18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अस्वीकृत बुद्ध

कविता शेखर ढुंगेल May 7, 2009, 2:28 pm

तिम्रै देशमा हे बुद्ध

तिमी अस्वीकृत भएका छौ

मुल्युहिन सम्झी मानब चोला

यत्रत्यत्र उस्कै बली

सत्ता ब्यापारमा साटिदै छ

श्रेष्ठ प्राणी भएरै होला

उस्कै रगत घुम्ने कुर्सी चुस्दै छ

हाबा संगै बिलाए

कैऔ मुना चित्कार

खडेरीको जङल सरि

उजाड सिउदो रुदैछ

लालच त्यागी राज पाठ

छोड्ने तिम्रो पवित्र भुमीमा

नयाँ बिहानी संगै

झनै कठोर सत्ता

छातीमा परेड खेल्दै छ

अस्थिर , तरलित मानब

स्वार्थको बली चढ्दै छ

सपनाका शितल सागर

क्रुर चुनामी भए

शान्तीका दुत आशु झार्दै

रणभुमि हेरी रहे

उकुस मुकुश माहौल यो

बुद्ध तिम्रो घरमा

बन्धकी भबिस्य सुस्ताउदै छ

देब तपो भुमी नेपाल मा

आन्दोलनका खेती फस्टायो

तिमी अस्वीकृत यो बर्तमान

सन्ततिलाई त्रास पस्कदै छ

कोमल मनमा

बितृष्णा बिद्रोह पोतियो

समयले बाटो बदल्यो कि ?

खन्डहरको ईतिहास रच्यो

शर्माइ चेतनाको प्रकाश

बादलमा मुन्टो छोपी

तिम्रो आगनको बाटो

भुले जस्तो

अमानबियताको राको बोकी

नब जात बृद्ध कोइ नभनी

खाडलमा जोत्ने काम हुँदैछ

बुद्ध तिम्रो आँखामा धुलो छ्याप्ने

धुन्दकारीहरुको मौलायो खेती

मानबता बिरुद्ध को अपराध ले

हेर शिखर चुम्दै छ

बिबेक र सदभाबको मस्तिस्कमा

पाषविक दुस्टता भरिदै छ

शान्तीका मलेवा हे बुद्ध

टायर् र बारुदको धुवामा

कोइ छटपट्टिएर मरे

कोइ बस्ती छोडेर भागे

लठ्ठी भाला र बन्दुक बाहेक

अरु भाषा नबुझ्ने भएका छौ

हे बुद्ध तिम्रै देश मा आज

अस्वीकृत भएका छौ तिमी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।