19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नयाँ बर्षमा यस्तो होस्

कविता हरिहर दाहाल April 16, 2009, 1:59 am

अन्यायका बिरुद्ध बुलन्द आबाजहरु चर्कियुन

गरीब र असक्तहरुका आशा फर्किउन|

भात्किएका संरचनाहरु बन्न सुरु गरुन

समान्तबाद र तानाशाही सबै मरुन|

सरकार माथि जनताको भरोसा बढोस

देस द्रोहीको योजना कुहेर सडोस|

अपहरण र हत्याका स्रिंखलाहरु सकिउन

बिछोडमा तड्पिएका मनहरु फकिउन|

शरिर,मन र बिचार स्वस्थ्य रहुन

सबै नेपालि एक्-अर्काका मित्रु होउन|

गाउ, शहर र बस्तिहरुमा शान्ती छाओस

नेपालीले नेपाल माथि गर्ब गर्न पाओस|

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।