कहिलेकाँहि त रोयौ होला
सिरानीमा आँशु झारी
तिमी पनि त म जस्तै
निर्मोहिलाई आफ्नो ठानी।
बुझयौ होला कसैलाई
मायाँ गर्दा आँशु झर्छ
विश्वाश फुटयो जीवनमा
कस्तो पीडा खेप्नु पर्छ।
आँखा चिम्लि मुटु साट्दा
रोयौ होला जानी―जानी
तिमी पनि त म जस्तै
निर्मोहिलाई आफ्नो ठानी।
छातिभित्र मुटु सँगै
तिमी टाँसिएकी थियौ
मेरो प्रत्येक भावनामा
तिमी गाँसिएकी थियौ।
टुक्रिएको प्रीत सम्भि्क
भयौ होला पानी―पानी
तिमी पनि त म जस्तै
निर्मोहिलाई आफ्नो ठानी।