19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भबिस्य

कविता हरिहर दाहाल April 28, 2009, 2:10 am

मैले भिरपाखा र भन्ज्याँङहरुलाई सोधें

कतै "भबिस्य" लाई देख्यौ कि?

भक्कानो छोडेर रुदै उनिहरुले भने

बम र बारुद बनेर आकाशमा उड्दै होला|

मैले मखमलि फुल लाई सोधें

उसले रिसाएर भन्यो

म आफ्नै समस्याले लाचार छु

कैयौ तिहारहरुमा कुहेर झरेको छु।

मैले खोलाहरुलाई सोधें

उनिहरुले अबरुद्ध आबाजमा भने

मेरो छाती माथि रगर भएर बग्यो होला|

मैले चौतारीलाई सोधें

उसले थकित मुद्रामा भन्यो

छाँया ताप्न आएनन कोही पनि

फगत एक्लै, टुहुरो झै लोलाएर बसेको छु।

मैले माटोलाइ सोधें

माटो आजित थियो र उस्ले भन्यो

"भबिस्य" लास बनेर गलि सक्यो होला|

मैले कानहरुलाई सोधें

उनिहरुले सुन्न छोडेछन|

मैले आँखाहरु लाइ सोधें

उनिहरु देख्न छोडेछन|

मैले मुखहरुलाई सोधें

उनिहरु बोल्न छोडेछन|

अन्तिममा मैले मान्छेहरुलाई सोधें

उनिहरु निशब्द थिए किनकी

उनिहरु सिकिस्त बिरामी परेछन

दिमागि सन्तुलन बिग्रिएछ, होस गुमाएर

"भबिस्य" र बर्तमान छुट्ट्याउन नसक्ने भएछन|

त्यस पछी मैले"भबिस्य" लाई खोज्न छोडि दिएँ

किनकी "भबिस्य" नभेटिने गरी हराएको रहेछ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।