्स्याईदिई। तिमी हरेक कुरामा पर्फेक्ट छौ। त्यासो भए किन यमुनालाई विनाकाम फोन गर्दै हिड्नुहुन्छ म अचम्मित हुन्छु किन वादल लागेछ भनेको त यी बर्षा हुनुलाई पो रहेछ। तर यमुनालाई त मैले कहा फोन गर्नु मलाइ केही थाहा छैन भन्ने ठाुन्नु हुन्छ होला। हरेक कुरा थाहा छ मलाई। किन यसो गर्नु हुन्छ के पुगेन म वाट के कमजोरी भयो म वाट हैन र हो के विवाद केहिवेर चलेपछि मोवाइल उनैलाइ हुइक्याइदिएर भने न उनको न नै छ म संग न कुनै काम नै छ उनलाई फोन गर्न।

मैले यमुना लाई किन र कहिले फोन गरें भन्ने प्रश्न आफैमा उब्जदै गर्दा उनलेे त्यहि अपरिचित नम्बरलाई यमुनाको हो भन्दै आरुनो प्रमाण पेश गरिन्। यद्यपी मैले उनलाई आरुनो नम्बर नदिए पनि उनले कसरी न उपलब्ध गराइन भन्ने कुरामा घेरिइ राख्नु भने पर्दैन। यमुना हाम्रै घरवेटीको एउटी नातेदार जो हामी वसेको घरबाट ३/४ घर पर डेरा गरी बस्ने स्नाकोत्तर लेवलकी एउटी विद्यार्थी। औषतमा ब्रेन र बडी दुवैले सुन्दरी केटी। हाम्रो घरमा आइराख्ने हुदा श्रीमतीको पनि साथी बनेकी छन् उनी। कहिले कही म संग भेट हुदा के छ कसो छ को सामान्य औपचारिकता। यत्तिनै हो मैले चिन्ने उनलाई। तर श्रीमती मानसिकतावाट अकारण उनले सम्वधका लम्बे चौडे शंकालु खाकाहरु कोरिसकिन र देखिसकिन। हिजो अनि विशेष त आजको टिफिन आवरमा जे भएको थियो सवै परिपाठ लगाईदिए मैले तर उनको अड्डी मैले न दिएर गल्ति गरेको भन्ने कुरा मानै अड्यो। उनको अड्डी आरुनो ठाउमा भएपनि र त्यो सत्य नै भएपनि फरक के हुन्थ्यो म आफैलाई सोध्छु। र बुझ्छु पनि मैले त्यो गीत एड गरेपछि प्रयासः वेलुका रिसिभ नगर्नु है दाइ भन्दै घरवेटीका छोराछोरी गीत सुन्नुलाइ २/३ पटक डायल गर्छन्। यो कुरा यमुनालाइ उनिहरुले नै भनेर उसले पनि न लिएर गरेकी हुन सक्छे। हो यहि कुरा श्रीमतीको मथीङ्गलमा पर्न सकेन। सबै अवगत गराउनुका वावजुद उनी अनेक वहाना गरेर समस्याको गाठो कसिरहेकी छिन। तर्कमा असफल भएपछि रुनुलाइ आरुनो असहमती जारी नै रहेको माध्यम वनाउदै उनी वेडमा पल्टिसकेकी छन।

आठ बजिसकेछ। लोडसेडिङ्गको घुम्टोमा काठमाण्डौ शहर ढाकिएपछि अव मलाइ लाग्यो खानपिनको प्रवन्धमा आफै नजुटे धर छैन। छोराले आमाकोमा खाइसकेछ उसले गृहकार्य कस्तो गर्‍यो ध्यान पुर्‍याइएन आज। आमा छोरा वेडमा म चकमन्न अध्यारोमा छामछुम गर्दै इमरजेन्सि लाइट अन गर्छु। के खाने हरु कुनै जवाफ आउदैन वरु नगिचमै रहेको टावल टाउकोमा वेरेर कोल्टे फर्किन्छिन। खाने कि नखानेको दोधारमै रहेर पनि केहि तरकारी तयार गर्छु चिउरा तरकारी नै सहि भन्ने मानसिकताले। तर उनले त्यो साझको खान्की वहिस्कार नै गरिदिइन। मलाई त केहि हैन जस्तो लाग्छ तर उनी यसरी जिद्धी गर्नुको पछाडी के रहस्य छ केही थाहा पाउन सकिन। अव पनि कति र के भनेर सम्झाउने म पनि केहि चिउरा चपाएर चुपचाप सुतिदिए। भोलिको तयारी पनि भर्सेलै परोस, गरिए। विहान उठेपछि खै के गरौ गरौ भन्ने दोधारमै रहदा काम विषेश भएकोले आउन असमर्थ भन्दै कार्यलयमा जानकारी गराए। हुन त कार्यलय गएकै भएपनि पढाउने कुनै मानसिक तयारी नै थिएन। अनि ठास्सठुस्सै कायम रहेपनि खानापछि छोरो लिएर म स्कुल पुर्‍याउन हिडें। फर्केर आउदा मेरो मोवाइल उनकै हातमा थियो। त्यसमा सेभ भएका नारी नामहरु वारे (पारिवारीक वाहेक) केरकार चलाइन। यसो गर्दा उनलाइ कुन संतुष्टि मिल्यो मैले भने थाहा पाउन सकिन। र अन्तमा एउटा प्रस्ताव आयो टोनको रुपमा प्रयोगमा ल्याइएको गीत हटाइनु पर्ने। म छक्क परें कि साच्चै म यसरी छाडा हुदैछु ताकी बार बार्नुनै परोस। हरेक कुराहरु मनैका उपज हुन्। ठिकै छ उनले चाहेको कुराले कम्तिमा शितयुद्ध रोकिन्छ भने किन नस्विकार्ने। अन्तत अवदेखि मोवाइलमा नर्मल टोन नै वज्ने भयो। सहमतिको औपचारिक घोषणा हुदानहुदै यमुनाको कल आयो। उसले डाएल गर्दा म अचम्मित हुन्नथें तर श्रीमतीलाई थप वल प्रदान गर्‍यो। अव उनको ढिपि वोल्यो। उनको शंका जुर्मुरायो। गीत सुन्न भन्नुहुन्थ्यो त अहिले त छैन नी गीत किन गरेकी त्यो छडुलीले भर्खर हटाइएको भन्ने के थाहा त उसलाइ अव गर्दिन। हो त नी त्यसकै पक्षमा त वोल्नु हुन्छ तपाई नभएको हो र। तिमी आखा भएर पनि अन्धो बन्ने प्रयत्न गर्छौ भने मेरो भन्नु नै केही छैन। बुझाउन खोजेको कुरामा नै ध्यान नदिएपछि मैले के पो गर्न सक्छु र। मैले आफूलाइ गलत छैन भनेर चित्त वुझाउन नसकेपछि मामला उनकै जिम्मा लगाइदिए ताकी मामला गलत होस भनेर उनले नै पुष्टि गरुन।

त्यसदिनको घटना पछि म माथी श्रीमती अली वढी नै शंकालु भएकी हुन की भन्ने लाग्छ तर दैनिकीमा भने कुनै अप्ठेरो आइपरेको छैन। शनिवार भएकोले केहि ढिलो सम्म सुत्नुपर्ने वानी पुरानै हो। उठेर नुहाई धुवाई सकि एक कप चिया उमालेर चुस्कि के लिन थालेको थिए कसैले ढोकामा ढक्ढकाएको आवाजले ढोका खोल्छु त यमुना रु दाई अस्ती अस्ती तपाइको टिफिन आवरमा डाएल गरेर मैले त हो गीत सुनेको। चिन्नु भयो सर्प्राइज भयो नि तपाईलाइ आज। लौ न दाई तपाईले राखेको त्यही गीत मेरोमा पनि एड गरिदिनु पर्‍यो। दुइ पटक ट्राइ मारें तर भएन पैसा मात्र नास। मान्छेको स्वभाव न हो मनपर्ने कुरा आरुनो पनि होस भन्ने। मलाइ पनि यस्तै लाग्थ्यो। जव पहिलो पटक रोहितकोमा यो गीत सुनेथें। त्यसैको भोलि पल्ट रविनकोमा पनि त्यहि गीत बजेपछि मेरो मन जुनसुकै हालतमा पनि त्यही गीत एड नगरी नछोड्नेमा पुगेको थियो। अनी मेरोमा फोन गर्दा प्रविणले सुनेर आरुनो त मोवाइलमा एड गर्न नमिल्ने त्यसैले सि डी नै किनेर लगेको भन्दै चिया गफमा सवैलाइ हसाएको क्षण सम्झेर उनको मोवाइलमा पनि उक्त गीत एड गराइदिए। तर त्यही गीत अनि त्यहि मान्छे जसले गर्दा हाम्रो दाम्पत्य जीवनमा धमीरा पो लाग्ने होकी भन्ने आशंका उब्जाउदैछिन मेरी श्रीमती तर म उनलाइ कसरी भन्नसक्छु यो कुरा।

दुइ हातभरि तरकारीले भरिएको प्लाष्टिक झोलाहरुका साथ भित्र छिर्छिन श्रीमती। म अलि किन किन असहज हुन्छु तर सहज भंगिमामा यमुना भन्छे ल दिदीले शनिवार विशेषको तरकारी पनि जोहो गरिसक्नु भयो। तर यमुनाको भनाईमा कुनै प्रतिकृया नदिइकन उ छोरो डोर्‍याउदै बाहिर निस्कन्छे। म विना गल्ति पनि कुनै अपराध वोध गरिरहेछु किनकी अब विभिन्न लान्छनाले म झटकारिने छु र यमुना तथा नाम शब्दले सरापिने छे। कपको चिया सिध्याए पछि धन्यवाद है दाइ भन्दै यमुना निस्कन्छे। अव अनपेक्षित केहि हुने पूर्वानुमान नभएको चाही हैन तर दायरा नाघ्ला नै भन्ने थिएन। उनि आउनुको कारण उनले सुन्ननै चाहिनन्। उनि कतिखेर कोठामा हुन्नन भन्ने पर्खाइमा हामी रहेका थियौं उनको भनाइमा। नत्र म नभएको बेलामा किन आएकी उ तिमीले नवोलाइ कसरी आउछे लोग्ने मान्छे मात्रै रहेको वेला वसिरहन कुनै अप्ठेरो लागेन रे अनि तिमीले चिया खुयाउनु पर्ने तिम्री को हो के मेरी मेरी श्रीमती यस्तै थिइ त पहिल्यैवाट आफै घोल्लिछु तर कुनै जवाफ पाउदिन। यमुना यहा बस्न थालेकी पुग नपुग एक वर्ष हुदैछ यो भन्दा अघि पनि केहि भएन तर अहिले किन र के कुराले उनी ज्यादा उत्तेजित भएकी हुन त म नाजवाफ नै हुन्छु। फोन नै त्यो पनि सम्वाद रहित अझ चिनजान रहित मेरो के दोष अनि उनलाइ पनि हजारौं तछाड मछाड गर्दा हुन। के कमी छ र शारराकि र वौद्धिक दुवै सुन्दरताले युक्त छे यमुना। तर मेरी श्रीमतीको दृष्टिमा किन भइरहेको होला। यमुनाले भनेझै शनिवार विशेष तरकारीहरु ओइलाउन लागे तर उनका आखा भने रसाइनै रहेछन्। सामान्य कुरामा पनि अव म यमुनासंग जोडिन लागेको छु। कुनै न कुनै दिन कुनै न कुनै प्रसंगमा कम्तिमा पनि एक पटक मलाई श्रीमती यमुना संग जोडेर आङ्खनो तिम्तता पोख्न थालेकी छ। अ त्यो विहान पनि भयो कसैको फोन रिसिभ गर्दै वाहिर निस्के र त्यस्तै वाथरुम छिरेर आए। उनी भन्छिन वाथरुममा छिरेर मैले यमुनालाइ मेसेज पठाएको हु। कति साघुरो सोचाइ होला भन्न मन लाग्छ भने अर्को मन यस्तो स–सामान्य कुरामा समेत शंका गर्न थाल्नु पक्कै पनि तनावमा छिन भन्ने लागेर साह्रै माया पनि लाग्छ। हुन त उनलाइ मनको वाघले न खाएको हो।

बाख्रो र स्यालको कथा त्यहि क्षण वल्झन्छ जव म अफिस जानको लागी निस्किएर नगिचकै पसलमा चुरोट पिएर (किनकी छोराको अगाडी र कोठामा म कहिल्यै चुरोट पिउन्नथे)। म असमञ्जसमा परें जाउकी रोकिउ। यमुना भनिरहेकी थिइ जाने हैन दाई श्रीमती घरको वरण्डामा कुचो लगाउदै आखा भने म तिर ङ्खयाकिरहेकी थिई। हामी संगैआयौं चोकसम्म। उ एउटा लेडिज टेलरि हाउस छिरी कपडा वनाउन दिनु छ भन्दै म भने गाडी चढेर लागे अफिस तिर.........

आज पनि टिफिन आवर नै पारेर एउटा फोन आयो। श्रीमतीको रहेछ। अफिस सकिएपछि चावहिलमा आउनु होला। हामी कोठा सरिसक्यौ। यत्ति २ वाक्य वोलेपछि श्रीमतीको फोन डिस्कनेक्ट हुन्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।