खाटा बसेको घाउ फेरी बल्झीयो आफै
निभेसकेको आगो धुरीमा सल्कियो आफै
अन्धकारमा जुनकिरीको उज्यालो माग्दै थिएँ
सामुन्नेको झ्यालमा चन्द्रमा टल्कियो आफै
चाहना थियो सानै देखि सन्त बनुँ भन्ने
भमरा त हुँ सुगन्धमा पल्कियो आफै
लोकको हित गर्न खोजें बुद्ध पनि बन्न खोजें
संसारको मायाजालमा बसेसरी अल्भि्कयो आफै