19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कपमा उभिएको अस्थिपंजर

कविता सबिना सिन्धु May 16, 2009, 5:29 am

साँच्चै किताब पढ्दै थियौ नि !

कति अध्याय पढ्यौ र जाँच्यौ आफ्नै हालत ?

शुन्य - शुन्यमा निर्वाह गर् यौ शब्दको प्रहार

र चपाउँदै चेतनाहिन एकाग्रता चर्कियौ समयको छातीमा ।

बत्ति निभेको एक साँझ

धमिला मैनबत्तिमा पोख्न खोज्यौ एउटा श्रङ्खला

र जम्दै गएको धुजाधुजा शब्दलाई सोहोर्दै

सिरानमा राख्यौ मैन भन्दा धेरै पर

मेरो तस्विरमा पोखिएका रङ्गलाई ।

भिन्दा- भिन्दै थिए प्रत्येक उतारचढावका किस्ताहरु ।

तैपनि फेर् र्यौ आत्मियताको श्वास तर जित्न सकेनौं मलाई

र गन्तब्य हराएर निस्सासियौ मेरो पच्छ्यौरीको किनारमा ।

अन्तत ः च्यातियौ धुजाधुजा भएर ।

वा भनौं

घिसियौ नियतिका डोबहरुमा पहिरोका छिटाहरुसँगै

……अनि गहभरी भिजायौ हगी

एक ढिक्का सम्वेदनसिलतालाई उही रैथाने आँसुमा ।

ठिक

त्यसैबेला

मेरो नजिकै डुब्यौ तिमी

मेरो…………कफिको………… कपमा

एक ढिक्का संझना भएर ।

'उभियो' कफिको झोलमा

………तिमी होइन तिम्रो अस्थिपाजर ।

सोचेँ यतिखेर तिमी किताब पढ्दै हौला ।

काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।