14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गजल

गजल सुमन बगाले June 27, 2009, 12:53 pm

गाउन जाने जिन्दावाद पार्टिको गित रै'छ

पुग्न सके वालुवाटार नोठको जित रै'छ ।

लुछाचुडी नेताहरुको मारमा परे जनता

देश बेची भुडी भरेपनि पार्टि हित रै'छ ।

भ्रस्ट र अपराधि दिनहुँ जसो बढेका छन्

पुलीस प्रशासन र नेता यिनकै मित रै'छ ।

आन्तरिक द्धन्दले विलायो नेपाली अस्तित्व

देशै हुसु्रदा पनि नमेटिने कस्तो धित रै'छ ।

सिमनाका रेखाहरु पार्टि अनुसार बदलिन्छ

सत्ता पिच्छे देश बेच्ने पार्टि रित रै'छ ॥

आबुँखैरेनी, तनहुँ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।