19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

थुक्क म पनि

कविता खगेन्द्र थापा June 4, 2009, 5:28 am

अचेल देश साह्रै दुख्यो भनेर

उफ्रिएँ कराएँ रोएँ आसुले मुहार धोए,

र पनि

कसैले हेरेनन् सुनेनन् मनमा गुनेनन्

कस्तो बेवकूफ थुक्क म पनि

व्यर्थैमा,

नउफ्री नाचे भैहाल्थ्यो निर्घृणी बाचे भैहाल्थ्यो

आसुले यो मन धोईहाल्थ्यो,

र पनि,

कसैको खुट्टा तानिन झुटको जाल हानिन

खुसीले जीवन धानिन

कस्तो उल्लू थुक्क म पनि।

लौन ल नि रु

काल फुक्यो भनेर चिच्याए, दाह्रा ङिच्याए,

गुहारे अनिष्ट छेक्न धेरैलाई पुकारे,

र पनि

सुन्नु पर्नेले सुनेनन्, मनमा गुनेनन्

कसैले बाटो थुनेनन्

कस्तो लठूवा थुक्क म पनि

बेक्कारमा,

नचिच्याई हासे भैहाल्थ्यो

अरु जस्तै बाचे भैहाल्थ्यो

आसुले यो मन धोईहाल्थ्यो,

र पनि

कसैलाई बैरी ठानिन स्वार्थले मन बानिन

सुखैसुख छानिन बाच्न पटक्कै जानिन,

कस्तो मूर्ख थुक्क म पनि।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।