14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

घायल याद र सजाएका सपनाहरु

नियात्रा नरेन्द्रजंग पिटर June 14, 2009, 3:57 am

पूर्बका अनेकौै महत्वपूर्ण र गरिमामय भूगोलघायल भूभाग र लज्जास्पत क्षेत्र चाहारिसकेको छु । विराटनगर,इटहरी,धरान,कुसाहाघाट,कोशी कटान,सुखानी इलाम, नक्सलबाडी र दार्जलिङ पुगिसक्दा विश्बास खँदिलो पार्ने अनेकौं तथ्य सगेंटिई सकिएको छ । म टिष्टा पुग्न सकिन । सिक्किम जान पाईन । भुटानको भनुभूति लिन सकिएन । पूर्बोत्तर भारतसग धेरे भाबना जोडिएका छन । यि ठाउँ …ठाँउका नाम मात्रै हैनन र थिएनन ।

जहाँ जहाँ गइयो आर्दशका दस्ताबेज र जातिय उन्मादकक्टेल सस्कृति तुजुगको धालमेल बिज्ञापन बनेर देखिन्थ्ो । गौरबमय विगत र घायल बर्तमान आपसमा भिडिराखेका हुन्थे । आर्दश र सपनालाई बजारले गिज्याईरहेको देखिन्थ्यो सुन्निथ्यो र भोगिन्थ्यो । यदाकदा राम्रा मान्छेहरुसँग भेटदा आशा एउटा संभावनाको शब्द हो जसले के आभास दिन्छ भने अझै प्रलयदिन आईसकेको छॆैन लाग्थ्यो । जिम्बेंवारी पनि आफैंसगं यात्रा गर्दै थिए ।

सोचे र अपेक्षागरे जस्तो ससांर हुदैन भन्ने थाहा पाउदाँ पाउँदै पनि किन मान्छेहरु मनोरोगी हुन्छन यो भ्रमण आफैंलाई सान्त्वना दिएर इतिहासको आलोकमा पुनरताजगी गर्ने यात्रा पनि हो । भर्खरै साताको पस्चिम बसाई पछाडी पूर्ब हानिएको हुँ । मान्छेलाइ जब अलग्गै परिवेश हून्छ तब आफैंबाट लखेटिएको आभाष समेत हुदैन । मेरो पहिलो पडाव विराटनगर बिमान स्थल । अहो बिराटनगर…! तेरो कुनै जमानामा नेपालगंज नाम थियो अरे । आधुनिक नेपालको अनेकौ ऐतिहासिक नजीर छन तँसगं ।

उत्तम शमशेरको कुनैदिनको पटािगंनीमा बसेर गोले माईलालाई याद गरीँ । बिस्मृतिको एउटा नायक र सभा समारोहको श्रि गणेशको बिषय अर्थात सहिद । तेज तिमी मुक्तिसेनाको बिरगन्ज रेडको फिल्डको पहिलो सहिद । शक्ति हत्याउनेहरुसगं कस्लाई यादगर्ने फुस्रद ! सायद हरेक सहिदहरुलाई सोच्दा हुन …… केबल लिस्नु फगत लिस्नु । अबत् यो थलो फगत जिल्ला प्रसासन कार्यालय । कामको लठारोले पनि मान्छे कस्तो बिबस हुन्छ हो गोले माईलाको पार्थिब शरिरलाई घिसारेर गिद्ध स्याल र कुकुरलाई ख्वाउदै क्रान्तिकारीहरुलाई तसा्राएर हुकुमीतन्त्र जोगाउन सपना देख्ने शासकहरुको कुकृत्यको थलो सिघानिया घाटमा पुग्नु पर्ने ।

पूर्बमा चेतना फैलाउन अहं भूमिका खेल्नॆ बाजेको पुस्तक बन्द भएछ । बजारको दबाबमा आर्दशको टिकाउ कहाँ हुन्छ र । मान्छेहरु राक्षसी प्रतिस्प्रधामा होमिनु परेको बेला सस्ता साहित्यको याममा त्योमात्रै कहाँ होर…राजधानीकै प्रगतिशील पुस्तक पसल पनि टिक्न सकेन भने पस्चिमको बिध्या कुटिरको हाल पनि त यही हो । कबि बिमल निभाले पनि त कहाँ चलाउन सक्याथ्यो र बरु नरेको सेकुवा पसल ऊ मरेर गएपनि उसैका नाममा खुब चलेको छ । जमेको छ विराटनगर र काठमाडांैमा पनि ।

अहिले गिरजाबाबु राजधानीमा हुनुहुन्छ । तिन तिनवटा प्रधानमन्त्रीको पैत्रिक निवास सुनसान छ । कागे्रसीजनको निक्र्योल के हो भने-उहाँनै प्रजातन्त्र हो उहाँ सस्था बनिसक्नु भएको छ । उहाँ नै समग्र काग्रेस हो । उहाँको मुखारबिन्द नै प्रजातान्त्रिक अभ्यासहो । उहाँको योजना र मार्गचित्रमा हाकिँनु र उहाँकै नजरियाबाट ससांरलाई हेर्नु बुझनु र ब्यबहार गरेमात्रै प्रजातन्त्रबादीको प्रमाणपत्र पाईन्छ । चालु मीडियाका माहारथीहरु यही भन्छन । बिदुषकहरुको ठम्याई यही छ । उहाँले नौेलो थालनी यहीँबाट गर्नु हुन्छ । कागे्रसी गति मति र अभ्यास नियाल्नेहरु सबै जनले पत्याएझेै मैलेपनि मान्नै कर लाग्छ ।

टागँनपत्रीका मित्र कृष्ण बजगाईलाई आफु इटहरी भएको कुरा थाहा हुने बित्तिकै आग्रह आयो धरान जाने । उनि बेल्जियमबासी धराने चर्चित कबि । धरानमा बुढा सुब्बा गोल्ड कप फुटबल प्रतियोगिता चलिराखेको छ भन्नेा कुरा सिता मादेम्वाले टाङ्गनपत्रीमा कोरिसकेकी थिईन । फुटबलका लागी यो मिनी ब्राजील । सहयात्री टाठा साथी सुरेस त्यस क्षेत्रका पुख्ता जानकारी राख्छन । म बिगत र बर्तमानका महत्वपूर्ण घटनाको बेलिबिस्तारी उनैबाट सुन्छु । कहाँ पहिलो मजदुर सगठन भयो कहाँ कम्युनिष्ट पहिलो सेल बन्यो कहु मदन भण्डारीको बिहा बिध्यासग। भएको थियो म फेरी दिबगत क।मदन र जिउँदी बिध्याबारे सोच्दछु गम्दछु । सोचेको कुरा भो… अहिले लेख्दिन ।

धरान सुन्दर रहेछ र आफैमा अन्तरबिरोध बोकेको सहर । यहाँ लाहुरे थिए अहिले आधा जसो बेलायती बने रे । धोपा क्याम्प बिपी कोईराला स्वस्थ बिज्ञान प्रतिस्ठान बनेछ । युवाकबि बिमल गुरुडको सम्झनामा उनका बाबाले पुस्तकालय खोलेका रहेछन । बेनु दाईले त्यहाँको साहित्यक माहोल सुनाउनु भयो । सानु जमघटमा ठुला कुरा थाहा पाईयो । आफन्तको आलिसान चिहान बनाएर औकात देखाउने थलोमा कबि पुत्रको यादसुरक्षित पार्ने एउटा लाहुरे बाउ पुस्तकालयका किताब सजाईरहेको छ । सकि्रयता र सबेंदनाको प्रस्तुती एउटा नजीरैेछ ।

पूर्बमा चिहानघारी चिहानबस्ती तुजुगे चिहान ओैकात देखाउने चिहान जताततै पाईन्छन । चिहान बनाईरहेका चिहानमा बस्ने मान्छेहरु आफन्तले चिहान बनाईदिदैन कि भनेर पिरोलिने भबिस्यका चिहानबासीहरुठडिएका चिहान र चिहानले ललकारिरहेका मनुवाहरु । अलिसान भब्य र बुकुरे चिहानमा बस्न र राजगर्न पाएका दिबगंत आत्माहरु ।

रुढिबाद, आधुनिकता, बजार संस्कृति र आर्दस अभियानको सम्म्रिषण हो धरान । शहरिया बन्न झर्नेहरुको पहिलो पडाब र आधुनिकबन्न लस्कनेहरुको प्रस्थान थलो । पे्रमको इजहार अनेकौं ध्वजा पताका र डोरा मनौति चढाएर टुप्पो सुकेका बासँघारी सिगांर्ने भिड टुप्पो बिनाको बासँमा नाम टाग्ने कुरकुरे बैसं र बुढासुब्बाको दन्ते कथा । बाँसंलाई खोपेर ताजमहल बनाउने पे्रमी प्रेमिकाहरु । पूर्बतिर एउटा लम्पसार खोलाको आकार । यो पनि कहिलेकाहीँ खहरे बनेर गडगडाउदोँ हो र सर्बनास गर्ने तुजुग देखाउदो हो राष्टियताका गुन्जन र लाहुरे बन्नेहरुको भिड । गोर्खेहरु बेलायती बनेरे भनेर सोकाकुल भएको अर्थबजार र हवाई जहाजमा मृतक आफन्तलाई चिहानमा अथवा आफनै माटोमा गाडन ल्याउने सन्तानहरु । पूर्बिय बामपन्थिहरुको गढ र जातिय क्षेत्रिय आबेग एबं उन्मादको जगजगी । आर्दशबिस्वासअन्ध बिस्वासअबिस्वास बजारको तागत र उपभोक्ता सकृतिहरु । सबेैको घालमेल । कक्टेल । मात्रै बजारबाट केही उत्तर माथ्ाितिर उदयपुर गढी अर्थात लथालिगंे राजाको भताभुगें दरवार । चोकमा ठडिएको किरात लिपीका पूनरउथ्थक र धर्म प्रचारक श्रृजङ्ग हाङ्गथेबेको सालिक ।

ओ …! झापा पुर्बि प्रबेशद्धार । उत्पादनको खानी । ४ बालीसम्म लाग्ने खेतका गह्राहरु । नयाँ यूगको सखंनादगर्ने झापा बिद्रोह । बर्तमान नेपालको काचुँली फेर्न तैलँे ललकारिस र जन्माईस् सुखानीका सपुतहरु पूर्बिय मोतीहरु र जन्माईस केपी ओली, सिपी मैनाली र राधाकृष्ण मैनालीहरु । कर्म थलो बनाईस्…॥ गोकुल जोशी र मोहन चन्द्र अधिकारीको । हरेक भुभागमा पिडासहितको सुन्दरता हुन्छ । महानता सहितको गहिराई छ नेपालको सबभन्दा गहिरो ठाँउ कोचिला पनि त यहीँ छ ।

अब म नेपाललाई छोडदै भारतमा प्रबेश गर्छु यो दार्जलिगं जिल्लाको नक्सलवाडी क्षेत्र हो । मेरो भाबनात्मक लगाब यहाँ छ । यहींँबाट ७०को दशकमा बसन्तको मेघ गर्जन भएको थियो । चारु मुजमदारले अनौठो सपना देखाँउदा कलकत्ते बाबुहरुलाई यहीँका आबाजबिहन किसानहरुले पहिलो चोटी औकात देखाएका थिए । उनिहरुको सपनामा तमाम भारतबर्षका नौजवानहरुले सहभागिता जनाए । झापाले पाएको उर्जापनि त यहीँको हो । क्रान्तिको सिमाना हुदैन क्रान्तिकारीलाई भूगोलले कैद गर्न सक्दैन । पारिवारिक जन्जिरले बाध्न सक्दैन । हे सार्कका चेहरु …मेरो सत सत प्रणाम ।

सिलगढीको दार्जलिग चोक । चोकमा ठडिएका दुईटा सालिक । देबे्रतिर रतन लाल ब्रामण अर्थात माइला बाजे दायाँतर्फ तेन्जिगं नोर्गे शेर्पा । माइला बाजेले पुष्पलाललाई प्रेरणा दिए नेपाल कम्युनिष्ट पार्टी गठन भयो । अनेकौ आरोह अबरोह पार गर्दै पहिलो सघांत्मक लोकतान्त्रिक गणतन्त्र नेपालको बास्तबिक नेतृत्व कम्यूनिष्टले गरे । अर्कातर्फ तेन्जिग उनि सगरमाथा चढनु पहिला नेपाली थिए पाचँखाल काभ्रेसम्म आईपुग्दा नेपालीनै रहे । "हाम्रो त तेन्जिगं शेर्पाले चढयो हिमाल चुचुरा "भन्ने गित हामी गाउदै रह्यौ तर उनि त भारतिय पो बनिसकेका रहेछन ।

नागबेली बाटोहुदै उत्तरतिर लाग्छौ । परातात्वक सामाग्री बनेको पाहाडी रेल कोईलाको धुवाँको मुस्लो छोडदै ध्याच्च ध्याच्च गर्दै सुस्ताउदै उकालो लाग्छ । जिपलाई अढाई तिन धण्टाको बाठो रेलर्मा ७८ धण्टालगाएर दाजलिगं पुगिन्छ । साभष चौरास्तामा भानुभक्तको सालिक नििजकैबाट चारै तर्फ हेर्छु गम्छु । इतिहासको ब्यबस्थापन नायकहरुका चुनौति र खलनायकहरुका बिगबिगी आखाकाँ अगाडी झलझल्ाी सामुन्द्रिक छालझै तैरिन र बिलाउन थाल्छन । सुन्दर र कुरुप आर्दश र ब्यबसाय बास्तबिकता र बिज्ञापन गरिमा र सुबिधा अनुसारका ब्याख्या अनेकौ कुराले मसगं बदलिएको सन्दर्भमा अर्थ खोज्छन । राजनीतिक रगंमाच गर्माएकोले भनिएका भन्दा पनि भन्न खोजिएका कुराले अनेकौ बीभत्स सन्देश दिईराखेको छ । त्यतापनि ध्यान खिचिरहेको छ । आर्दशको चुरोलाई केन्द्रमा राखेर औचित्य साबित गर्न पछीपरे फगत बिगतलाई याद गर्नु सिबाय केही हुंदो रहेनछ ।त्यहीबेला यउटा गित कताकतैै गुन्जिएको होकी झै लाग्छ ……

"पूर्बमा टिष्टा पुगेथ्यौँ

पस्चिममा किल्ला कागँडा

कुन शक्तिका सामने

कहिले हामी झुकेथ्यौँ ।

जय जय जय जयनेपाल

सुन्दरशान्त बिशाल "

साभार: अन्नपूर्ण पोस्ट जेष्ठ ३०, २०६६

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।