18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत हस्त गौतम 'मृदुल' June 7, 2009, 4:24 am

चाहिन्न मलाई परिवर्तन जस्ले मेरो खुशी लुट्यो

स्वतन्त्रताको चाहानामा आज मेरो भाग्या फुट्यो

अनगिन्ती झुटा सपना बाढी युद्धमा होमी दियौ

घाउ कहिलै बिसेक भएन मात्र संधै रगत पियौ

त्रासदीहरु खपेका कयौ नागरिकहरु जिउदै छौ

धिक्कारर्दै झुटा आश्वासनलाइ आँसु पिउदै छौं

चाहिन्न मलाइ परिवर्तन मुटुका घाउ दुख्दै छन्

एकदिन सुख पाउला भन्ने सपनाहरु सुक्दै छन्

कहा दुख्यो घाउ भनी आँसु पुछ्न कोही आएनन्

सर्वस्व गूमाउनेले सुरक्षित भबिष्य फिर्ता पाएनन्

खै कहाँ कस्लाइ बेच्यौ हाम्रो त्यो सुनौलो बिहानी

अझै मूटुमा कति लेखी रहने युद्धको त्यो कहानी

चाहिन्न मलाई परिवर्तन संधै अन्योलमा पारिरहने

परिवर्तनको बहानामा अझै निर्दोषलाई मारिरहने

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।