18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत शेखर ढुंगेल May 12, 2009, 3:39 am

शब्दहरु अलग अलग

भाबना मन को एउटै हो

जस्ले छोडि हिंडे पनि

बिछोड आखिर बिछोड नै हो

छातीमा मुटु बेग्ला बेग्लै

धडकन् सबको उस्तै हो

तिमीलाई दुखोस कि मलाई

पिडा भोग्ने उस्तै हो

घाऊ होलान साना ठुला

बग्ने रगत त रातै हो

अचानो बनेर हेर एकदिन

चोट सबलाई एउटै हो

शब्दहरु अलग अलग......

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।