हीँउदमा तुसारोले मेरो वाली खाने होकी
यस पालाको वर्षातले मेरो छाप्रो लाने होकी।
लेक वेँसी खोरेटोमा उब्जाउनै गाह्रो
पसिनाका मेरो मानो लुटीलाने होकी।
जीवन भयो अँधेरीरात विहानीको आशा छैन
हातैभरी नीला ठेला अघाउने गाँस छैन।
केटाकेटी रुन्छन् धेरै फुल्याउनै गाह्रो
एक डल्लो ढिँडो पनि ढुँङ्गो भन्दा साह्रो ।
पँधेरीमा रातो रगत कान्ले खेतमा लास
रुखो जीवन बाँच्न पनि दैव कस्तो त्रास।
निमुखा र सोझालाई विधाताले छले
आफन्तिको निशानाले आफन्ति नै ढले।