18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत यात्री शेखर May 25, 2009, 9:30 am

नियम कानुन भन्दापनि, जान सक्छौ धेरै पर।

सिमा हुन्न बन्धन हुन्न, धोका हुन्छ कैले तर।

प्रेम भन्ने यस्तै चिज हो, एक आपस्मा विश्वास हुन्छ।

जानिदैन के गरेर , दुइ मुटु एकै हुन्छ।

भौतिक वस्तु नभएनी, बन्छ यौटा सुन्दर घर।

नियम कानुन .......

यात्रा गर्दा मोडहरु, बदलिए जस्तै गरि।

प्रेम भित्र स्वार्थ लुक्छ, डाडाँ परि घाम झै गरी।

त्यती वेला सहयात्रा, हुन्न भन्ने हुन्छ डर।

नियम कानुन .......

नियम कानुन भन्दापनि, जान सक्छौ धेरै पर।

सिमा हुन्न बन्धन हुन्न, धोका हुन्छ कैले तर।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।