19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एउटा संकल्प

कविता आशा गुरुङ June 27, 2009, 5:42 pm

म हिंड्न खोजिरहेकी छु तर कतै बिच बाटोमा आफू हराएजस्तो

म पोखन चाहन्छु आत्मबाटै तर म सकिरहेकी छैन

म आकाशमा खुल्ला सयर गर्ने प्रयास गर्छु

तर चुम्बक झै एकैठाउँ टाँसिरहेजस्तो म चल्नै सक्दिन

म आँफैलाई थाहा छैन के भैरहेको छ मलाई

कसैले अठ्याइरहे जस्तो, कसैले घाँटी निमोठिरहे जस्तो

म आँफैभित्र उकुसमुकुस हुन्छु तर ब्यक्त गर्न असमर्थ छु

म केहीसँग अल्झिरहेजस्तो,कसैको सहाराको पर्खाइमा छु

तर वास्तबमा म आँफैभित्र अल्मलिरहेकी छु

त्यसैले आँफैसँग भित्रभित्रै आफ्नै लागि लँडाइ गरिरहन्छु

म चाहँदिन म त्यही दोभानमा बाँचिरहुँ

म चाहँदिन त्यही त्रिबेणीहरुमा आफुलाई घोचिरहुँ

म निस्किन चाहन्छु त्यो भयाबहबाट

र राख्न चाहन्छु आफुलाई बिशाल आकाशको छातीभित्र

जहाँ म केबल सिमित हुँदिन म भित्रै जसरी म थिएँ

त्यसैले सकिनसकी धकेल्छु आफुलाई सकारात्मक सोचहरुसगैँ

अन्तत बिजयी पनि हुन्छु आशाहरुको नौलो किरणहरुसगैँ

जहाँ म फुल्न सक्छु,फक्रन सक्छु बिस्तारै भएपनि

म पोख्न सक्छु मेरा भावनाहरु स्वतन्त्र रुपले

जसरी चराहरु उड्छन निस्चिन्त आफ्नै वेगमा मनपरी

म बग्न सक्छु अबिरल नदीजस्तै एकैमासमा

जसरी यसको कसैलाई कुनै प्रश्न छैन,गुनासो छैन न त प्रतिकार नै

फेरी पनि मैले घचेटेँ आँफैलाई त्यो कल्पनाको संसारमा

जहाँ सपनाहरुको बास छ, जहाँ सिर्जनाहरुको भण्डार छ

जहाँ म डुबिरहन सकुँ,घोत्लिरहन सकुँ र ब्यक्त गरिरहन सकुँ निरन्तर

लीइ सुन्दर्,सभ्य अनि सन्तुष्टिको पाठहरु अबका बाँकी दिनहरुमा

बिचलित नहुँ म कहिले त्यो अन्धकारको बाटोहरुमा

म हुनेछु मेरो विश्वाशहरुको साथमा हरेक मोडहरुमा

जसरी यसले मलाई साथ दिरहनेछ,

जिउने हिम्मत म भित्र जगाइरहनेछ ।।

इजरायल

[email protected]

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।