18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मेरो मुटुको चालमा

गीत राकेश कार्की April 13, 2009, 10:37 am
राकेश कार्की
राकेश कार्की

नाचिरहन्छयौ तिमी मेरो मुटुको चालमा

प्रेमको डुङ्गा खियाउँदै छु म फेवा तालमा

स्वागत गर्छन नुही नुही किनाराका बाँसले

वर आउँछन् पर जान्छन् जिस्काउछन् हाँसले

नाचिरहन्छ्यौ तिमी मेरो मुटुको चालमा

जुधाई रहन्छयौ नयन डुबुल्किदै छालमा

ठाउँ ठाउँमा खुशी भा’ छन् बैँशालु जोडी

रमाउँदै दङ्ग हुन्छन् हाँस्छन् खित्का छोडी

नाचिरहन्छ्यौ तिमी मेरो मुटुको चालमा

अझ कस कति मज्जा मायाको जालमा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।