18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गित

गीत समिर सागर April 20, 2009, 2:56 pm

एक रात साँझ ढलेन

बरु ढल्यौ तिमी ढलेँ म

आलिङ्गन विना नै

गयो रात।

न तिमीले आँशु पुछयौ

न मैले घाउ छोपेँ

लिएर घाईते मुटु

तिमीमा चोट रोपेँ

कठै भन्ने साहस भएन

अँध्यारो मन दियो जलेन

एक रात साँझ ढलेन।

जीवनको पहिलो प्रेम

विर्सने ठाउँ रहेन

अत्तालिइ रह्यो मन

मिलनको अर्थ रहेन

स्तब्ध तिम्रो अधर

बोल भन्ने हिम्मत चलेन

एक रात साँझ ढलेन।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।