18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आऊ म साहारा दिन्छु....

गीत हस्त गौतम 'मृदुल' April 29, 2009, 12:12 pm

आऊ म साहारा दिन्छु गोरेटोमा डोरयाउन

तिमीले देखेको सून्दर सपनासम्म पूरयाउन

हिन्न सक्छौ गोरेटोमा पाइला चाली मन्को

सपनाहरु पूरा गर्ने छौ त्यो तिम्रो जीवनको

त्याग हिनताबोध अनी साहासी यात्रा थालं

भेटाउन आफ्नै अध्यारो कर्मको दियो बाल

आउ म साहास दिन्छ......................

फुल्ने फूल ढंगामा पनि फुल्छ रंङ्ग देखाउछ

पलाउने पालुवा शिशिरमा पनि त पलाउछ

त्याग निरासा आत्मा बिस्वासको ढोका खोल .

समयलाइ बदल्न सके जीवन बन्छ अनमोल

आउ म सहयोग गर्छु, ..............................

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।