19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

आमा

कविता नम्रता गुरागाईं April 29, 2009, 12:16 pm
नम्रता गुरागाईं
नम्रता गुरागाईं

प्रिय आमा

म कसरी फुकाउ मेरा खुशीहरु

म कता मात्र लुकाउ मेरा खुशीहरु

जताबाट हेरे पनि पुर्णता पाउँछु

सधै हासिरँहनु

स्बस्थ जीबनको सधैं गुणगान गाउछु।

मुर्तीकारले आफनो शीप खर्चेर बनाएको मुर्तीझैं

मेरा रोगी सोचाइहरु मिल्काएर

समयलाइ पछ्याउने क्षमता दिनुभयौ

अप्ठयाराका माला गास्न सिकाउनुभयो

अप्ठयारैमा हास्नपनि सिकाउनुभयो

मलाइ उकालो चढन सिकाउनुभयो

ओरालो झर्न पनि सिकाउनुभयो

खै म कसरी श्रद्धा गरौं

कताबाट शुरु गरौं

जताबाट हेरे पनि पुर्णता पाउछु

सधैं मुस्कुराइरहनु

स्बस्थ जीबनको सधैं गुणगान गाउछु।

आज म अलिकति सोच्न सक्ने भएकी छु

फुकाएर मन सबैमा

राम्रै बोल्न सक्ने भएकी छु

तपाइको मेहनत

मैले मेरा नानीहरुमा क्रमशः सारिरहेछु

तपाइले जस्तै मैलेपनि

मेरै बारीमा फूल फुलाउन

निरन्तर पानी हालीरहेछु।

कहिले उल्टोबाट हेर्छु

कहिले सुल्टोबाट हेर्छु

जताबाट हेरे पनि पुर्णता पाउछु

सधैं मुस्कुराइरहनु

स्बस्थ जीबनको सधैं गुणगान गाउछु।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।